Wednesday 1 June 2011

सांसद विकास कोषको रकम रहि ठाँउमा लगाउ ।

संविधानसभा निर्वाचनमा सुनसरी जिल्ला बाट निर्वाचित भएका सभासद् र समानुपातिक तर्फ मनोनित भएका सभासद्हरुलाई नेपाल सरसकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत दिदै आएको सांसद विकास कोषको रकम अन्य कार्यहरुमै खर्च गरेको पाइएके छ । यसरी एउटा शिर्षकमा आएको रकम सभासदले अर्का शिर्षकमा खर्च गर्दा राज्यको सम्पतिको दुरुपयोग भयौ नै जनताको आशामा पनि तुसारापात भएको छ । जुन क्षेत्रको लागी जुन समुदायको कामको लागी ल्याएको हो सोही क्षेत्रमा सांसद कोषको रकम खर्च गर्नु जरुरी हुन्छ ।
 स्थानिय मान्त्रायल अन्तर्गत आउने सो रकम प्रत्येक जिल्लाका सभासद्ले आफ्नो स्थानिय निर्वाचन क्षेत्रको विकासका लागी दश लाख पाउने गरेका छन् । यसरी मन्त्रालयबाट एकथरि कामका लागी आएको रकमको सहि रुपमा सदुपयोग गरिएन भने अर्काे पटक पाउने आधर नै गुम्न जान्छ । यसले सबै सभासद्को छविमा धुमिल्याउने काम गरेको छ । त्यसैगरि जिल्ला विकास समितीले पनि आफ्नो मार्फत दिएको रकम सहि रुपमा सदुपयोग गरे नगरेको अनुगमन गर्नु पर्दछ । प्रस्तावना अनुसारको काम नभए कसरी कारर्वाहि गर्न सकिन्छ सोही अनुरुप कारर्वाहि प्रकृया अगाडि बढाउन पर्दछ सरकारको सो रकमको दुरुपयोग गरि सुनसरीका राजनितिक दलका सभासद्ले आफ्नो पार्टीको कार्यकर्ता पाल्ने योजनामा मात्र सिमित रहेको देखिन्छ । यसले सम्पुर्ण पार्टीको सभासद्को गलत चित्रण गरेको छ । आम जनताको विस्वास नै सभासद्ले गुमाइ रहेको देखिन्छ । यो अवस्थाले गलत नजिरको स्थापना गर्दै जान्छ । यसले भोलीका दिनमा राज्यको हरेक संयन्त्रलाई राजनितिक दलले विस्तारै कमजोर बनाउने र सबै सरकारी काम काजमा राजनितिकरण हावी हुने खतरा बढन सक्छ ।   संविधन बनाउने भनेर जनातले चुनेर पठाएका सभासद्ले समयमा सविंधान कहाँ हो कहाँ तर गाँउमा जनताको लागी आएको विकास निमार्णको काम पनि हुन नक्दा जनताले अब राजनितिक दल र सभाद्लाई विस्वास गर्न आधर नै के रह¥यो र ? जनताले तिरको रकम बाट तलब भक्त खाइरहेका सभासद्ले जनताको बारेमा अहिले नसोचेर अब कहिले सोच्ने ? स्थानिय जनताले चुनेर पठाएको सवासद्ले केही नयाँ योजना ल्याउने आशा गरेको हुन्छन् । नयाँ काम गरेमा सभासद्को लागी पनि पछिल्लो निर्वाचनका लागी ढोका खुल्छ ।  तर सभासद्ले त्यो अनुरुपको काम गरेर देखाउनु सक्नु पर्दछ । होइन भने जनतामा नैरासता पैदा हुनगइ सभासद् प्रति नै नकारात्क सोचको विकाश हुन्छ । जनताको आशा भरोसालाई कुनै पनि सभासद्ले भत्काउने काम गर्नु राम्रो होइन ।
 सांसद कोषको रकम लाई स्थानिय स्तरका बाटो घाटो ,पुल पुलेसा , स्वास्थ्य चौकी तथा विद्यालयमा लगाई त्यहाँको जनताको मन जित्नुमा नै स्थानिय पार्टीका नेता तथा सभासदको आयु लामो हुन हो ।









0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls