Wednesday, 6 December 2023

Pp6f clnvLt t/ ;To sxfgL



Pp6f clnvLt t/ ;To sxfgL

clxn] g]kfndf Psy/Lsf Dfflg;x?sf] hLjg ofkgx?df w]/} pQf/ r8fjx? cfpb} u/]sf] kflxG5,sof} nfO{ t ;d:ofsf rfFËx?n] 3]/]sf] b]lvg yfn]sf] 5, ;of+} dflg;x? ljutsf] kZrtfk / k|lt;f]wsf] efjgfn] hLjg g} pynk'yn ePsf] b]Vg ;lsG5 .



s'g} hdfgfsf oL hldbf/ / wgf9\o} hftLx? dWo]sf Ps hftL x'g k'jL{ t/fO{sf cflbjf;L ;Gyfn hftLx? Hff] plxn]sf cj:yf x]bf{ clt g} bolgo ?kdf afFr]sf kflxG5g\ . g t oLgnfO{ k~rfot Aoj:yfn] g} 5f]of] g t,nf]stflGqs u0ftGqn] g} . s]xLn] klg g5f]Psf] oL hftLnfO{ s]an 5f]of] t r/d cefj / ul/aL ,ckdfg / c;dfgtfn] .

;+lbof} af6 r/d ul/aLsf] df/ em]Nb} cfPsf o'jf k':tfn] eg] ,cfkm' ul/aL / c;dfgtfsf] sf/0fx?sf] vf]hL ug{] tyf ltgsf] jsfnt ug{], sfo{df ;d]t nfluk/]sf] atfpb} cfPsf 5g\ .

;Gyfn o'jfju{df s]xL lzIfLt tyf hfu[t x'g yfn] ;u} cfkm\gf] lktfk'vf{n] ef]u]sf cGofo, cTorf/ / ltgsf k|ToIf df/ clxn]sf goFf o'jf hdftdf kg{ uPsf] 7DofO{ 5 . s]xL o'jfx?n] oL ljifonfO{ lgs} uDeL/tf k'j{s lng'kg{] ;d]t atfPsf] kflxG5 . lsgeg] of]] Pp6f AoQmL ;+u dfq} ;DaGwLt geP/ l;+uf] ;d'bfo / To;sf] hLjgofkg tyf cfly{s, ;fdflhs, /fhlglts x}l;ot ;+u klg hf]l8Psf] ljifo /x]sf] pgLx?sf] egfO{ 5 .

x/]s d'n'sdf ;+qmd0f kl5 s]xL g s]xL laut af/] ;ldIff / larf/ ljd{; tyf k'g/fjnf]sg x'G5 . kl/j{tg x'Fbf k|ToIf df/df k/]sf ;d'bfo ,hgtf Pjd\ dflg;sf] klxnf] clwsf/sf] >]o ;d]t pgLx?nfO{ g} hfg] lgod /x]sf] 5 . ;f]xL s'/fsf] kvf{O{df ;Gyfn o'jf k':tf /x]sf 5g\ .

slyt kl/jt{gsf] gfddf eP u/]sf] ;j{:jM n'l6g' / clxn] ;Ddklg k'gf{:yfkLt gx'g' eg]sf] a}O{dfgL dfq} xf]O{g /fHosf] ;'lgof]lht ;8oGq /x]sf] / o;sf nfuL xfdLn] s]xL km/s sbd rfNg ;d]t afWo x'g] ;Gyfsf s]xL o'jfa'l4hLx?sf] egfO{ /x]sf] 5 .

 

 

 

Friday, 26 November 2021

Photo of the week .




Saturday, 30 May 2020

Tuesday, 7 April 2020

सन्थाल अरिचली र गरगहना ।

सन्थाल अरिचलि र गरगहना तस्बिरमा ।

Friday, 19 August 2011

सन्थाल जातीबारे

पुर्वी नेपालको झापा ,मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जाती नेपालका आदिवासी जाति हुन । यी जातिको मुख्य बसोवास भनेको माथि उल्लेखित तिन वटै जिल्लाको पनि दक्षिणी क्षेत्रमा बढी रहेको पाइन्छ । यी जातिहरुको आफ्नै ,जातिय गरगहना,भेष– भुषा तथा भाषा संस्कृति रहेको छ । अन्य जाति भन्दा फरक प्रकृतिका यीनिहरुको चाडपर्व तथा संस्कारहरु रहेका छन् ।
सन्थाल जातिले सोहराय ,बाहा, दिवी,कली,हरियड, जान्थाड,लगायतका चाड पर्वहरु मनाउदै आएका छन् ।
यी जातिहरुले छाता र पाता मेलाहरु पनि लगाउदै आएको पाइन्छ । यी जातीको सबै भन्दा ठुलो चाड सोहराय हो । यो चाडमा विवाह भएर गएका छारी छेलीलाई माइतिमा बोलाउने र मिठो –मिठो परिकार पकाएर खान दिने तथा नाँचगान गर्ने चलन रहेको छ

सन्थाल जातिको पहिरनको कुरा गर्नु पर्दा यी जातिको मुख्य पहिरन महिलाले लुंगी–पञ्चि र केटाले धोती लगाउने चलन रहेको छ । यीनिहरुको यो कपडा अन्य कपडा भन्दा भिन्न खालको हुन्छ । त्यसकारण यो जातिका मानिसले ती कपडा लगाएमा सबैले सन्थाल जाती भनेर चिन्ने गरेका छन् ।

यी जातिहरुको आफ्नै भाषा र लिपी रहेको छ । यीनिहरुले बोलिने भाषालाई आग्नेय आस्ट्रीज भाषा भनिन्छ । यीनिहरुको लिपीलाई ओलचिकी लिपी भन्ने गरिन्छ ।
यीनिहरुको गहना चाँदीको बढी मात्रामा पाइन्छ । यी जातिका महिलाले पाखुरामा , गलामा , हातमा , शिरमा र खुटामा समेत चाँदीबाट बनेको गहना लगाउने गरेको पाइन्छ ।

सन्थाल जातिको विवाह दुइ प्रकारले हुने गरेको छ । सन्थाल जातिमा पहिले तानेर ल्याइने विवाह पनि थियो तर मागी विवाह र प्रेम विवाह मात्र हुने गरेको पाइन्छ  । 
यी जातीको मुख्य पेसा भनेको नै कृषी हो । प्रायः सन्थाल जाति कृषीमा लागेको पाइन्छ । यनीहरुको आफ्नो जमिन नभएता पनि अन्य साहु महाजनको खेतमा कृषीकै काम गर्न रुचाउने जाती हुन ।

यी जातिहरुको मुख्य धर्म “सारना” हो । यी जातिहरु प्रकृति पुजकको रुपममा चिनिने गरेको पाइन्छ । यी जातिहरुको मुख्य थर जम्मा बाह्र वटा रहेका छन् ।
यी जातिहरु नेपालमा करिब डेढ लाखको हाराहारीमा रहेका छन् ।

सन्थाल बारे सामान्य जानकारी


पुर्वी नेपालको झापा ,मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जाती नेपालका आदिवासी जाति हुन । यी जातिको मुख्य बसोवास भनेको माथि उल्लेखित तिन वटै जिल्लाको पनि दक्षिणी क्षेत्रमा बढी रहेको पाइन्छ । यी जातिहरुको आफ्नै ,जातिय गरगहना,भेष– भुषा तथा भाषा संस्कृति रहेको छ । अन्य जाति भन्दा फरक प्रकृतिका यीनिहरुको चाडपर्व तथा संस्कारहरु रहेका छन् ।

सन्थाल जातिले सोहराय ,बाहा, दिवी,कली,हरियड, जान्थाड लगायतका चाड पर्वहरु मनाउदै आएका छन् । यी जातिहरुले छाता र पाता मेलाहरु पनि लगाउदै आएको पाइन्छ । यी जातीको सबै भन्दा ठुलो चाड सोहराय हो । यो चाडमा विवाह भएर गएका छारी छेलीलाई माइतिमा बोलाउने र मिठो –मिठो परिकार पकाएर खान दिने तथा नाँचगान गर्ने चलन रहेको छ ।

सन्थाल जातिको पहिरनको कुरा गर्नु पर्दा यी जातिको मुख्य पहिरन महिलाले लुंगी–पञ्चि र केटाले धोती लगाउने चलन रहेको छ । यीनिहरुको यो कपडा अन्य कपडा भन्दा भिन्न खालको हुन्छ । त्यसकारण यो जातिका मानिसले ती कपडा लगाएमा सबैले सन्थाल जाती भनेर चिन्ने गरेका छन् ।

यी जातिहरुको आफ्नै भाषा र लिपी रहेको छ । यीनिहरुले बोलिने भाषालाई आग्नेय आस्ट्रीज भाषा भनिन्छ । यीनिहरुको लिपीलाई ओलचिकी लिपी भन्ने गरिन्छ ।
यीनिहरुको गहना चाँदीको बढी मात्रामा पाइन्छ । यी जातिका महिलाले पाखुरामा , गलामा , हातमा , शिरमा र खुटामा समेत चाँदीबाट बनेको गहना लगाउने गरेको पाइन्छ ।

सन्थाल जातिको विवाह दुइ प्रकारले हुने गरेको छ । सन्थाल जातिमा पहिले तानेर ल्याइने विवाह पनि थियो तर मागी विवाह र प्रेम विवाह मात्र हुने गरेको पाइन्छ ।
यी जातीको मुख्य पेसा भनेको नै कृषी हो । प्रायः सन्थाल जाति कृषीमा लागेको पाइन्छ । यनीहरुको आफ्नो जमिन नभएता पनि अन्य साहु महाजनको खेतमा कृषीकै काम गर्न रुचाउने जाती हुन ।

यी जातिहरुको मुख्य धर्म “सारना” हो । यी जातिहरु प्रकृति पुजकको रुपममा चिनिने गरेको पाइन्छ । यी जातिहरुको मुख्य थर जम्मा बाह्र वटा रहेका छन् ।
यी जातिहरु नेपालमा करिब डेढ लाखको हाराहारीमा रहेका छन् ।

Thursday, 2 June 2011

कारर्वाही गर्ने किन खुट्टा कमाउने ।


नयाँ नेपालको निर्माण गर्ने भन्दै नेताहरुले दिनहँु जसो जनतालाई रिक्तो आश्वसन सिवाय केहि दिन सकेका छैन्न । अहिलेको भएको नेपाललाई नै विगारीरहेका छन् के नयाँ नपाल देलान त ! शान्ति र सहमतीको जति रटान लगाए पनि हात लाग्यो शुन्य भएको छ ।शान्तिर संविधान बनउछौ भनेर गएका प्रधानमन्त्रि र मन्त्रिलाई विदेश घुम्दै ठिक्क छ । जनताले चुनेर पठाएका सभासद सडकमा पागलप्रेमी बन्दै नाटक मन्चनमै ब्यस्त छन्, संविधान बनाउन गम्भिर बहस गर्नु पर्नेमा रोस्टम घेराउ गर्न पाकोमा मस्त छन् । जनताको नेता भनाउदाहरु मास्ट वान्टेडको सुचिमा रहेको डन सग साठगाँठ गर्नमा खुशि छन् ।

अब नेपाली जनताको बारेमा सोच्न कसरलाई फुर्सद छ त ?
नेपाली जनताले नयाँ नेपालको अनुभुति होइन हत्या ,हिंसा ,अशान्तिको पीडा भोग्नु परेको छ । जनताले थेग्नै नसक्ने गरी बजार भाउ आकाशिएको मात्र छैन कालोबजारीले जीवन अस्तब्यस्त बनाएको छ । लामो लोडसेडीङ्गले जनताको दैनिकी नै परिवर्तन गर्नु परेको छ । साँझको खाना खान राती दश बज्नु पर्छ ,समाचार सुन्न ब्याट्रीबाट चल्ने रडियो किन्नु पर्छ । मोबाइल चार्ज गर्न नपाउदा आफन्तको हालखबर पाउन बाट बञ्चीत हुनुपरेको छ । हुदाँ हुदै सुगम ग्यास कम्पनीले अरुनै कम्पनीको ग्यासको पिंध काटेर बजार ल्याउन लागेको अवस्थामा पक्राउ परेको छ । यस बाट थाहा पाउन सकिन्छ कि जनता कत्तिको सुरक्षीत छन् भनेर । नेता ,मन्त्री देखी ब्यापारी सम्मले जनतालाई असुरक्षीत बनाइरहेका छन् । अब नेपाली जनताले को संग आशा र भरोषा गर्ने ? यसरी जनताको प्रत्यक्ष जीउ ज्यान संग जोडीएको गम्भिर विषयको समाचार बाहिर आउदा पनि अहिले सम्म प्रशासनले तत्काल कारवाही अगाडी नबढाउनु , दोषीलाई उन्मुक्ति दिन फितलो कारवाही गरे जस्तो गर्नुले कतै यस कार्यमा सरकारका प्रशासनको पनि मौन स्किती त छैन भन्ने प्रश्न उठ्न थालेको छ ।
हामी प्रयोग गर्दे आइरहेको खाना पकाउने ग्याँस पड्किएर मानिसको ज्यान गएको उदाहरणहरु हामी समक्ष प्रशस्त हुदा हुदै जानेर जनतालाई मृत्युको मुखमा पु¥याउने उक्त कम्पनीको मालीकलाई पक्राउ गरी काठघरमा उभ्याउन सरकारलाई किन गाह परिरहेको छ ? कम्पनीले लिएको लाइसेन्स खारेज गरेर मात्र पुग्छ र ? खोइ त जनताको सुरक्षामा संवेदनशिल भएको ?
उपभोक्ता संरक्षण ऐनमा उपभोताको जीउज्यानमाथि खेलवाड गर्नेमाथि १४ वर्ष कैद र ५ लाख सम्मको जरिवाना गर्ने  ब्यवस्था रहेको छ । तर अहिले सम्म सरकारले कसैलाईं यो ऐन अनुरुप कारर्वाही गरेको जनताले देखेका छैनन् । त्यसैले अब जनताले देख्ने गरि कारर्वाहि गरिनु पर्दछ । चाहे त्यो जो सुकै होस् । 
अब बजार अनुगम गरेर सत्यतथ्य बाहिर ल्याइ सरकारले त्यस्ता गैरकानुनि काम गर्ने जोकाहीलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्दछ । त्यसो गरेमा मात्र कालोबजारीको अन्त्य हुन्छ र जनताले चैयनको शास फेर्ने पाउने छन् ।

Wednesday, 1 June 2011

एन्तोन चेखब भान्का अनुवादित कथा


भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने काममा अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो । मालिक–मालिक्नी र तिनका कामदारहरु नआउञ्जेल ऊ पर्खिरह्यो, उनीहरु गइसकेपछि उसले मालिकको दराजबाट एक बोतल मसी, खिया लागिसकेको नीब भएको कलम र कच्याककुचुक भएर खुजमुजिएको कागज भुइँमा उसका सामुन्ने फिँजाएर लेख्न सुरु गर्यो । पहिलो अक्षरको श्रीगणेश गर्नुपूर्व उसले कैंयन पटक त्रसित भएर झ्याल र ढोकातर्फ नजर दौडायो,  कुनै आकृतिले उसलाई लुकेर हेरेको छ भन्ने कुरामा बडो डर मानिरहेको थियो अनि डरले गर्दा ऊ लामो श्वास फेरिरहेको थियो । कागज बेन्चमा राखेर ऊ घुँडा दोबारेर चिठी लेख्दै थियो ।
प्यारो हजुरबुबा, कन्स्टान्टिन मकारिचू, उसले लेख्यो ।म तपाईंलाई चिठी लेखिरहेको छु । तपाईंलाई रमाइलो क्रिसमसको शुभकामना र ईश्वरले तपाईंलाई आर्शिवाद दिऊन् । न मेरी आमा छन् न त बाबा नै, तपाईं नै मात्र बाँकी हुनुहुन्छ मेरो आफन्त भन्नु नै । भान्काले आफ्ना उठाएर कालो आकृतितर्फ हेर्यो, जुन मैनबत्तीको धूमिल प्रकाशले बनाएको आकृति थियो । हठात् उसले आफ्नो वृद्ध हजुरबालाई सम्झन पुग्यो । उसका हजुरबुबा कन्स्टान्टिन मकारिच एक घरमा रात्रिकालीन पहरेदार पाले थिए । उनी पैँसठ्ठी वर्षका वृद्ध थिए तर उनमा सदाबहार हाँसो गजब देखिन्थ्यो । अनि उनका आँखा जँड्याहाका आँखाझैँ लाल थिए । उनी दिउँसो नोकरहरुका भान्सामा सुत्दथे अथवा भान्सेहरुसँग हँसीमजाक गर्दथे । राती उनी भेँडाको रौँले बनेको कम्बलमा लपेटिएर यताउति गर्दै अनि भुँइमा घँगरुको लौरो बजार्दै चौकीदारी गर्थे । बुढी कास्तान्का र ईल नामका दुई कुकुरहरु उनलाई रातभर पछ्याइरहन्थे । ईल अलिक नम्र र भलाद्मी खाल्को कुकुर थियो । ऊ आफ्ना मालिक र नयाँ मानिसहरुलाई प्रेमपूर्वक हेथ्र्यो तर पनि उसको खासै प्रतिष्ठा थिएन । उसको नम्रताभित्र धूत्र्याइँ लुकेको थियो ।मान्छेको हूलमा घुस्न, खुट्टामै निदाउन, भण्डार कोठामा लुसुक्क छिर्न अनि किसानका कुखुराहरु चोर्न ईलभन्दा बढी अरु कुनै कुकुर जान्दैनथे । उसका पछिल्तिरका खुट्टाले नराम्ररी सजाय पाइसकेका थिए अनि दुई पटक उसलाई झुण्ड्याइसकिएको थियो । हप्तैपिछे उसलाई अर्धमृत पारेर मिल्काइन्थ्यो तर ऊ हरेक पटक बौरिन्थ्यो । यतिबेला हजुरबुबा निःसंन्देह गेटमा उभिरहेका थिए,आँखाहरु तन्काई–तन्काई चर्चका राता झ्यालहरुतिर हेर्दै थिए । बेलाबेलामा आफ्ना अग्ला जुत्ता भुइँमा बजार्थे र नोकरहरुसँग ठट्टा गर्थे । उनको सानो लठ्ठी पेटीमा झुण्डिरहेको हुन्थ्यो । उनी आफ्ना हातहरु जाडो भगाउन मोल्दै गरेका हुन्थे, उनी लगलग कामिरहेका थिए अनि जिस्कदै पहिले उनले घरेलु कामदार केटीलाई चिमोटे र त्यसपछि भान्सेलाई । एक चिम्टी नस सुँघे कसो होला र उनले महिलालाई अनुरोध गर्दै नस–बाकस दिए ।
महिलाले नस–बाकसबाट नस लिइन् र हाछिउँ गरिन् । हजुरबुबा एकदम खुसी हुँदै चिच्याउन थाले– सब रुँघा खत्तम गर । रोग जमिसकेछ त्यसपछि उनीहरुले कुकुरहरुलाई पनि नस सुँघाए । कास्तान्काले हाछिउँ गरेर टाउको चारैतिर घुमाई र रिसाउँदै दगुरी । ईलले हाछिउँ गरेन तर नम्रतासँग पुच्छर हल्लायो । मौसम एकदम मनमोहक थियो । हावा एकदम शान्त, स्वच्छ र पारदर्शी भान हुन्थ्यो । रात निष्पट अँध्यारो थियो तर पनि गाउँका हरेक घरका सेता छाना अनि चिम्नीबाट निस्किएका धुँवा प्रष्टै देख्न सकिन्थ्यो । आकाशमा चम्किला तारा र नक्षत्रहरुले जाज्वल्य सिर्जना गरेका थिए ।भान्काले खुइय्य सास फेर्यो, कलम मसीमा चोब्यो अनि लेख्न थाल्यो स् र हिजो मैले कटू बचन अनि तीतो गाली खाएँ । मेरा मालिकले मलाई कपालमा समात्दै आँगनमा पुर्याए र जुत्ता तन्काउने फलामले जोडले हिर्काए किनकी म दुर्भाग्यवश उनको बच्चालाई कोक्रामा हल्लाउँदा हल्लाउँदै निदाएछु  । अनि एकहप्ता पहिले मलाई मालिक्नीले माछा पखाल्न अह्राइन्, मैले माछा पुच्छरदेखि पखाल्न सुरु गरेँ र त्यसपछि उनले त्यही माछो समाती मेरो मुखमा जोडले हिर्काइन् । कामदारहरु मलाईं हेरेर हाँसे र भोड्का रक्सी किन्न भट्टीमा पठाए अनि तिनका लागि काँक्रा चोर्न मालिककोमा पठाए । त्यसपछि मालिकले मलाई जे भेट्थे त्यसैले जोड जोडले हिर्काए । मलाई राम्ररी खान पनि दिदैनन् । बिहान मलाई एउटा रोटी दिन्छन्, दिउँसो उसिनेको फाँपरको रोटी अनि रातमा फेरि रोटी दिन्छन् । मलाई चिया, सुप अनि अरु केही खान दिदैनन् । सबै मालिक र मालिक्नीले बुत्याउँछन् । मलाई जहिल्यै घरको गल्लीमा सुत्नु भन्छन् । म रातभरि निदाउन पाउँदिन । रातभरि तिनीहरुको दुष्ट बच्चा रुन्छ अनि मैले कोक्रो हल्लाइदिनुपर्छ ।
प्यारा हजुरबा, तपाईंको महान् दया ममाथि देखाउनुहोस्, यहाँबाट मलाई गाउँको घरमा लैजानुहोस् । योभन्दा बढि अब म सहन सक्दिन । म तपाईंको पाउमा झुक्छु अनि ईश्वरसँग सधैँ तपाईंको निम्ती प्रार्थना गरिदिनेछु । मलाई यहाँबाट लैजानुहोस् नत्र म यहीँ मर्नेछु ।भान्काको मुख चलायमान भयो, उसले आफ्ना काला भैसकेका मुठ्ठीले आँखा मिच्यो र रुन थाल्यो ।म तपाईंको नसका निम्ती सुर्तीको धूलो बनाइदिनेछु । ऊ लेख्न थाल्यो– म तपाईंका निम्ती प्रार्थना गर्नेछु  र मैले केही नराम्रो गरे मलाई बाख्रो मिल्काएझैँ मिल्क्याइदिनुहोला । यदि तपाईंले मेरो जागिर छैन भन्ने सोच्नु भएमा म जहाजको कर्मचारीलाई बिन्ती गरेर ईश्वरका निम्ती भएपनि जुत्ता सफा गर्ने काम देऊ भन्नेछु अथवा फेड्का भन्ने गोठालोको सट्टा मै गोठालो बन्नेछु । प्यारो हजुरबा, यो मैले सहनसक्ने भन्दा बढि नै हो, यहाँ मसँग जिउनलाई साधारण जीवन पनि छैन । म यहाँबाट गाउँतिर भाग्ने विचारमा छु तर मसँग एकजोर जुत्ता पनि छैन र मलाई तुषारोदेखि सार्है डर लाग्छ । जब म ठूलो हुनेछु, तपार्इंले मलाई लगाएको गुन एकएक गरी चुकाउनेछु । तपाईंको देखभाल र स्याहार गर्नेछु । जब तपाईं मर्नुहुनेछ तब तपाईंको आत्माको शान्तिका लागि प्रार्थना गर्नेछु, जसरी म मेरी आमाका निम्ति म प्रार्थना गर्दथेँ ।मस्को विशाल सहर हो । यहाँ सबै भद्र भलाद्मीका घरहरु छन् र धेरै घोडाहरु पनि छन् तर यहाँ गाउँका जस्ता भेँडाहरु छैनन् अनि कुकुरहरु पनि त्यति छुच्चा हुँदैनन् । यहाँका केटाहरु कोहीपनि राति बाहिर निँस्कदैनन् ।  उनीहरु ईश्वरका भजन पनि गाउदैनन् । एकपटक मैले बल्छी पसलमा चालीस पाउण्डसम्म तौल भएको माछा पकड्ने बल्छी देखेको थिएँ । मैले धेरै प्रकारका बन्दुकहरु पाइने पसल पनि देखेँ । मेरा मालिकसँग पनि घटीमा एक सय रुबल पर्ने बन्दुक छ । कसाहीका पसलमा विभिन्न जनावरका मासुहरु बेच्छन् तर तिनले ती जनावरहरु कहाँ लगेर मारिदिन्छन्, कहिल्यै भन्दैनन् । प्यारा हजुरबुवा, जब तिनीहरु आफ्ना विशाल घरमा क्रिसमस रुख सजाउँछन् तब मेरा निम्ति सुनौलो ओखर दिन्छन् जुन हरियो सन्दुकमा राखेको छ । नपत्याए ती महिला ओल्गा इग्नातेभ्नालाई सोध्नुहोस्, यो ओखर भान्काको लागि हो भन्छिन् ।
भान्काले डराउँदै लामो सास फेर्यो अनि फेरि झ्यालतिर ट्वाल्ल परेर हेर्न थाल्यो । उसले सम्झन थाल्यो कसरी उसको हजुरबुवा जंगलमा आफ्ना मालिकका निम्ति क्रिसमस रुख लिन भान्कालाई लिईओरी जाने गर्दथे । त्यो क्षण हर्षको क्षण हुन्थ्यो । हजुरबुवाले घाँटी खसखस गर्दै जंगल नै थर्कमान हुने गरी कराउँथे । क्रिसमस रुख ढाल्नु अघि उनी तमाखु लिन्थे, नस सुँघ्थे र जाडोले कठ्याङग्रिएको  भान्कालाई हेर्दै मुसुक्क हाँस्थे । हजुरबुवा अन्त्यमा त्यो रुख ढालेर आफ्नै सुरमा चिच्याउन थाल्थे ।
जब रुख ढालिन्थ्यो तब त्यो रुख घरतर्फ घिसारेर लगिन्थ्यो अनि क्रिसमसका लागि सजाइन्थ्यो । ती जवान महिला ओल्गा इग्नातेभ्ना भान्काकै परमप्रिय थिइन् । जो हरदम व्यस्त हुन्थिन् । जब भान्काकी आमा पेलाजिया जीवित नै थिइन्, उनी त्यस घरमा काम गर्थिन् । ओल्गा भान्कालाई खेलौनाहरु दिन्थिन् । पढ्न, लेख्न अनि सयसम्म गन्ती गर्न सिकाउँथिन् त कहिले नाच्न पनि सिकाउँथिन् । जब पेलाजिया मरिन्, तब भान्कालाई नोकरका भान्सातर्फ सारियो जहाँ उसका हजुरबुबा बस्दथे अनि त्यसपछि भान्कालाई मस्कोको मोची कहाँ पठाइयो, जहाँ ऊ आफ्ना दुःखका दिन गन्ती गरिरहेको थियो ।

प्यारा हजुरबा, आउनुहोस् । भान्का लेख्न थाल्यो ।
ईश्वरका निम्ति म तपाईंसँग भीख माग्छु, मलाई यहाँबाट लैजानुहोस् । यहाँ सबैले मलाई भर्कुछन् र म  डरलाग्दो गरी भोकले ग्रस्त छु । यो कस्तो दुर्दशा हो, तपाईंलाई म भन्न सक्दिन,म सधैँ रोइरहेको छु । र अर्कोदिन मलाई मेरा मालिकले म अन्तिम अवस्थामा पुग्ने गरी टाउकोमा हिर्काए,म भुँइमा बजारिएँ । मेरो जीवन  कुकुरको भन्दा पनि गएगुज्रेको हुन पुगेको छ। म नरकमा बाँचिरहेको छु । मेरो शुभकामना एल्योना, येर्गोका र ती घोडसवारी चालकलाई सुनाइदिनु होला र मेरो प्यारो बाजा कसैलाई नदिनु है । म तपाईंकै नाति इभान जुकोब नै भइरहूँ । प्यारा हजुरबा, मलाई लिन आउनुहोस् है । त्यसपछि भान्काले पत्रलाई दुइपटक मोड्यो र हिजो एक कोपेक तिरेर ल्याएको खामभित्र हाल्यो । एकछिन केहीबेर सोचेर उसले पुनः कलम मसीमा चोबल्यो अनि ठेगाना यसरी लेख्यो स्गाउँमा रहने हजुरबुबालाई त्यसपछि उसले टाउको कन्यायो, एकछिन सोच्यो र फेरि थप्यो स् कन्स्टान्टिन मकारिच । कसैले उसले चिठी लेखेको नदेखेको भन्ने थाहापाएपछि गर्वले पुलकित भयो । उसले आफ्नो टोपी पहिरियो अनि कोट समेत नलगाई गल्लीतिर दर्गुर्यो । हिजोमात्र उसले मासुपसलेसँग चिठीहरु हुलाकको पत्रमञ्जूषामा खसालिने र संसारभरि चिठी पुर्याइने कुरा थाहा पाएको थियो, त्यसैले ऊ नजिकैको पत्रमञ्जूषा भएतिर गयो र उसको बहुमूल्य पत्र बाकसमा खसाल्यो।

एकघण्टापछि ऊ मीठा आशाहरुमा झुल्दै निदाइरहेको थियो । सपनामा उसले चुल्हो देख्यो । चुल्हो नजिकै उसका हजुरबुबा बसिरहेका थिए, उनका नाङ्गा खुट्टाहरु हल्लाइरहेका थिए र भान्सेहरुलाई चिठी पढेर सुनाइरहेका थिए । चुल्होसँगसँगै ईल पनि पुच्छर हल्लाएर बसिरहेको थियो ।

सांसद विकास कोषको रकम रहि ठाँउमा लगाउ ।

संविधानसभा निर्वाचनमा सुनसरी जिल्ला बाट निर्वाचित भएका सभासद् र समानुपातिक तर्फ मनोनित भएका सभासद्हरुलाई नेपाल सरसकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत दिदै आएको सांसद विकास कोषको रकम अन्य कार्यहरुमै खर्च गरेको पाइएके छ । यसरी एउटा शिर्षकमा आएको रकम सभासदले अर्का शिर्षकमा खर्च गर्दा राज्यको सम्पतिको दुरुपयोग भयौ नै जनताको आशामा पनि तुसारापात भएको छ । जुन क्षेत्रको लागी जुन समुदायको कामको लागी ल्याएको हो सोही क्षेत्रमा सांसद कोषको रकम खर्च गर्नु जरुरी हुन्छ ।
 स्थानिय मान्त्रायल अन्तर्गत आउने सो रकम प्रत्येक जिल्लाका सभासद्ले आफ्नो स्थानिय निर्वाचन क्षेत्रको विकासका लागी दश लाख पाउने गरेका छन् । यसरी मन्त्रालयबाट एकथरि कामका लागी आएको रकमको सहि रुपमा सदुपयोग गरिएन भने अर्काे पटक पाउने आधर नै गुम्न जान्छ । यसले सबै सभासद्को छविमा धुमिल्याउने काम गरेको छ । त्यसैगरि जिल्ला विकास समितीले पनि आफ्नो मार्फत दिएको रकम सहि रुपमा सदुपयोग गरे नगरेको अनुगमन गर्नु पर्दछ । प्रस्तावना अनुसारको काम नभए कसरी कारर्वाहि गर्न सकिन्छ सोही अनुरुप कारर्वाहि प्रकृया अगाडि बढाउन पर्दछ सरकारको सो रकमको दुरुपयोग गरि सुनसरीका राजनितिक दलका सभासद्ले आफ्नो पार्टीको कार्यकर्ता पाल्ने योजनामा मात्र सिमित रहेको देखिन्छ । यसले सम्पुर्ण पार्टीको सभासद्को गलत चित्रण गरेको छ । आम जनताको विस्वास नै सभासद्ले गुमाइ रहेको देखिन्छ । यो अवस्थाले गलत नजिरको स्थापना गर्दै जान्छ । यसले भोलीका दिनमा राज्यको हरेक संयन्त्रलाई राजनितिक दलले विस्तारै कमजोर बनाउने र सबै सरकारी काम काजमा राजनितिकरण हावी हुने खतरा बढन सक्छ ।   संविधन बनाउने भनेर जनातले चुनेर पठाएका सभासद्ले समयमा सविंधान कहाँ हो कहाँ तर गाँउमा जनताको लागी आएको विकास निमार्णको काम पनि हुन नक्दा जनताले अब राजनितिक दल र सभाद्लाई विस्वास गर्न आधर नै के रह¥यो र ? जनताले तिरको रकम बाट तलब भक्त खाइरहेका सभासद्ले जनताको बारेमा अहिले नसोचेर अब कहिले सोच्ने ? स्थानिय जनताले चुनेर पठाएको सवासद्ले केही नयाँ योजना ल्याउने आशा गरेको हुन्छन् । नयाँ काम गरेमा सभासद्को लागी पनि पछिल्लो निर्वाचनका लागी ढोका खुल्छ ।  तर सभासद्ले त्यो अनुरुपको काम गरेर देखाउनु सक्नु पर्दछ । होइन भने जनतामा नैरासता पैदा हुनगइ सभासद् प्रति नै नकारात्क सोचको विकाश हुन्छ । जनताको आशा भरोसालाई कुनै पनि सभासद्ले भत्काउने काम गर्नु राम्रो होइन ।
 सांसद कोषको रकम लाई स्थानिय स्तरका बाटो घाटो ,पुल पुलेसा , स्वास्थ्य चौकी तथा विद्यालयमा लगाई त्यहाँको जनताको मन जित्नुमा नै स्थानिय पार्टीका नेता तथा सभासदको आयु लामो हुन हो ।









बन्द संस्कृतीको अन्त्य गर !


नेपालको संविधान समयमै जारि गर भन्दै विभिन्न राजनितिक दल , जातिय संघठन र तिनका भातृ संघठनले गरेको लगातारको चार दिनको बन्दले मेची र कोशीको जनजिवन अस्तब्यस्त बनायो । बन्दको कारण यहाँका कलकारखान , यातायात , शैक्षिक संस्था ठप्प रहे भने कक्षा ११को चलिरहेको परिक्षा समेत प्रवाभित भएको थियो । यातायातका साधन नचलेको हुनाले परिक्षा दिन परिक्षर्थीहरु घन्टौ सम्म पैदलै जानुको विकल्प थिएन ।

पहिलो दिन लक्ष्मण थारुले नेतृत्व गरेको थारु संघर्ष समितीले गरेको बन्दका कारण डामाडोल बनाएको सर्वसाधरणको जीवन भोली पल्ट पनि लगतै जनजाति महाँसंघले बन्द आवह्रान गर्दा झनै मार्कामा परेको थियो भने तेस्रो दिन नामै नसुनिएको ‘नेपाली जनप्रगतिशील मञ्च’ले पर्चा छरेकै भरमा बन्द भयो । चौथो दिनमा कसैले बन्द नगर्दा पनि तीनदिन सम्मको लगातारको बन्दको असर गर्दा यातायात निर्वात रुपमा चल्न सकेनन् ।
यसरी विभिन्न बहानामा आफ्नो माग राख्दै यातायात ,बजार तथा शैक्षिक संस्था बन्द गरिनु भनेको मानवअधिकारको घोर उलङ्घन गर्नु हो । यस्ता बन्दले सर्वसाधारण जनताको स्वतन्त्रता पुर्वक हिनडुल गर्न पाउने अधिकारको हनन त भयो नै , दिनभर कमाएर परिवारको पेट भर्ने मजदुरको रोजी रोटी समेत गुम्न पुगेको छ । अर्का तर्फ देशको मेरुदण्डको रुपमा मानिने विद्यार्थीको भविष्य माथीनै खेलवाड भएको छ । तगातारको बन्दले उनिहरुको पढाइ अवरुद्ध भई शैक्षिक कार्यक्रम नै डामाडोल हुन पुगेको छ ।
यतायात बन्दका कारण समयमा उपचार हुन नसकेर कतिपय विरामीहरुको ज्यान गएका धेरै उदारण हुदा हुदै बन्दको आवाह्रन गर्नु कुनियत सिवाय अरुकेही होइन । जनता मुक्तिको माग गर्दै आवह्रान गरेको यस्ता बन्दले जनतालाई राहत दिनु त परै जाओस् उल्टै सर्वसाधरण जनताले सास्ती खेप्नु परेको छ । यदि साँच्चिकै जनताको अधिकारका लागी लड्ने हो भने यातायात अवरुद्ध गरेर, शैक्षिक संस्था बन्द गरेर होइन जनताले देख्नेगरि सकारात्क काम गरेर सरकारलाई दवाब दिनु पर्दछ । नत्र जनताको नाम गरि आफ्नो दुनो सोझ्याउने कामबाट न त जनताको अधिकारको नै सुनिश्चत हुन्छ , न त सर्वसाधरणले कामगरेर खान नै पाउने छन् ।

प्रहरी प्रशानले बन्दलाई मौन स्कृति दिइनुले पनि बन्दहडतालको संस्कृती मौलाउदै गएको छ । प्रहरीकै अगाडी बन्द कर्ताले सवारी साधनमा तोडफड गर्ने वा आगजनी गर्दा समेत प्रहरी मुख दर्शक भएर हेरिरहनुले पनि बन्दकर्ताको मनबल बढ्दै गएको छ । यसरी आमजनताले आफ्नो गाँस काटेर दिइएको रकमबाट पालिएका प्रहरी प्रशानले जनताको जीउ ज्यानको सुरक्षा गर्न नसक्नु लज्जास्पद कुरा हो । तसर्थ कहिंकतै बन्द भएमा तत्काल बन्दकर्ता लाई नियन्त्रणमा दिई तुरुन्त कार्वाही गरिनु पर्दछ अनि मात्र बन्द गर्ने संस्कृतिको अन्त्य हुन्छ र सबैले राहत महशुष गर्न पाउने छन् । 

यौन ब्यवासाय प्रहरीको कमाई खाने भाँडो नबनोस्


विगत लामो देखी इटहरी तथा आसपासको होटल एवं गेष्ट हाउसहरुमा यौन ब्यवसाय फस्टाउदै गएको छ । यो समग्र इटहरी क्षेत्रको होटल ब्यसायको बदनामी हो । यसले होटल तथा गेष्टहाउसहरु यौन ब्यवसायका अखडा हुन भन्ने गलत सन्देश आम मानिसमा पर्न जान्छ । होटल तथा लजहरुले दिनदाहडै गलत कार्यका लागी घण्टौ सम्म कोठा उपलब्ध गराउनु अवैध चलउनु हो । पौसाको लोभमा गरिने यस्ता अनैतिक क्रियाकलापले सहरको बेइजत मात्र गराउदैन सामाजीक सत्भाव समेत खलबलिन सक्छ । समाजमा रहेर यस्तो घृणीतकार्य गर्ने होटल तथा गेष्टहाउसका संचालकले अनुशान तथा मर्यादालाई कदापि कुल्चिन मिल्दैन । विकृति–विसंङ्गतिको अन्त्य गर्ने होटल ब्यवसायहरुको पनि जिम्मेवारी हो । तसर्थ यस्ता कृयाकलाप रोक्न सर्वप्रथम होटल ,गेष्टहाउस सञ्चालकनै लाग्नु पर्दछ । लुकिछिपी गर्ने÷गराइने यस्ता गलत कार्यले मर्यादित व्यवसाय सञ्चालन गर्ने होटल तथा लजहरुलाई असर पु¥याउछ । यस्तो कार्य नरोकिए भोलिका दिनमा होटल तथा गेष्ट हाउसको विश्वसनीतायता गुम्छ । 

होटलहरुमा यौनकर्मी राखी यौन धन्दा चलाउनु लज्जापद कुरा हो । कोठाको अग्रीम भुक्तनि लिएर बाहिर बाट ताल्चा लगाई यौनजन्य गतिविधि गर्न सहयोग गर्नु समाजप्रतिको उत्तरदायित्वलाई बिर्सनु हो । यस्ता कार्यले गेष्ट हाउस तथा होटलहरु यौनजन्य कोठीको रुपमा विकास हुदैं गएको पुष्टि गर्दछ । त्यस्तो गतिविधिले समाजमा अराजकता निम्त्याउछ । यस्तो गतिविधी लाई बेलैमा रोक्नु पर्दछ ,नत्र यो नियन्त्रण भन्दा बाहिर नजाला भन्न सकिदैन । होटल ब्यवसायीले नै यौनकर्मी राख्नु अथवा कण्डम समेत उपलब्ध गराउनु कहाँ सम्मको नालायकि पन हो । प्रशासनले यस्तो कार्य हुदाँ सम्म कानमा तेल हालेर बस्नु भनेको अराजकता लाई पश्रय दिनु हो । यसले प्रहरीको दक्षता र कार्य शैली प्रति नै शंका उब्जाएको छ । समग्र प्रहरीसंगठनलाई नै कलंकित बनाएको छ । यस्तो आपराधिक क्रियाकलाई प्रहरी प्रशासनले संरक्षण गरि नजराना असुल्नु गैरकानुनीको पराकाष्ठा हो । यसले प्रहरी प्रशनमा जनविश्वासको संटल ल्याउने सिवाय केही गर्दैन । तसर्थ यथासक्य यस्तो यौनजन्य क्रिकलाप रोक्न प्रहरीले तदारुकताका साथ लाग्नु पर्दछ ।

 राती अबेर सम्म होटल खोलेर यौन धन्दा संचालन गर्ने होटल ब्यवसाय तथा गेष्ट हाउसको निगरानी गरिनु पर्छ । यौन क्रियाकलाप संचालन गर्ने सबै होटल ब्यवसायी एवम् लजको होटल संचालन अनुमतीपत्र रद्द गरि कानुनको कटघरामा उभ्याइनु पर्दछ । यस्ता अमानविय कार्य गर्ने संचालकले गस्तीमा जाने प्रहरी लाई आर्थिक लोभ देखाइ किनी रहेका छन् त्यसैले यो प्रहरीको कमाई खाने भाँडो बन्द भएमा मात्र इटहरी सहरलाई अवैध यौन क्रिडास्थल बाट बचाउन सकिने थियो कि !

Tuesday, 17 May 2011




विद्यालय शान्ति क्षेत्र कि राजनितिक दलको परेड मैदान !


नेपालका अधिकाँश सरकारी विद्यालयहरु हिजो आज राजनितीक गतिविधि संचालन गर्ने थलोको रुपमा चिनिने गरेका छन् । हरेक सरकारी विद्यालयमा कुनै न कुनै रुपले राजनितिको छाया पर्ने गरेकोमा कुनै दुईमत छैन । चाहे त्यो शिक्षक नियुक्तिमा होस् या कुनै सभा सम्मेलन गर्नमा अथवा मार्चपास्ट गर्नमा नै किन नहोस् । विद्यालयको पढाई लाई स्थगित गरेर भए पनि राजनितिक दल वा तिनका भातृ संगठनहरुले विद्यालयलाई राजनितीक अखडा गर्ने ठाँउको रुपमा चिनाइ सकेका छन् ।
केहि समय अघि मोरङ्गको भातिगञ्ज–७ स्तिथ श्री निम्न माध्यमिक विद्यालयमा राहतकोटाको शिक्षक नियुक्तिको विषय लाई लिएर विद्यालय ब्यवस्थापन समिती र स्थानिय वासिन्दाको विच झडप हुदा करिव पन्ध्र दिन जति विद्यालय बन्द गर्नु परेको थियो जति बेला विद्यार्थीहरुको परिक्षा जारी रहेको थियो । झडपको कारण चहि राजनितिक दवाव नै थियो । विद्यालयको ब्यवस्थापक अध्यक्षले राजनितिक दलको आडमा तिन लाख सम्मको घुस खाएर नियुक्ति ग¥यो उक्त कुरा स्थानिय ब्यक्तिले थाहा पाए पछि विरोध गरे । त्यति गर्दा सम्म अध्यक्षले नटेरेपछि स्थानिय वासिन्दाले विद्यालयमा अनिश्चित कालिन ताल्चा लगाए त्यसको १५ दिन पछि जिल्ला शिक्षा कार्यलयको रोहवरमा विद्यालय खुलेको थियो ।   
कुनै पनि राजनितिक दलका नेताहरु कार्यक्रमको उद्घाटन गर्न आए भने उनिहरुको स्वागतकालागी विद्यालयका विद्यार्थीहरुले पुष्पगुच्चा लिएर घन्टौ सम्म घाममा लाम लाग्नु पर्दछ । अनि मात्र उनिहरुको स्वागत सम्मानपुर्ण भएको महशुस गर्ने नेताहरुले विद्यार्थीको भविष्य बारेमा खै त सोचेको ? हरेक राजनितिक कुरालाई विद्यालय संग जोड्न कत्तिको उचित हुन्छ ?
प्रसंग सुनसरीको मधेषा गाविसमा रहेको जनता उच्च माविको हो । त्यस विद्यालयमा केहि दिन अघि मात्र चुरेभावर राष्ट्रिय एकता पार्टीले शान्ति क्षेत्र घोषित विद्यालय परिसरमा कम्ब्याट पोसाक सहित आफ्नो सेनालाई निर्धक्क पुर्वक मार्चपास्ट गराएको छ । विद्यालयको मुल गेटमा राखिएको बार्डमा प्रष्टसँग लेखिएको छ , विद्यालय क्षेत्रभित्र कुनै पनि पार्टी , जातिले तिनका राजनितकि क्रियाकलाप संचालन नगर्ने नगराउने विषयमा हामी सबै सहमत भएका छौ । तर यस प्रतिबद्धताविपरित गरिएको उक्त मार्चपास्टले प्रष्टरुपमा देखाई दिएको छ कि राजनितिकदलहरुले विद्यालयलाई ठुला –ठुला भाषणहरुमा मात्र शान्ति क्षेत्र घोषाण गरेको रहेछन् । तर तिनहरु आफैले गरेका प्रतिबद्धतालाई लत्याएर विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा पनि राजनितिकदलले आफ्नो क्रियाकलाप संचालन गर्ने त उनिहरुको बानी परिसकेको रहेछ ।
विश्व शिक्षको सहयोग र सामाजिक सचेतनाका लागी सुचना केन्द्र ( सिक्सा) सुनसरीको पहलमा विद्यालयलाई शान्ति क्षेत्रको रुपमा सरोकारवाला सबैले स्वीकार गरेको केही समय पनि नबित्दै चुरेभावरका दुई हजार पाँच सय ७८जना सेनाले विद्यालयकै मैदानमा मार्चपास्ट गराएका थिए । सो मार्चपास्ट लाई गैरकानुनि सावित गरि कानुनको दायरमा ल्याउनुको सट्टा मार्च पास्ट गरिरहेकै समयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको अलग – अलग समुहले अवलोकन गर्न सम्म भ्याएका थिए ।
शान्ति प्रकृया शुरु भए यता नेपालमा कुनै पनि राजनितिक दलले कुनै किसिमको शैन्य गतिविधि संचालन गर्न नपाई भनि अन्तरिम संविधानमा उल्लेख भएको छ तर सो गतिविधिलाई सुरक्षा निकायकै निगरानिमा संचालन हुनु कति आश्र्चय जनक कुरा हो ? त्यो पनि पुरै शैन्य कम्ब्याड सहित मार्चपास्ट हुनु ले नेपालको शैक्षिक पद्धतीमा राजनितिकको कस्तो प्रभाव छ भनेर र्छलङ्ग पारेको छ ।

शान्तिका लागी युवा पत्रकारीता


अहिले नेपालमा दशवर्षे जनयुद्ध समाप्त भएतापनि नेपाली पत्रकारहरु भने डर र त्रासमा बाँच्नु परिरहेको अवस्था छ । कहिले राजनितीक पार्टीहरुको धम्कि, त कहिले भुमिगत समुहहरुको सिकार हुनु परेको छ नेपाली पत्रकारहरुले । कहिले समाचार नलेको निहँमा, त कहिले समाचार लेखेकै निहुँमा पत्रकारहरुले मानसिक तथा शारिरीक यातनाहरु पाउने गरेका उदाहरण धेरै छन् । अहिले मुलुकमा लोकतन्त्रीक गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि राज्यको चौथो अङ्गको रुपमा ब्याख्या गरिने संचार माध्यममाथी बेला –बेलामा साँघातीक हमलाहरु हुने क्रम रोकिएको छैन । धेरै ठाँउमा पत्रकारहरुले आफ्नै ज्यान जोखिमा मोलेर भएपनि आमनागरिकलाई सुचना प्रदान गरिरहेका छन् ।
अब नेपालमा स्थाई शान्ति भएको देख्न चाहन्छन् पत्रकारहरु । हरेका दिन सकारात्म समाचार प्रशारण तथा प्रकाशन भएको देख्न चाहन्छौ । प्रायः अपहरण ,चन्दा आतंक, हत्या तथा भ्रष्टाचार भएको समाचार बढी लेख्ने गरेको स्थानीय सुनसरीका पत्रकार जयकृष्ण यादव बताउनु भयो । अब नेपालमा शान्ति स्थापना भई राम्रो भएको समाचार बनाउने आशा गरिएको छ तर त्यसो हुन सकिरहेको छैन ‘उहाँले थप्नु भयो’ ।
माओवादीको उद्गग्म जिल्ला भनेर चिनिने जिल्ला रोल्पा हो यहाँ बाट माओवादीहरुले दश वर्षे लामो जनयुद्धको शुरुवात गरेका थिए र त्यो जनयुद्ध सफल पनि भयो तर अहिले नेपालमा युद्ध समाप्त भएको ५ वर्ष वितीसक्दा पनि नेपाली जनताले शान्तिको शास फेर्न नपाएको गुनासो छ रेडियो रोल्पामा कार्यरत पत्रकार भद्रा घर्तिको । उहाँले भन्नु भयो “यहाँ पहिले जस्तो युद्ध त छैन तर पनि नेपाली जनताले आशा गरे अनुरुपको पुर्णशान्ति पनि छैन” । यहि कारण हामी पत्रकारहरुले अझै पनि असुरक्षित मशुस गरिरहेका छाँ । जस्तो सुकै द्धन्द्ध भएपनि हामीले आफ्नो काम–कर्तब्य बाट पछि हटेका भने छैनौ । देशमा स्थाई शान्ति भइ दिए अहिलेको जस्तो त्रासमा काम गर्न नपर्ने उहाँ तर्क थियो ।

केहि दिन अघि नगरकोटको होटल चौतारीमा सर्चफर कमन ग्राउण्ड र इन्टरनेशनल अलर्ट ले आयोजना गरेको शान्तिका लागी पत्रकारीता विषयक तालिममा उठाइएका यी माथिका हरपहरु हुन । यस तालीममा विभिन्न क्षेत्रका ,तिन विद्याका पत्रकारहरुको उपस्थिति रहेको थियो । रेडियो ,टेलीभिजन तथा छापा माध्यमका पत्रकारहरुको संयूक्त उपस्थिती रहेको सो तालिममा पुर्वको सुनसरी देखी लिएर पश्चिमको रोल्पा सम्मको पत्रकारहरुले अहिले भोग्नु परेको चुनौती र यसको न्युनिकरण कसरी गर्ने सकिन्छ भन्ने बारेमा विभिन्न समुह बनाई छलफल गरिएको थिए । कुनै पनि विषयमा रिर्पाेट तयार पार्दा के कुरामा बढी ध्यान दिने,सत्य तथ्य कसरी पत्ता लगाउने ,समाचारको सहि स्रोत कसरी पहिचान गर्ने भन्ने विषमा जानकारी प्रदान गरिएको थियो । त्यसै गरि गुड जोर्नालीजम, द्धन्द्ध र सुरक्षामा संचार माध्यमको भुमिका, साझा मुद्दाको पहिचान ,संचारमा अफवाको ब्यवस्थापन कसरी गर्ने सकिन्छ भन्ने विषयमा विभिन्न विद्धानहरुका भनाई तथा चार्ट द्धारा कार्यक्रमलाई सहज बनाइएको थियो ।
त्यस्तै अहिले चर्चामा आएको अनुजाको केशले पनि नेपाली पत्रकारीताको स्थर मापन गरेको वरिष्ट सम्पादक मोहन मैनालीले बताउनु भयो । उहाँका अनुशार अहिले छापाले कागको पछि लागेर हाम्रो कान उडाएको सयौ घटना छन् । चाहे त्यो ऋतिक रोसन काण्ड होस या रुवेल चौधरी काण्ड नै होस् । हरेक घटनामा संचार माध्यम लाई प्रयोग गरि रातारात पपुलर हुने प्रयास गरिएको छ । यी काण्डहरु अहिले त्यतिकै सेलाएको छ । जसरी एक छिनमै हुरी बतास चल्छ र छिनमै हराउछ ।
रसेन्द्र भट्टराय संसारकै सबै भन्दा धनि मध्ये एक भन्दै एकताका ठुल्टुला हल्लाहरु पत्रिकामा छापिएको थियो । टिभीको रंगीन पर्दामा भ्रमको ठुलै झल्झलाकार पोको पनि देख्न पाइयो र्। जर्जबुस मेरो साथी हो ,बिल गेट्स भाईजस्तै हो । ५÷७ वटा मेरा हवाइ जाहाज छन् । १०÷१५ वटा मेरा बंगला छन् । १०० भन्दा बढी देशमा मेरो ठुल्लो ब्यवसाय छ, यस्तै ठुल्ठुला प्रलाप उनको मुखबाट सुनेर दङ परिएको थियो । पछि सबै यर्थात थाहा पाए पछि हिस्स परियो । दुई छाक पेटभर खान सक्ने बाहेक अर्थाेक हैसियत नभएका भट्टरायले हल्लाखल्ला मच्चाएको अलिदिनमै समुन्द्रको ज्वारभाटा झै शान्त भयो । पछि काठमाडौको एक होटलमा बस्दाको पैसा समेत नतिरको कुरा तिनैले लाज पचाएर छापे ।
त्यसकारण मान्छेले मात्रै ढाँट्छ ,अरु जिवले ढाँटेको कुरा हामी पत्रकारहरुलाई थाहा छैन । ढाँट्नु मानिसको स्वभाव हो । स्व.गिरीजा प्रसाद कोइराला तथा कृष्ण प्रसाद भट्टराइले पनि ढाँटेको प्रसंङ्ग जोड्दै उहाँले मान्छेले किन ढाँट्छन् भने उसले आफुलाई अरु भन्दा पृथक छु , बलियो छु , राम्रो छु , धनि छु वा सबैले मलाई चिनुन् भन्ने आशयको साथ संचार माध्यमा अफवा फैलाई रहेका हुन्छन् भन्नु भयो ।
संचार माध्यम मात्र एउटा यस्तो माध्यम हो जसले धेरै समुदायमा एकचोटीमा संचार प्रवाह गर्ने गर्दछ । चाहे त्यो सकारात्म होस् या नकारात्म होस् संचार माध्यमा आयो भने त्यसैले मानिसमा कुनै न कुनै प्रकारको छाप छाड्दछ त्यसकारण हामी रिर्पाेटहरुले कुनै पनि रिर्पाेट तयार पार्नु अघि त्यसको बारेमा सत्यतत्य पत्ता लगाउनु हाम्रो प्रमुख जिम्मेवारी हो । संम्पादकले सधै जिल्लामा भएका रिर्पोटरका भरमा बाँच्नु परेको हुनाले रिर्पाेटरहरु सधै इमान्दार तथा मेहनेती हुनु पर्ने मोहन मैनालीको भनाइ रहेको थियो ।
त्यसैगरी यस्ता घटनाले नेपाली पत्रकारीताले बेला –बेलामा आलोचित हुनु परिरहेको छ । आफुलाई हिरो बनाउन पत्रकारलाई माध्यम बनाउने गरेका छन् । उनिहरु पत्रकारको काधमा चडेर आफ्नो नाम र दाम कमाउन चाहन्छन् । यस्तो किसिमको परिस्थितिमा पत्रकारले निकै सजक हुन पर्दछ । कुनै यस्तो घटना आई लाग्न सक्छ पत्रकारले छापेको घटनाका कारणले समुदायमा जातिय द्धन्द्ध उठ्न सक्छ ,धेरै मानिसको अकालमा ज्यान जान सक्छ । यस्तो अवस्थामा कसरी काम गर्ने भन्ने सन्दर्भमा पत्रकारको वुद्धी मताले काम गर्नु पर्ने समेत मैनाली बताउनु भयो ।
त्यसैगरी सो तालिमा राजेन्द्र मुल्मीले मिडीया युथ र द्धन्द्धको बारेमा बताएका थिए । विभिन्न विज्ञापनको उदाहरण दिदै कन्फिल्क के हो ? यसका कति चरणहरु हुन्छन् भनेर चार्ट समेत प्रस्तुत गर्नु भएको थियो । हिंसा कति प्रकारका हुन्छन् , कुन प्रकारको हिंसाले बढी मानिस प्रभावीत हुन्छन् भन्ने बारेमा समेत जानकारी दिनु भयो । हिंसा रोक्न युवा पत्रकारको भुमिका कस्तो हुन पर्दछ तथा विश्वमा युवाको परिचय के हो र यो कति उमेर समुहका मानिसलाई युवा मानिन्छ भन्ने बारेमा बताउनु भयो । समाधान माथी हुदैन अडानमा भर पर्दछ , अडान भने तल लुकेको हुन्छ भनेर एउटा रुखको चित्रको उदाहरण समेत प्रस्तुत गर्नु भएको थियो ।
त्यसै गरि सो कार्यक्रमा सर्चफर कमन ग्राउण्डका कन्ट्रि डाइरेक्टर निकले अन्तराष्ट्रिय पत्रकार जगतमा पत्रकारले कसरी काम गरिरहेका छन् र नेपाली पत्रकारको काम गर्ने शैली कस्तो छ भन्ने बारेमा बताउनु भएको थियो । उहाँका अनुशार पत्रकारिता पेसा जो कोही गर्ने नसक्ने पेसा हो ,यसमा हरेक किसिमको दवाब ,धम्कि तथा दुरव्यवहार सहनु पर्छ । तर पनि आफ्नो कतब्र्य प्रति सधै बफादार भै समाजको पहेदारको रुपमा काम गर्नु पर्दछ भन्नु भयो ।
सर्चफर कमन ग्राउण्डकै सेरिना त्रिपाटीले अहिले यो संस्थाले विभिन्न देशमा भइरको द्धन्द्धको अनुगमन गरी शान्ति स्थापनाका लागी विभिन्न प्रकारको कार्यक्रमहरु गर्ने गरेको बताउनु भयो । विषेश गरेर हामीले साझा धरातलको खोजी गरिरहेका छौ । यस्तो साझा धरातलको खोजी हाम्रो विभिन्न २८ वटा देशहरुमा भै रहेको छ जस मध्ये नेपाल पनि एक हो । नेपालमा हामी ले काम गरेका पाँच वर्ष भयो । यहाँ हामीले अहिले विशेष गरि मिडीया मार्फत शान्तिलाई साझा धरातल खोज्ने प्रयत्न गरेका छौ जस अनुरुप “नयाँ बाटो नयाँ पाइला”, “मैथिली रेडियो नाटक सङोर”, “फराकिलो धर्ती तथा प्रशारण हुने लागेको टि.भी सिरियल “हाम्रो टिम” रहेका छन् । यी कार्यक्रमहरुले द्धन्द्ध घटाउने आशा राखेका छौ ।
त्यसै गरि तालिममा सर्चफर कमन ग्राउण्डका मिडीया डारेक्टर प्रदिप परियारले द्धन्द्ध न्युनिकरणमा नेपाली मिडियाको महत्वपुर्ण भुमिका रहेने बताउनु भयो । साथै मिडीयामा पनि युवा पत्रकारको महत्व अझै बढी हुने उहाँको भनइ रहेको छ । तर नेपाली मिडीले सधै सत्य तथ्य समाचारको खोजी गरेर प्रशारण गर्नु पर्ने पनि बताउनु भयो ।
त्यस्तै सो तालिममा कमन ग्राउण्डकै जसकुमार राईले विभिन्न उखानका टेक्का जोडेर नेपाली संचार जगत कस्तो रहेको छ र अब कस्तो हुन आवाश्यक छ भन्ने बारेमा बताउनु भएको थियो । हामी पत्रकारहरुले आफ्नो पार्टी तथा जातियताको धरातल भन्दा माथी उठेर काम गर्न सकेको खण्डमा मात्र हामीले सहि काम गरेको ठहरिने समेत बताउनु भयो ।
उक्त तालिममा इन्टरनेशनल अर्लटका तर्फबाट दुइ जनाले सहजीकरण गर्नु भएको थियो । रविन्द्र गुरुङ्गले यो सस्थाको बारेमा जानकारी प्रदान गर्नु भएको थियो । यस संस्थाले विगत २० वर्ष देखी शान्ति स्थापनाका लागी काम गर्दे आइरको बताउनु भयो । यस विभिन्न देशहरुमा यस किसिमको काम गर्दै आएको समेत जानकारी गराउनु भएको थियो ।
सो तालिमामा प्रकाश लुइटेल , रजनिश भन्डारी , अनिल गौरव , भद्रा घर्ति , जयकृष्ण यादव , स्वेता प्रधान , निरज खतिवडा लगायत पच्चिस जना रहभागीहरुको उपस्थित रकेको थियो । सो कार्यक्रम चारदिन सम्म संचालन भएको थियो ।

Thursday, 12 May 2011

बोक्सीको आरोपमा महिला हिंसा

लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि अन्धविश्वाबाट सिर्जना हुने अत्याचार र हिंसा भोग्न नेपाली महिलाहरु विवश छन् । २०६२।०६३ को जनआन्दोलनको सफलतापछि देश आमुल परिवर्तको दिशामा अगाडी बढिरहेको छ । राजनितीक परिवर्तनपछि पनि महिलामाथी हुन हत्या, हिंसा, अपहरण ,बोक्सीको आरोप तथा बलात्कार जस्ता अपराधिक घटनाहरुमा कमी आएको छैन ।
लैङ्गिक हिंसालाई न्युनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले सन् २०१० लाई लैङ्गिक हिंसाविरुद्धको वर्षको रुपमा घोषण गरे पनि लैङ्गिक हिंसाका घटनामा भने कमि आउनको साटो वृद्धि भइरहेको विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको तथ्याङ्कले जनाएको छ । महिला हिंसा न्युनिकरण गर्नका लागी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान (  नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म )  नेपालमा जारी रहेकै बेला सत्तहरीको महदेवा गा.वि.स.३ चकला टोल निवासी रामप्रसाद मण्डलकी ४५ वर्षिया श्रीमती सियादेवी मण्डलले उनका आफन्तजन बाटै बोक्सीको आरोपमा निर्घात कुटपिट खानु परेको छ । यो त एक उदाहरण मात्र हो यस्ता खालका महिला हिंसाका घटनाहरु कति त त्यतिकै गाउमै सिमित भएका छन् । बाहिर आएर न्याय पाएका उदाहरण नभएका कारणले पनि महिलाहिंसा भित्र–भित्रै सेलाउने गरेको पाइएको छ ।

लैङ्गिक विभेदमा आधारित हिंसाको प्रभाव समाजमा धेरै देखिन्छन् । महिला विरुद्धको हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन हो ,जसले महिलालाई प्रचलित मानवअधिकारको उपयोग बाट बञ्चित गराउँदछ । महिला अधिकारको कुरा गर्दा मानवअधिकारको सवाससँग जोडिएर आउछ । विश्व समाजमा यावत सामाजिक प्रथाहरुले महिलाअधिकारको हनन् गरिरहेको छ ।
स्वीज नेपालको तथ्याङ्क अनुसार नेपालभर घरेलु मजदुर मात्रै एक लाख ५० हजार रहेका छन् । त्यसमा ७० प्रतिशत १८ वर्ष भन्दा मुनिका छन् । त्यसमध्ये पनि करिब ६८ प्रतिशत घरेलु कामदार महिला तथा बालबालिका रहेका छन् । राष्ट्रिय महिला आयोगमा २०६६ साउन १ देखी २०६७ असार मसान्तसम्म दर्ता भएका एक सय ३ उजुरीमा सबै भन्दा बढी घरेलु हिंसाका घटना रहेका छन् । घरेलु हिंसा ९६ ,सार्वजानिक स्थलमा हिंसा दुई , बहुविवाह गरी सगै बसेको एक , बोक्सीको आरोप चार लगायतका रहेका छन् । त्यस्तै राष्ट्रिय महिला आयोगले २०६६ मङ्सिर १ देखि २०६७ कात्र्तिक ३० सम्ममा अभिलेखमा मुल तीनसय ४१ वटा हिंसाका घटनामा सबै भन्दा बढी बलात्कार ६५, घरेलु हिंसा ४७, मानबबेचविखन ४२, हत्या ३४, वेदेशिक रोजगारी पीडित ३० , कुटपिट २४, यौन दुराचार १२ , कुरीतिजन्य हिंसा ११ , बहुविवाह सात र अन्य ३५ वटा रहेका छन् । 
विभिन्न सामाजिक प्रथाहरुको आधारमा नेपाली महिलाहरुको अधिकारको हनन् भइरहेको छ । यी मध्ये बोक्सीको आरोपमा धेरै महिलाहरु सार्वजनिक अपमान र दुव्र्यवहार सहन बाध्य छन् भने मानिसको मलमुत्र पनि खान बाध्य गरिएको प्रमाण छन् । विशेष गरि तराईका भित्री भागहरुमा दिनहुँ जसो महिलाहरु बोक्सीको नाममा हिंसाका शिकार बन्ने गरेका छन् । त्यसमा पनि विपन्न र कम हैसियत भएका लाई आरोप लगाउन सजिलो हुने र नेपाली सामाजिक संरचना पनि त्यसैलाई मलजल गर्ने खालको हुनाले महिलाले बोक्सीको आरोपमा याताना पाउनु परेको छ । समाजमा कमजोर आर्थिक हैसियत भएका र एकल महिलाहरुलाई बोक्सीको आरोप लगाउने प्रचलन बढी रहेको पाइएको छ । आाज सम्म प्रवृत्तिअनुशार दलित , गरिब, एकल र आर्थिक तथा अन्य सामाजिक हैसियत नभएका वृद्धा महिलाहरु नै बोक्सीको आरोपमा प्रताडित छन् । आर्थिक हैसियत उच्च र छोरा छोरी पनि राम्रो हैसियतमा रहेको तथा समाजमा स्थापित महिलालाई यस्तो आरोप लागेको घटना पाइदैन ।

अहिलेसम्म  बोक्सीको रुपमा महिलाहरु मात्र आरोपित छन् । तर मुलुकी ऐनले बोक्सा–बोक्सी भनेर  पुरुष बोक्साको कुरा गरेको छ । तर पुरुषलाई बोक्सी वा बोक्सोको आरोप लगाएको पाइदैन । महिलाले मात्र किन बोक्सीको आरोप खेप्नुपर्ने त ? नेपाली समाज पितृसत्तात्म छ सामाजिक संरचना का सबै अवयवहरु पुरुष केन्द्रित छन् । कानुनले पनि महिला र पुरुषमा विभेद गरेको छ । समाज सचेत छैन । वैज्ञानिक दङ्गले सोच्न सक्ने सामथ्र्य नेपाली समाजको छैन । अझ डरलाग्दो पक्ष के हो भने नेपाली महिलाहरु नै यस्ता कुरामा बढी विश्वास गर्ने परिपाटी छ । समाजले विश्वास गरेको कुरालाई स्वीकार गरी सामाजीक हुने प्रणाली मानविय स्वभाव हो । त्यसैले अन्धविश्वासमा आधारित विभिन्न खाले समाजिक प्रथाहरु समाजमा टिकिरहेका छन् र सामाजिक मान्यताका आडमा महिलाहरु पीडीत हुदै आएका छन् ।

अहिलेसम्मका घटनाहरुका पीडितहरुले पीडकलाई सजाय दिलाउन मात्र चाहेको देखिन्छ । प्रथा र विश्वासको कारण अपहेलित भएकाले उनीहरुले न्याय चाहेको देखिन्छ । साथै समाजमा स–साम्मान बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र विस्थापित भएका खण्डमा सम्मानपुर्वक समाजमा स्थापित हुन चाहान्छन् ।
एकपटक घटनामा परिसकेपछि घटना पुन ः दोहोरीने डरले मानसिक तनावमा पीडिपतहरु सधै रहन्छन् । र महिलाको आत्मविश्वास एकदम कमजोर रहेको पाइन्छ । आत्मविशवास कमजोर भएकोले समाजमा आफ्नो भुमिका खोज्न सक्ने सम्भावना एकदमै न्यून हुन्छ । जसको कारण पीडकको विरुद्ध कुनै कदम उठाउन वा आत्मरक्षाको भावना विकास गर्न बाधा पुगिरहेको देखिन्छ । पाइहाले पनि खर्च बढ्न सक्छ । कानुनि लडाँइका लागि खर्च बढ्छ र पीडकलाई आर्थिक भार पर्न जान्छ ।
बोक्सीको आरोप र महिलामाथी गरिने अन्यायको विरुद्धमा कानुनी ऐन मात्र हो । तर पछिल्लो समयमा सार्वजनिक सुरक्षा ऐन अन्तर्गत सरकारवादी मुद्धाको रुपमा बोक्सी आरोपीलाई न्याय दिलाउने गरिएको छ । वर्तमान सन्दर्भमा यो मात्र पर्याप्त छैन ,तसर्थ महिला विभेद वा बोक्सी प्रथा हटाउन छुटै कानुनको ब्यवस्था गर्नु आवश्यक छ ।  

राज्यबाटै विभेदमा गरिएका सन्थाल आदिवासीहरु


करिब पौने तिन करोडको हाराहारीमा जनसख्या भएको यो सानो मुलुकमा विभिन्न थरिका भाषा बालिन्छन् , धेरै थरिका धर्मप्रति आस्था राखिन्छन् र सयौ थरिका चाडपर्व र जात्रा मनाइन्छन् । अति विकट हिमाली भेग देखी लिएर अति सुगम तराईका समथर भु–भागहरु यहि छन् । विश्वकै सबै भन्दा अग्लो ठाँउमा अवस्थित ताल , विश्वकै सबै भन्दा अग्ला चौध हिमशिखरमध्ये आठ हिमशिखर र सबै भन्दा होचो घाटीहरु यहि छन् । गौतम बुद्ध, अरनिको, र सीता जस्ता राष्ट्रिय विभितिहरुको जन्म यहि नेपाली भुमिमा भएको हो । यहाँ हिन्दुहरुका प्रसिद्ध आराध्य देव पशुपति देखी लिएुर जिउदो देवी कुमारी सम्मको दर्शन गर्न पाइन्छ । अनि फेवा तालमा जुन र घामको जलक्रीडाको ईष्र्या गर्दै माछापुच्छेले हाम फालेको मनोरम दृश्य देख्न पनि यहि पाइन्छ ।
    यहाँ चौरीको रगत पिउने पर्व , लासलाई टुक्राटुक्रा पारेर चिल र गिद्धलाई खुवाएर गरिने अन्तिम संस्कार देखी लिएर देवतालाई बलि दिएको पशुको कलेजो हेरेर शकुन–अपशकुन छुट्याउनेसम्मको परम्परा बोकेका आदिवासी यहि छन् । सातकिलो सम्मको गहना लगाउने जनजाति देखी दिएर गहना खोज्ने सम्मको जात्रा यहि मुलुकमा मनाइन्छ जो अन्यत्र देख्न पाइदैन । नेवारको लाखे र ख्या , भोटे , ह्याल्मो ,तामाङ्ग र सेर्पाका ल्होसार , राई र लिम्बुका साकेवासिली र चण्डी नाँच , थारुहरुको बडकी आईतवार र माघी , गुरुङहरुको सिल्दोनाल्दो , मेचेहरुको खिदाई , नाउन,बाठो , सन्थालहरुको बाहा ,सोरहाय सिरुवो र काराम , दनुवार जातिको नवजात शिशु लाई भालेको रगतले नुहाउने प्रथा , लाप्चाहरुको चौरीको बलिपुजा , धिमालहरुको सिरिजात, नौरङ्गी दन्तामाराङ र भक्तपुरको जिब्रो छेड्ने पर्वहरुबाट मनोरञ्जन प्राप्त गर्न यहि मुलुकमा आउनु पर्दछ ।
यसरी अनौकौ जातजातिका कला ,संस्कृतीको धनि देश नेपालले यहाँको आदिवासी ÷जनजातीहरुको धर्म , सस्कार सस्कृतीको जोगार्नामा भने त्यति चाँसो देखाएको पाइदैन । राज्यले बरु यी जातिहरुको भेष–भुषा, रितीरिवाजको अंकुरणमा तुसारापात गरेको ईतिहाँस साक्षी छ । यी आदिवासी÷जनजातिका कला –साहित्य एवम् सस्कार–साँस्कृतिको भनेको राज्यको अमुल्य सम्पतिहरु हुने, भावी पिडीको लागी इतिहाँस हुन भन्ने कुरा सरकारले त्यस भेला देखी भुल्यो जति बेला नेपालमा वर्णविभाजन तथा छुवाछुतको बीजारोपण गर्ने प्रथम राजा जयस्थिति मल्ल हुन । जयस्थिति मल्ल भन्दा पहिले यस मुलुकमा भेदभाव छदै थिएन भन्ने होइन तर कानुनी रुपबाटै जयस्थिती मल्ल भन्दा पहिले छुवाछुतले नेपालमा अव्यवस्थाको रुप धारण गरेको थिएन ।
त्यपछि वि.स.१९१० को मुलुकी ऐनले नेवार , गुरुङ, सेर्पा , तामाङ्ग ,लिम्बु ,राई  लगायत अन्य जातीहरु लाई ”मतवाली”घोषीत गर्यो । देशको ऐन कानुनद्धारा नै यसरी मतवाली घोषित गरिदा यिनीहरुको सामाजीक प्रतिष्ठामा आँच पुग्ने कार्य भयो । यीनीहरु लाई एन द्धारा नै तल्लो दर्जामा उभ्याइयो । २०२१ साल देखी यता कानुनतः छुवाछुतको अस्तित्व छेन , तर ब्यवहारमा भने अहिले पनि विद्यमान नै छ । सेनाको तल्लो जातको दलितहरु लाई पिपाभन्दा माथिको दर्जा नदिने , मन्दिरमा जान नदिने ,ब्यारेकमा पनि बस्न नदिने, छाप्रो हालेर राख्ने , मेसमा खान नदिने यस्ता कार्यहरु ले यहाँका आदिवासी , दलित पछाडी पारिएका हुन ।
आदिवासीहरुलाई ऐन कानुनहरु बाट मात्र खसाल्ने काम भएको छैन । सरकारी निर्णय र सवैधानिक निकायहरुबाट समेत थिचोमिचो पार्न कार्य विगत देखी वर्तमान सम्म चालु नै छ । त्यो चाहे १९५६मा डा.के.आई.सिंह बाट गरिएको होस् चाहे १९६१ मा सरकार द्धारा गरिएको शिक्षाको क्षेत्रमा गरिएको असमान कारण होस । त्यसै गरि चाहे त्यो २०५६ मा सर्वाेच्च अदालत बाट गरिएको निर्णय होस् सबैमा आदिवासि र दलितका प्रतिकुल निर्णयहरु भएका छन् ।

सन् १९५७ मा डा. के.आई. सिहंले सरकारीस्थरबाट एक निर्णय गराई तराई क्षेत्रमा (  जहाँ हिन्दी भाषा भाषीहरुको बाहुल्य छ ) हिन्दी भाषालाई शिक्षाको माध्यमको रुपबाट विस्थापित गर्ने कार्य गरेको थिए । नेपाली भाषालाई नै शिक्षाको माध्यम स्वीकार गराइएको थियो । त्यस बेला देखी अन्य स्थानिय भाषाहरु साधारण बोलचालको भाषामा मात्र सिमित हुने पुगे । सन् १९६७ मा आएर रेडियो नेपाल बाट नेवारी र हिन्दी भाषालाई प्रशारणमा रोक लगाइयो । त्यसै गरि २०५६मा काठमाडौ महानगरपालीकामा नेवारी भाषा तथा राजविराज नगरपालीका र धनुषा जिल्ला विकास समितीमा मैथीली भाषालाई सरकारी कामकाजको भाषा बनाउन गरेको निर्णय लाई सवोच्च अदालतले बदर गरिदियो । यस्तै एउटा निर्णय पञ्चायतमा भएको पाइन्छ । पाँचथर र ताप्लेजुङ जिल्लामा लिम्बुहरुले आफ्नो भाषा र लिपिमा कक्षाहरु पढाउन संचालन गरेका थिए । त्यति बेला सरकारले जातिय र क्षेत्रिय भाषामा पढाउने ब्यवस्था छैन भनी प्रतिबन्ध लगाउदै संचालक समिती , शिक्षक र विद्यार्थीहरु लाई समेत वारेन्ट जारी गरेको थियो । यी सबै निर्णयहरु अन्य भाषालाई दवाउन , कमजोर बनाउन गरिएका प्रयासहरु हुन । जब सरकार पक्षबाट नै आदिवासीको मौलिक अधिकार , भाषीक अधिकारबाट बञ्चित हुनु पर्दा यी जातिहरुले आफ्नो भाषा –लिपीको संरक्षण कसरी गर्लान ?
त्यसै गरि तराई मा रहेका सन्थाल जातीको हजारौ विगाहा जमिन खोसियो ,थुप्रै मानिसहरु लाई आफ्नो भुमिबाट लेखेटिने कार्य भएको छ । जति बेला तराइमा घना जंगल थियो त्यस जंगलमा औलोको प्रकोप भएर मानिसहरु बस्न सक्ने स्थिती नभएको बेलामा यहाँका आदिवासी सन्थाल जातीहरुले औलो संग लडेर , यहाँका जंगली जनावार संग लडेर मानव वस्ति बसाएको इतिहाँस साक्षि छ तर आज ति जातिहरु सग बस्न लाई सानो छाप्रो समेत पाउन गाह«ो छ । उनिहरुले आफुले फडानि गरेको जमिन अन्त तः साहु महाजन, हुनेखानेले सितैमा हडपेको उदाहरणहरु प्रसस्त मात्रामा भेटाउन सकिन्छ । उनिहरु अहिले आफ्नै मुलुकमा भुमिहिनको अवस्थामा रहेका छन् । एक जना विश्वप्रशिद्ध दार्शनिक “युरिपिडसले भनेको छन् –” आफ्नो जन्मभूमी गुमाउनु भन्दा ठुलो दुःख संसारमा केही छैन । हो जन्मभुमि गुमाउनु पर्दा को दुःखी नहोला आफ्नो जन्म भुमि गुमाएर अर्काको दासत्वमा बाँच्नु कोही पनि चाहदैन । बाध्यतावश मात्र बाँच्छ र जब सम्म बाँच्छ तब सम्म पीडा, उकुसमुकुस र आक्रोसमा बाँच्छ ।

मेरो एक जना भारतीय मित्र प्रिती किस्कुले संग एक दिन फेसबुकमा यहाँको सन्थालजातिको संचारमा कत्तिको पहुँच भनेर प्रश्न गरिन । म एक छिन नाजवाफ भए ! केही बेरमा अकमकिदै  अं...अलि अछि छ भन्ने जवाफ पठाँए । वास्तवमा अहिले हरेका देशमा त्यहाँका आदिवासीको लागी सरकारले विशेष प्रकारको आरक्ष राखेको हुन्छ । चाहे त्यो प्रशासनमा होस् या चाहे राजनितीमा होस् या फेरी शैक्षिक क्षेत्र एवम् रोजगारीमा होस् त्यहाँको आदिवासी हुनुले सरकारले पहिलो प्राथमिकता उनिहरु लाई दिइएको हुन्छ । भारतमा पनि त्यहाँको आदिवासीको लागी भिन्दै स्टेट नै छुट्याएको छ । अमिरिकामा पनि त्यहाँको आदिवासीलाई एउटा एरियामा सिफ्ट गरि उनिहरुको सम्पुर्ण हक अधिकारको सुनिश्चितता गरिएको छ । चिन लगायत विश्वका अन्य धेरै मुलुकमा आदिवासी र जमिन लाई पर्यावाचीको रुपमा लिइन्छ । तर हाम्रो मुलुकमा यो मात्र सदियौ देखिनै यहाँका आदिवासिको हक अधिकारलाई कुन्ठित गरी उनिहरुलाई अपाँङ्ग बनाइएको छ ।
सन्थाल जातिको संचारमा पहुँच त परको कुरा हो । एउटा जिवन जल किनेर खान नसकि ज्यान गएका उदाहरणहरु प्रशस्त भेट्न सकिन्छ । अहिलेको २१सौं सताब्दीमा आएर पनि सरकारको विभेदकारी  नितीकै कारण अझ कतियौ सताब्दी सम्म अध्यारोमा जीवन विताउनु पर्ने हो ठेगान छैन । अहिले सम्म एक जना सरकारी कर्मचारी उच्च पदमा रहेका छैनन् । अहिले सम्म एक जना डाक्टर , वकिल , इन्जिनियर छैनन् । यी जातीलाई पहिले देखीनै सरकार बाट भेदभाव गरिदै आएको हुनाले कुनै क्षेत्रमा पनि पहुँच स्थापित हुन नसकेको कुरा प्रष्ट छ ।

हिजो मात्रै वंगलादेशको प्रोफेर अल्बट सोरेन ले यहाँको सन्थालजातिको शैक्षिक अवस्थाको बारेमा जिज्ञासा राखे । उनले भने यहाँको शैक्षिक अवस्था कस्तो छ ? कति जनाले कुन–कुन विषयम मास्टर डिग्री गरे भनेर प्रश्न गर । त्यस पछि मैले यहाँको मास्टर डिग्री गर्नेको सख्या अहिले सम्म भेटाउन सकेको छैन भन्ने जवाफ दिए । त्यो जवाफ पाए पछि उनले त्यहाँको सरकारी शैक्षिक निती त्यति प्रभावकारी नभएको कारण तपाँइहरु पछि पर्नु भएको रहेछ मैले यहि बुझे भनेर कुरा गरे । वास्तवमा भन्ने हो भने संसार भरीमा करिब १३ करोडको हाराहारीमा सन्थाल जाति रहेका छन् । उनिहरुले आ–आफ्नो देश बाट हरेक क्षेत्रमा सहयोग पाएका रहेछन् । त्यसैले त उनीहरुको जीवनयापन सहज तरिकाले ब्यतित भएको पाइयो तर नेपालमा ढेड लाख जनसख्या भएको यी सन्थाल जाती अहिले पनि अहिले खाए भरैको छाक के ले टार्ने अवस्थामा रहेका छन् । यी जातीलाई पनि सरकारले अब ठोस निती ल्याएर उनीहरुको जीवनमा परिवर्तन ल्याउन सके मात्र समग्र देशको अवस्थामा परिवर्तन ल्याउन सकिने थियो कि ! 

लेडसेडिङ र यसको विकल्प


नेपाल जलश्रोतको क्षेत्रमा विश्वकै दोस्रो धनि देशको रुपमा चिनिए तापनि यहि देशमा साताको ७४ घण्टा सम्म लोडसेडिङ हुने गरेको छ भन्दा सायद विश्का अन्य मुलुकहरु लाई पत्यार नलाग्न सक्छ तर यो यर्थात हो । यहाँ विगत चार वर्ष देखि लोडसेडिङले नेपाली जीवन अस्तब्यस्त पारेको छ । यहाँ समयमा खाना पकाउन पाइदैन , आईरन लगाउन पाईदैन , रेडियो ,टेलिभीजन ,कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न पाइदैन । त्यति मात्र कहाँ हो र ? उद्योग कलकारखाना बन्द भएको छन् ,बेरोजगारी बढेका कारण चोरी ,डकैतीमा वृद्धि भएको छ । लोडसेडिङको मौकामा अवसरवादी फाईदा लुटेका छन् । भने पत्रपत्रिका प्रकाशन गर्न गाह्रो भएको छ । एफ.एम. स्टेशन बन्द गर्नु पर्ने अवस्था आएको छ । सम्पुर्ण नेपाली जनताले सुचना बाट बञ्चित हुनु पर्ने अवस्था आएको छ ।

नजिकिएको एस.एल.सि. परिक्षाको तयारीमा लागेका विद्यार्थीहरुले चाहेको बखत रेडियो वा टेलिभिजन बाट लिनु पर्ने परिक्षा सहयोगी कार्यक्रमहरु सुन्न वा हेर्न सकिरहेका छैनन् । पढ्ने वातावरण नै तहस– नहस भएको छ । कम्प्युटरको माध्यम बाट पढाई हुने कतिपय आई. टि. विद्यालयहरुले आफ्नो पढाई संचालन गर्न सकिरहेको अवस्था छैन । विद्यार्थी भनेका विकाशका सम्वाहक मात्र नभएर देशका मेरुदण्ड पनि हुन । यीनीहरुमा नै देशले निर्भर हुनु परेको छ तर बिजुली नभएका कारण पढ्न नपाएर परिक्षा विग्रीएको उदाहरण धेरैको छ । हालै मात्र ११ को परिक्षामा ६० प्रतिशत विद्यार्थी अनुर्तिण भएका छन् । यसमा अन्य कमजोरी भएता पनि बिजुली नभएका कारण पढ्न नसकेर फेल हुनेको संख्या निकै रहेको मान्न सकिन्छ ।

जलविद्युतको धनि देशको हालत हेर्दा सबैले आश्चर्य मान्दै यसो भन्ने गरेका छन् “हैन यो लोडसेडिङको अन्त्य गर्ने कुनै उपाय नै छैन ?” यस लोडसेडिङको अन्त्यका लागी नयाँ नयाँ उपायहरु अपनाउन सकिए यो लोडसेडिङको मार बाट नेपाली जनताले चाडै नै मुक्ति पाउन सक्थे । तर त्यस तर्फ नेपालको राजनितिक दल तथा ति दल बाट बनेका सरकार र तिनका मन्त्रि तथा प्रधानमन्त्रिलाई यस कुराको के चाँसो र ! तिनका घरमा कहिल्यै लोडसेडिङ भएर अध्यारोमा बस्नु गरेको छैन । ठुला –ठुला जेनेरेटर बालेर चारै तिर झिलिमिली भएकै छ । अनि नेपाली गरिब जनता ले जतिसुकै घण्टाको लोडसेडिङ भए पनि बाध्य भएर सहनु परेकै छ ।

अहिले सम्म यस क्षेत्रमा अधिकाँस ब्यक्ति वा संस्थाहरु छोटो समयमा प्रतिफल भएको देख्न चाहन्छन् । लोडसेडिङको मार करिब अझै पाँच बर्ष सम्म हुने कुरा प्राविधिकारणले गरे पछि विजुली निकाल्ने र वितवरण गर्ने जिम्मेवारी लिएका संस्थाले यसको विकल्पको बारेमा खै सोचेको ? कहाँ बाट कसरी बिजुली आपुर्ति गर्न सकिन्छ वा अन्य कुनै विकल्पको बारेमा सोच्नु पर्ने होइन र ? । तर जहिले पनि नदिको पानी सुक्यो विजुली आपुर्ति बन्द हुन्छ , हिमनदी पग्लेन विजुली बन्द । पानीको आपुर्ति वा बहाव मात्र भर परेर विद्युत गृह संचालन हुनु दुःख पुर्ण कुरा हो ।
गतवर्ष २मेगावाट बिजुली थपियो । यस वर्ष १६ मेगावाट थपिने अनुमान छ । तर हाम्रो माग पुरा गर्न वर्षको ८० मेगावाट बिजुली चाहिन्छ । अर्थात कम्तीमा ५ वर्ष लोडसेडिङ कायमै रहन्छ । हरेक वर्ष विद्युत खपत गर्ने मानिसहरुको सख्यामा दिन प्रतिदिन वृद्धि भएको छ । पहिले रेडियो मात्रै हुने घरमा अहिले टि.भि.,कम्प्युटर ,मोवाइल तथा हिटर हुन थालेको छन् । पहिलेको दाँजोमा अहिले अत्याधुनिक साधनहरु प्रयोग हुन थालेका छन् जुन विद्युतमा नै निर्भर रहेका छन् ।
त्यसैले अब सर्वसाधरणले बत्ती नभएपछि त्यसको विकल्पका रुपमा आफैले जेनेरेटर , इन्भर्टर सोलार आदि उर्जाका स्रोतहरु प्रयोग गरिरहेका छन् । यसरी घर ,कार्यालयबाट उत्पादन हुने बिजुली करिब २ मेगावाट बराबर रहेको अनुमान गरिएको छ । यस बाट करिब १५ अर्ब रुपैया विदेशिने गरेको छ । इन्भर्टरको प्रयोगले थप बिजुली खपत भएकोले त्यसको आयातमा प्रतिबन्ध लगाइएको छ । यूपीइसको नाममा इन्भर्टर आइरहेकै छ ।

लोडसेडिङलाई कम गर्न सकिने पहिलो विकल्प सोलार उर्जा हुन सक्छ । नेपालमा घामको कुनै समस्या छैन । तर सोलारलाई सर्वसाधरण सम्म पु¥याउने नीतिको अभाव छ । पहिलो जडान खर्च बढी छ । हो जलविद्युतबाट आएको उर्जाजति यो शक्तिशली नहोला तर अध्याँरो भन्दा त उत्तम छ नि ।

यसको जडान खर्च बढी भयो भनेर केहि बैंकहरुले सोलार जडानका लागी ऋण दिने योजना पनि ल्याएका छन् । तर तोकिएकै कम्पनीमार्फत किन्नुपर्ने र गाँउमा काम गरेको अनुभव आवश्यक भएपछि प्रभाकारी कार्यान्वयन हुनसकिरहेको छैन । मापदण्ड पु¥याउनुपर्छ , तर धेरै झन्झटिला प्रावधानहरु हुनु हुदैन त्यस्ता जटिल प्रावधानहरु हटाइदिनु पर्दछ । शुरुमा सोलारको ऋण दिन थालेको क्लिन इनर्जी बैंकको अनुभव अनुसार घर–घरमा यसको पहँुच पुग्न नसक्नुका कारण यसको प्रचार–प्रसार र सजिलै प्रयोग गर्नसक्ने वतावरण नेपाल सरकारले नबनाउनु नै हो ।
दोस्रो थर्मल प्लान्ट हो । एकैचोटी ठुलो प्लान्ट नभई स–साना प्लान्ट ल्याउन सकिन्छ । जसलाई विद्युत प्राविधिकरणले एक अर्कासँग जोडेर उर्जा उत्पादन गर्न सक्छ । ६ मेगावाट क्ष्मताका यस्तो थर्मल प्लान्ट विश्व बजारमा उपलब्ध छन यस बारे पहिले नै प्रविधिकरणले अध्यन पनि गरेको थियो । तर यसमा विरोध भयो । कमिसनको खेल भन्दै यसको विरोध भयो । त्यस बेला माओवादीको सरकार थियो, काँग्रेसले विरोध ग¥यो । अहिले काँग्रेस नै यसको पक्षमा उभिएको छ । माओवादी लोडसेडिङ कम गर्ने उपाय बारे केहि बोलेको छैन । यहाँनेर आफुले कमिशन पाउने भए ठिक नभए बेठिक भन्ने राजनितिक दलहरुको स्वार्थ हो कि भन्न सकिन्छ ।

तेस्रो विकल्प भनेको हाइड्रो पाउर संचालन गर्ने भनेर लाइसन्स लिएर बसेका तर संचालन नगरेका र्फम वा संस्था लाई हाईड्रोपाउर संचालन गर्न लगाउने वा तिनका लाइसन्स खारेज गरी जसले संचालन गर्न सक्छ तिनलाई लाइसन्स उपलब्ध गराई काम संचालन गर्न लगाउने होइन भने झोलामा खोला बोकेर मात्र लोडसेडिङ कम हुदैन झन बढ्दै जान्छ ।
यी तीन विकल्पमा काम हुन सक्दैन भने कम्तिमा आयोजना निर्वाध रुपमा सञ्चालन हुन सक्ने वातावरण बनाइदिनु पर्दछ । प्राधिकरणका केहि कर्मचारीहरु बीस वर्ष सम्म लोडसेडिङ नहट्ने पनि बताइरहेको छन् । बनिरहेका आयोजना निर्वाध रुपमा सञ्चालन हुन नसकेकाले यस्तो धारणाहरु आईरहेको हो । त्यसलाई गम्भीरतापुर्वाक लिइनु पर्दछ ।
अबको दुई वर्षमा दैनिक लोडसेडिङ २० घन्टासम्म पुग्दैछ । जनतालाई यो अस्तब्यस्त दैनिकीमा धेरै समय राख्नु हुदैन । यसरी लोडसेडिङ हुने भए उद्योग अर्थ ,उर्जा मन्त्रालय लगायत विद्युत प्रविधिकरणले एउटा दरो निर्णय नगरी हुदैन । एक पटक यी सबै विकल्पमा आँट गरिहेरौ । दरिलो निगरानीको संयन्त्र बनाऔं । सुधारको अवस्था अझै मरिसकेको छैन । इमान्दारीपूर्वक काम थाल्यौ भने उज्यालो निभिसकेको छैन । यसैगरी बस्यौं भने भन्न सकिन्न ।



Wednesday, 11 May 2011

लेडसेडिङ र यसको विकल्प


नेपाल जलश्रोतको क्षेत्रमा विश्वकै दोस्रो धनि देशको रुपमा चिनिए तापनि यहि देशमा साताको ७४ घण्टा सम्म लोडसेडिङ हुने गरेको छ भन्दा सायद विश्का अन्य मुलुकहरु लाई पत्यार नलाग्न सक्छ तर यो यर्थात हो । यहाँ विगत चार वर्ष देखि लोडसेडिङले नेपाली जीवन अस्तब्यस्त पारेको छ । यहाँ समयमा खाना पकाउन पाइदैन , आईरन लगाउन पाईदैन , रेडियो ,टेलिभीजन ,कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न पाइदैन । त्यति मात्र कहाँ हो र ? उद्योग कलकारखाना बन्द भएको छन् ,बेरोजगारी बढेका कारण चोरी ,डकैतीमा वृद्धि भएको छ । लोडसेडिङको मौकामा अवसरवादी फाईदा लुटेका छन् । भने पत्रपत्रिका प्रकाशन गर्न गाह्रो भएको छ । एफ.एम. स्टेशन बन्द गर्नु पर्ने अवस्था आएको छ । सम्पुर्ण नेपाली जनताले सुचना बाट बञ्चित हुनु पर्ने अवस्था आएको छ ।

नजिकिएको एस.एल.सि. परिक्षाको तयारीमा लागेका विद्यार्थीहरुले चाहेको बखत रेडियो वा टेलिभिजन बाट लिनु पर्ने परिक्षा सहयोगी कार्यक्रमहरु सुन्न वा हेर्न सकिरहेका छैनन् । पढ्ने वातावरण नै तहस– नहस भएको छ । कम्प्युटरको माध्यम बाट पढाई हुने कतिपय आई. टि. विद्यालयहरुले आफ्नो पढाई संचालन गर्न सकिरहेको अवस्था छैन । विद्यार्थी भनेका विकाशका सम्वाहक मात्र नभएर देशका मेरुदण्ड पनि हुन । यीनीहरुमा नै देशले निर्भर हुनु परेको छ तर बिजुली नभएका कारण पढ्न नपाएर परिक्षा विग्रीएको उदाहरण धेरैको छ । हालै मात्र ११ को परिक्षामा ६० प्रतिशत विद्यार्थी अनुर्तिण भएका छन् । यसमा अन्य कमजोरी भएता पनि बिजुली नभएका कारण पढ्न नसकेर फेल हुनेको संख्या निकै रहेको मान्न सकिन्छ ।

जलविद्युतको धनि देशको हालत हेर्दा सबैले आश्चर्य मान्दै यसो भन्ने गरेका छन् “हैन यो लोडसेडिङको अन्त्य गर्ने कुनै उपाय नै छैन ?” यस लोडसेडिङको अन्त्यका लागी नयाँ नयाँ उपायहरु अपनाउन सकिए यो लोडसेडिङको मार बाट नेपाली जनताले चाडै नै मुक्ति पाउन सक्थे । तर त्यस तर्फ नेपालको राजनितिक दल तथा ति दल बाट बनेका सरकार र तिनका मन्त्रि तथा प्रधानमन्त्रिलाई यस कुराको के चाँसो र ! तिनका घरमा कहिल्यै लोडसेडिङ भएर अध्यारोमा बस्नु गरेको छैन । ठुला –ठुला जेनेरेटर बालेर चारै तिर झिलिमिली भएकै छ । अनि नेपाली गरिब जनता ले जतिसुकै घण्टाको लोडसेडिङ भए पनि बाध्य भएर सहनु परेकै छ ।
अहिले सम्म यस क्षेत्रमा अधिकाँस ब्यक्ति वा संस्थाहरु छोटो समयमा प्रतिफल भएको देख्न चाहन्छन् । लोडसेडिङको मार करिब अझै पाँच बर्ष सम्म हुने कुरा प्राविधिकारणले गरे पछि विजुली निकाल्ने र वितवरण गर्ने जिम्मेवारी लिएका संस्थाले यसको विकल्पको बारेमा खै सोचेको ? कहाँ बाट कसरी बिजुली आपुर्ति गर्न सकिन्छ वा अन्य कुनै विकल्पको बारेमा सोच्नु पर्ने होइन र ? । तर जहिले पनि नदिको पानी सुक्यो विजुली आपुर्ति बन्द हुन्छ , हिमनदी पग्लेन विजुली बन्द । पानीको आपुर्ति वा बहाव मात्र भर परेर विद्युत गृह संचालन हुनु दुःख पुर्ण कुरा हो ।
गतवर्ष २मेगावाट बिजुली थपियो । यस वर्ष १६ मेगावाट थपिने अनुमान छ । तर हाम्रो माग पुरा गर्न वर्षको ८० मेगावाट बिजुली चाहिन्छ । अर्थात कम्तीमा ५ वर्ष लोडसेडिङ कायमै रहन्छ । हरेक वर्ष विद्युत खपत गर्ने मानिसहरुको सख्यामा दिन प्रतिदिन वृद्धि भएको छ । पहिले रेडियो मात्रै हुने घरमा अहिले टि.भि.,कम्प्युटर ,मोवाइल तथा हिटर हुन थालेको छन् । पहिलेको दाँजोमा अहिले अत्याधुनिक साधनहरु प्रयोग हुन थालेका छन् जुन विद्युतमा नै निर्भर रहेका छन् ।
त्यसैले अब सर्वसाधरणले बत्ती नभएपछि त्यसको विकल्पका रुपमा आफैले जेनेरेटर , इन्भर्टर सोलार आदि उर्जाका स्रोतहरु प्रयोग गरिरहेका छन् । यसरी घर ,कार्यालयबाट उत्पादन हुने बिजुली करिब २ मेगावाट बराबर रहेको अनुमान गरिएको छ । यस बाट करिब १५ अर्ब रुपैया विदेशिने गरेको छ । इन्भर्टरको प्रयोगले थप बिजुली खपत भएकोले त्यसको आयातमा प्रतिबन्ध लगाइएको छ । यूपीइसको नाममा इन्भर्टर आइरहेकै छ ।

लोडसेडिङलाई कम गर्न सकिने पहिलो विकल्प सोलार उर्जा हुन सक्छ । नेपालमा घामको कुनै समस्या छैन । तर सोलारलाई सर्वसाधरण सम्म पु¥याउने नीतिको अभाव छ । पहिलो जडान खर्च बढी छ । हो जलविद्युतबाट आएको उर्जाजति यो शक्तिशली नहोला तर अध्याँरो भन्दा त उत्तम छ नि ।
यसको जडान खर्च बढी भयो भनेर केहि बैंकहरुले सोलार जडानका लागी ऋण दिने योजना पनि ल्याएका छन् । तर तोकिएकै कम्पनीमार्फत किन्नुपर्ने र गाँउमा काम गरेको अनुभव आवश्यक भएपछि प्रभाकारी कार्यान्वयन हुनसकिरहेको छैन । मापदण्ड पु¥याउनुपर्छ , तर धेरै झन्झटिला प्रावधानहरु हुनु हुदैन त्यस्ता जटिल प्रावधानहरु हटाइदिनु पर्दछ । शुरुमा सोलारको ऋण दिन थालेको क्लिन इनर्जी बैंकको अनुभव अनुसार घर–घरमा यसको पहँुच पुग्न नसक्नुका कारण यसको प्रचार–प्रसार र सजिलै प्रयोग गर्नसक्ने वतावरण नेपाल सरकारले नबनाउनु नै हो ।
दोस्रो थर्मल प्लान्ट हो । एकैचोटी ठुलो प्लान्ट नभई स–साना प्लान्ट ल्याउन सकिन्छ । जसलाई विद्युत प्राविधिकरणले एक अर्कासँग जोडेर उर्जा उत्पादन गर्न सक्छ । ६ मेगावाट क्ष्मताका यस्तो थर्मल प्लान्ट विश्व बजारमा उपलब्ध छन यस बारे पहिले नै प्रविधिकरणले अध्यन पनि गरेको थियो । तर यसमा विरोध भयो । कमिसनको खेल भन्दै यसको विरोध भयो । त्यस बेला माओवादीको सरकार थियो, काँग्रेसले विरोध ग¥यो । अहिले काँग्रेस नै यसको पक्षमा उभिएको छ । माओवादी लोडसेडिङ कम गर्ने उपाय बारे केहि बोलेको छैन । यहाँनेर आफुले कमिशन पाउने भए ठिक नभए बेठिक भन्ने राजनितिक दलहरुको स्वार्थ हो कि भन्न सकिन्छ ।

तेस्रो विकल्प भनेको हाइड्रो पाउर संचालन गर्ने भनेर लाइसन्स लिएर बसेका तर संचालन नगरेका र्फम वा संस्था लाई हाईड्रोपाउर संचालन गर्न लगाउने वा तिनका लाइसन्स खारेज गरी जसले संचालन गर्न सक्छ तिनलाई लाइसन्स उपलब्ध गराई काम संचालन गर्न लगाउने होइन भने झोलामा खोला बोकेर मात्र लोडसेडिङ कम हुदैन झन बढ्दै जान्छ ।
यी तीन विकल्पमा काम हुन सक्दैन भने कम्तिमा आयोजना निर्वाध रुपमा सञ्चालन हुन सक्ने वातावरण बनाइदिनु पर्दछ । प्राधिकरणका केहि कर्मचारीहरु बीस वर्ष सम्म लोडसेडिङ नहट्ने पनि बताइरहेको छन् । बनिरहेका आयोजना निर्वाध रुपमा सञ्चालन हुन नसकेकाले यस्तो धारणाहरु आईरहेको हो । त्यसलाई गम्भीरतापुर्वाक लिइनु पर्दछ ।
अबको दुई वर्षमा दैनिक लोडसेडिङ २० घन्टासम्म पुग्दैछ । जनतालाई यो अस्तब्यस्त दैनिकीमा धेरै समय राख्नु हुदैन । यसरी लोडसेडिङ हुने भए उद्योग अर्थ ,उर्जा मन्त्रालय लगायत विद्युत प्रविधिकरणले एउटा दरो निर्णय नगरी हुदैन । एक पटक यी सबै विकल्पमा आँट गरिहेरौ । दरिलो निगरानीको संयन्त्र बनाऔं । सुधारको अवस्था अझै मरिसकेको छैन । इमान्दारीपूर्वक काम थाल्यौ भने उज्यालो निभिसकेको छैन । यसैगरी बस्यौं भने भन्न सकिन्न ।



दशै चाड र सन्थाल नृत्य

नेपाल भनेको बुह जातिय, बहु भाषीक , बहु साँस्कृतीक मुलुक हो । यस देशमा आ आफ्नै मौलिक भेष भुषा भाषा र कला साहित्यहरु रहेका छन् । तिनका आफ्नै रितीरिवाजमा, धर्म सस्कृतीहरु र चाडपर्वहरु मनाउन पाउनुले नै नेपाल एक धर्मनिरपेक्ष राष्ट्रको रुपमा चिनिनु हो । हिमाली भेगमा बस्ने शेर्पा जाती हुन या समथर तराईमा बस्ने थारु जाति सबैको साँस्कृतीकको उत्तिकै महत्व रहन्छ । अनेकतामा एकता भएको यस देशमा विभित जात जातिहरको एउटा साझा थलोको रुपमा रहेको छ नेपाल । यहाँ सदियौ देखिका आदिवासी तथा जनजातिको आश्रय स्थल बनेको मुलुकमा हरेका जातिका मौलिक साँस्कृतिक मौलाएका छन् । त्यसैले त यो देश लाई चार वर्ण छत्तिस जातको फुलवारी भनिने गरिन्छ । हरेक जातको मौलीक सस्कृती लाई उत्तिकै सम्मान गरिनु नै देशको मौलिक पहिचान विश्व सामु फैलाउनु हो । यहाँका हरेक चाड पर्वहरुमा एक आसमा सामाजिक सत्भाव झल्कने गरेको देख्न पाइन्छ । चाहे त्यो सन्थाल जातिको “दसाँई” नाच होस या चाहे त्यो गुरुङ्ग जातिको “धान” नाचनै किन नहोस् । हरेक जातीहरुमा चाड पर्वको सहिष्णुता एवम् सत्भाव साटासाट हुने गरेको छ ।

भरखरै हामी नेपालीहरुको महान चाड दशै लाई सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुले विदाई गरेका छौ । यो चाड कुनै जाति विशेष नभई नेपालमा र विदेशमा बसोबास गर्ने सबै नेपालीहरुको राष्ट्रिय चाडको रुपमा मनाउदै आईरहेको कुरा सबैलाई थाहा नै भएको हो । यो चाड राम्रो संग मनाउने उदेश्यले नेपाल सरकारले प्रत्येक वर्ष दशैको लागी भनेर पर्व विदा नै छुट्याएको छ । यो दशै सम्पुर्ण जात जातिहरुले आ आफ्नै तरिकाले मनाउने गरेको पाईन्छ । कुनै जातिले दशैमा टिका लगाएर मनाउने गर्दछन् भने कुनै जातिले टिका नलगाई पनि दशै मान्ने चलन रहेको छ । कुनै जातिले रातो अक्षेता मुछेर लगाउने तथा कुनै सादा अक्षेता मुछेर लगाई आफु भन्दा ठुला बढाको आशिर्वात लिने चलन चल्दै आएको छ । कसैले जमरा कान सिउरिन्छन् भने कसैले शिरमा लगाउछन् । यो चाड विभिन्न जाति जातिले आफ्नै शैलीमा मनाएता पनि यसको सार चहि एउटै रहेको पाईन्छ । त्यो हो आफु भन्दा ठुला बढाले शुख सम्वृद्धी , शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना सहित आशिष दिई यास चाड मनाउने गरेको पाईन्छ ।

नेपालको सबै क्षेत्रमा यो चाड को महत्व आ आफ्नै तरिकाको हुन्छ । त्यसमा पनि पुर्वी तराईको झापा र मोरङ्ग जिल्लामा यो चाडको भिन्नै रौनक देख्न सकिन्छ । झापा र मोरङ्ग जिल्लाको विभिन्न ठाँउहरुमा मेला लाग्ने गर्दछ । दशैको टिका लागाई सकेपछि मेला गएर रमाईलो गर्ने मानिसहरुको भिड मेलामा देख्न सकिन्छ । त्यसमा पनि रहेक मेलामा सन्थाल जातिको मौलिक नृत्य दाँसाई ( दिवी ) नाचले मानिसहरुको मनोरञ्नलाई अझ रोचक बनाई दिएको हुन्छ । सन्थाल जाति भनेको नेपालको आदिवासी जातिहरु हुन । यिनीहरुको संख्या नेपालमा करिब एक लाख पचास हजारको हारा हारीमा रहेको नेपाल सन्थाल आदिवासी उत्थान संघको भनाई छ । यी जातिहरु पुर्वी नेपालको झापा , मोरङ्ग र सुनसरी जिल्लामा मात्र भेट्न सकिन्छ । नेपाल सरकारले यी जातिहरु लाई अति सिमान्तकृत जातिको सुचिमा राखेको छ । यो जातिको आफ्नै भेष –भुषा ,कला –सस्कृती एवम् भाषा– लिपी रहेको छ । यो जातिको लिपी लाई “अलचिकी लिपी” भनिन्छ । यस लिपीलाई अहिले संसारको भाषाहरुको वेशको रुपमा पनि परिभाषीत गरिन थालिएको छ । यो जातिको चाड पर्वमा आफ्नै किसिमको कला सस्कृतीहरको प्रदर्शन गरिने गरिन्छ । हरेका पर्वको बाजाको ताल, गित र नाच फरक फरक हुने गर्दछ । यो जातिको सबै भन्दा ठुलो चाड सोरहाय भएता पनि दशै चाडमा उनिहरुको रौनक बेग्लै हुन्छ । सन्थाल नाच नभएको कुनौ मेला हुदैन सबै मेलामा मेला कमिटीले सन्थाल नाच लाई अनिवार्य उपस्थित गराएको हुन्छ । यी जातिहरुको दशैको बेलामा नाच्दा लगाउने लुगा तथा गहना छुट्टै किसिमको हुन्छ । सन्थाल जातिको नाच्दा लगाउने लुगामा ऐना जडित रहेको हुन्छ भने, हातको नाडी र खुट्टामा फलामको बज्ने घन्टि “झुन्को” लगाई नाच्ने गर्दछन् । त्यसै गरि शिरमा मयुरको प्वाख लगाएका हुन्छन् भने उनिहरुको मुखमा सिटी फुक्दै नाचिरहेका हुन्छन् । हेर्ने दर्शकले मात्र पनि आफु पनि त्यही सहभागी भएर नाचीरहेको महशुस गर्न सकिन्छ । कुनै दर्शकले त मन थाम्न नसकेर त्यहि समुहमा गई नाच्ने गरेका पनि प्रशस्त देख्न पाईन्छ । कुनै कुनै कमिटीले सन्थाल नृत्य प्रतियोगीताको आयोजना समेत गरेको हुन्छन् । मेला कमिटीको आयोजक भने सन्थाल जाति नभई अन्य जातिले गर्ने गरेको पाईन्छ । यसरी सन्थाल जातिको आफ्नो मौलिक सस्कृतीलाई जोगाउन अन्य जाति सघाउ पुराउने तथा अन्य जातिलाई मनोरञ्जन दिन सन्थाल जातिले आफ्नो कला देखाएर सघाउने भएकोले पनि यो देशकै नमुना नाचको रुपमा पनि हेर्ने गरिएको पाइन्छ । अहिले सम्म अन्य कुनै पनि जातिले दशैमा यसरी समुह बनाएर नाचेको पाईदैन । तर सन्थाल जतिले दशैलाई रोमाईलो बनाउन प्रत्येक वर्ष यस्तो नाच देखाउने गरेको पाईन्छ । यसरी यो नाचले सन्थाल जाति लाई मात्र नभएर सम्पुर्ण जातिहरुलाई एक अर्काको चाड पर्वमा आफ्नो मौलिक साँस्कृतीक लाई आदान प्रदान गर्ने तथा कला साहित्य लाई उच्च सम्मान गर्ने उदाहरणीय काम गर्दै आएको पाईन्छ ।

सन्थाल नाचले सन्थाल जातिको जातिय पहिचान जोगाउने तथा आफ्नो कला साँस्कृतीकलाई समाजमा भिन्दै स्थान ओगटन सफल भएको पाईन्छ । यस जातिले विशेष गरि मोरङ्गको रंगेली , रामचौक , दोमना , आमतोला , लक्ष्मिपुर , कर्सिया ,खोरकाटा, विसनपुर र लक्ष्मुनिया लगायतका स्थानहरुमा आफ्नो कला प्रर्दशन गर्ने गरेको छ भने त्यस्तै झापाको गरामुनी ,शैनिकमोड, गौरिगञ्ज , टाघनडुब्बा, फुलवारी ,महाभारा , लालपानी , शरणामती , झापा बजार ,लखनपुर लागायतका विभिन्न स्थानहरुमा आफ्नो मौलीक साँस्कृतीक नृत्यहरु प्रस्तुत गरि स्वच्छ मनोरञ्जन तथा जातियताको पहिचान , एवम् साहित्य र कलाको रक्षा गर्ने गरेको पईन्छ ।
कुनै पनि देशको भाषा साँस्कृतीक भनेको त्यस देशको पहिचान हो,अमुल्य सम्पतिहरु हो । विभिन्न भाषा र सस्कृती विनाको देश मरेतुल्य हुन्छ । यसर्थ हरेका भाषा र सस्कृतीको सम्मान गर्नु राज्यको दाहित्य हो । यस सन्थाल जातिको नाच लाई पनि सरकारले आफ्नो अमुल्य सम्पति सम्झि यसको जोर्गाना गर्नु आवश्कय छ ।

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls