Friday 19 August 2011

सन्थाल जातीबारे

पुर्वी नेपालको झापा ,मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जाती नेपालका आदिवासी जाति हुन । यी जातिको मुख्य बसोवास भनेको माथि उल्लेखित तिन वटै जिल्लाको पनि दक्षिणी क्षेत्रमा बढी रहेको पाइन्छ । यी जातिहरुको आफ्नै ,जातिय गरगहना,भेष– भुषा तथा भाषा संस्कृति रहेको छ । अन्य जाति भन्दा फरक प्रकृतिका यीनिहरुको चाडपर्व तथा संस्कारहरु रहेका छन् ।
सन्थाल जातिले सोहराय ,बाहा, दिवी,कली,हरियड, जान्थाड,लगायतका चाड पर्वहरु मनाउदै आएका छन् ।
यी जातिहरुले छाता र पाता मेलाहरु पनि लगाउदै आएको पाइन्छ । यी जातीको सबै भन्दा ठुलो चाड सोहराय हो । यो चाडमा विवाह भएर गएका छारी छेलीलाई माइतिमा बोलाउने र मिठो –मिठो परिकार पकाएर खान दिने तथा नाँचगान गर्ने चलन रहेको छ

सन्थाल जातिको पहिरनको कुरा गर्नु पर्दा यी जातिको मुख्य पहिरन महिलाले लुंगी–पञ्चि र केटाले धोती लगाउने चलन रहेको छ । यीनिहरुको यो कपडा अन्य कपडा भन्दा भिन्न खालको हुन्छ । त्यसकारण यो जातिका मानिसले ती कपडा लगाएमा सबैले सन्थाल जाती भनेर चिन्ने गरेका छन् ।

यी जातिहरुको आफ्नै भाषा र लिपी रहेको छ । यीनिहरुले बोलिने भाषालाई आग्नेय आस्ट्रीज भाषा भनिन्छ । यीनिहरुको लिपीलाई ओलचिकी लिपी भन्ने गरिन्छ ।
यीनिहरुको गहना चाँदीको बढी मात्रामा पाइन्छ । यी जातिका महिलाले पाखुरामा , गलामा , हातमा , शिरमा र खुटामा समेत चाँदीबाट बनेको गहना लगाउने गरेको पाइन्छ ।

सन्थाल जातिको विवाह दुइ प्रकारले हुने गरेको छ । सन्थाल जातिमा पहिले तानेर ल्याइने विवाह पनि थियो तर मागी विवाह र प्रेम विवाह मात्र हुने गरेको पाइन्छ  । 
यी जातीको मुख्य पेसा भनेको नै कृषी हो । प्रायः सन्थाल जाति कृषीमा लागेको पाइन्छ । यनीहरुको आफ्नो जमिन नभएता पनि अन्य साहु महाजनको खेतमा कृषीकै काम गर्न रुचाउने जाती हुन ।

यी जातिहरुको मुख्य धर्म “सारना” हो । यी जातिहरु प्रकृति पुजकको रुपममा चिनिने गरेको पाइन्छ । यी जातिहरुको मुख्य थर जम्मा बाह्र वटा रहेका छन् ।
यी जातिहरु नेपालमा करिब डेढ लाखको हाराहारीमा रहेका छन् ।

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls