Wednesday 11 May 2011

सत्भावको पर्व छैठ


यस पालीको छैठ पर्व पनि हामिले खुशिका साथ विदाई गरेका छौ । यो पर्वको अर्का नाम सत्भावको पर्व पनि भन्ने गरेको पाइन्छ । यो पर्व पहिले खासमा तराई मुलमा बसोवास गर्ने यादव, थारु ,राजवंशी लगायतका अन्य तराईमा बसोवास गर्ने तराई मुलका समुदायले मात्र मान्ने गरेको यो चाड तर केहि वर्ष यता सम्पुर्ण नेपालहरुको लोक प्रिय चाडको रुपमा मनाउन थालिएको छ । यो पर्व तराईका विभिन्न जिल्लमा त मनाइन्छ नै तर काठमाण्डौ उपत्यकामा पनि भब्यताका साथ मनाउन थालिएको छ । यो चाड कुनै जाति विशेष नभै के तराई ,के पहाड, के मधेष कोही छैन पराईको सन्देश बोकेर सबै जातिहरुको सत्भावको पर्वको रुपमा मान्ने गरिदै आईएको छ ।

यो पर्व विषेश गरि हिन्दु संस्कार अनुशार आफ्नो सन्तानलाई रोग ब्याधले नछोपोस् भनि सुर्य भगवान लाई प्रार्थना गरि परिवारको शुख लाभको कामना सहित उदाउदो र अस्ताउदो सुर्यको पुजा आरधना गरिन्छ । यो पर्व ज्यादै रोचक एवम् कठिन शाधनाको पर्व पनि मानिन्छ । रोचक यस मानेमा मानिन्छ वर्षको एक पटक सबै मानिसहरु खोला,ताल ,पोखरी या नदिमा गई स्नान गर्छन् । त्यस दिन कुनै पनि जलासाय नयाँ बेहुली झै सिंगारीएको हुन्छ । त्यस दिन यस्तो लाग्छ यो त्याहि खोला होइन जहाँ दैनिक जसो सयौ टन सहर बजारका फोहर फाल्ने गरिन्थयो । जता त्यतै सफा सुगर ,झिलिमिली केराको खम्बा गाडेर पुजा गर्ने मण्डप बनाईएको हुन्छ । कसै कसैले त महंगो टेन्ट लगाएर रातभरि जाग्राम बस्ने ब्यवस्था पनि गरिएको हुन्छ । कठोर साधना यस मानेमा हुन्छ यस पर्वको पुजा जुन घरमा गरिन्छ त्यस घरमा हप्ता दिन अधिबाट मासाँहारी खाना खान मनाई हुन्छ । छैठ शुरु हुन भन्दा अगाडि देखि नै घर लाई सधै लिप पोत गर्ने गरिन्छ । गाँउ घरमा त गाईको गोबरले चिप्ने चलन पनि रहेको छ । पुजा गर्ने हरेक ब्यक्तिको घरमा ठेकुवा ,खजुरी ,नरिवल ,केरा ,उखु आदि प्रसादी रहेको हुन्छ । अरु दिनको प्रसादी खाए नखाएको त्यति वास्ता हुदैन तर छैठको प्रसादी अरु संग मागेर भए पनि खानु पर्दछ भन्ने चलन पनि नेपाली समाजमा रहिआएको छ । त्यस कारण पनि यस पुजाको प्रसादको छुटै परिचय रहेको छ । जुन ब्यक्तिले भाकल गरेको हुन्छ अथवा वर्त बसेको हुन्छ उसले त तिन दिन अघि देखी पानि समेत नखाई वर्त बस्ने चलन रहेको हून्छ । त्यति मात्र नभएर कुनै मानिसले आफ्नो भाकल पुरा गरे पछि आफुले आफु बसेको ठाँउ बाट घाट सम्म लम्पसार परेर सुर्य नमस्कार गर्दै घाट तिर जाने गर्दछन् । यो भक्ति अरु पर्वहरु भन्दा छैठ पर्वमा ज्यादै कठोर पुर्ण हुन्छ । कसै कसैले त तिन दिन सम्म थुक समेत ननिलीकन वर्त बस्ने गरेका छन् । यस्तो कठोर वर्तका कारण कोहि मानिस बेहोस हुने गरेको पनि पाईएको छ । त्यसकारण यसलाई कठोर साधनाको पर्व भनेर चिन्न सकिन्छ ।

यो पर्वले एक हिसाबले हेर्दा सामाजिक सत्भाव बढाउने काम समेत गरेको पाईन्छ । किन भने यो पर्व हुदा घरका सबै परिवार नदि घाटमा देख्न सकिन्छ त्यो पनि के बालक , के बृद्धा सबै उमेरका मानिसहरु एउटै थलोमा आएर रमाएको देखिन्छ । अरु कार्यक्रममा जातियताको कुरा गर्ने मानिसहरु एउटै घाटमा सगै एउटै पर्व मनाई रहदा लाग्छ नेपालमा बस्ने सबै नेपाली दाजुभाईहरु एउटै भुमिका भुमीपुत्रहरु हुन, एउटै जात हुन , एउटै रङ्ग हुन , एउटै नाउले चिनिन्छन् नेपाली भन्दा अरु नामले चिन्दैनन् । यसरी विभिन्न समुदायले मनाउने भएको हुनाले नेपाल सरकारले पर्व विदाको रुपमा विदाको ब्यवस्था मिलाएको हुन्छ ।

साँच्चै भन्ने हो भने हामी नेपालीहरुले चौसठ्ठी कोटी भगवान वा देवी देवता पुज्ने गरेका छौ त्यस मध्ये कुनै पनि देवता या भगवान लाई हामिले साक्षात रुपमा प्रकट भएको पाएका छैनौ होला तर यस छैट पर्वमा हामिले साक्षात रुपमा सुर्य देवता लाई देख्ने गरेका छौ । सुर्य भगवानको न्यानो शक्तिको महशुस गर्ने गरेका छौ । अरु वेला पनि सुर्य भगवानलाई देखेता पनि छैठ पर्वमा यस भगवानको निकै महत्व रहेको हुन्छ । किन भने त्यस दिनको अस्ताउदो सुर्य र भोलि पल्टको उदाउदो सुर्यको प्रतिक्षामा मानिसहरुको रहेकाले गर्दा पनि त्यस बखत सुर्यको निकै महत्व रहेको हून्छ ।

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls