Thursday 12 May 2011

राज्यबाटै विभेदमा गरिएका सन्थाल आदिवासीहरु


करिब पौने तिन करोडको हाराहारीमा जनसख्या भएको यो सानो मुलुकमा विभिन्न थरिका भाषा बालिन्छन् , धेरै थरिका धर्मप्रति आस्था राखिन्छन् र सयौ थरिका चाडपर्व र जात्रा मनाइन्छन् । अति विकट हिमाली भेग देखी लिएर अति सुगम तराईका समथर भु–भागहरु यहि छन् । विश्वकै सबै भन्दा अग्लो ठाँउमा अवस्थित ताल , विश्वकै सबै भन्दा अग्ला चौध हिमशिखरमध्ये आठ हिमशिखर र सबै भन्दा होचो घाटीहरु यहि छन् । गौतम बुद्ध, अरनिको, र सीता जस्ता राष्ट्रिय विभितिहरुको जन्म यहि नेपाली भुमिमा भएको हो । यहाँ हिन्दुहरुका प्रसिद्ध आराध्य देव पशुपति देखी लिएुर जिउदो देवी कुमारी सम्मको दर्शन गर्न पाइन्छ । अनि फेवा तालमा जुन र घामको जलक्रीडाको ईष्र्या गर्दै माछापुच्छेले हाम फालेको मनोरम दृश्य देख्न पनि यहि पाइन्छ ।
    यहाँ चौरीको रगत पिउने पर्व , लासलाई टुक्राटुक्रा पारेर चिल र गिद्धलाई खुवाएर गरिने अन्तिम संस्कार देखी लिएर देवतालाई बलि दिएको पशुको कलेजो हेरेर शकुन–अपशकुन छुट्याउनेसम्मको परम्परा बोकेका आदिवासी यहि छन् । सातकिलो सम्मको गहना लगाउने जनजाति देखी दिएर गहना खोज्ने सम्मको जात्रा यहि मुलुकमा मनाइन्छ जो अन्यत्र देख्न पाइदैन । नेवारको लाखे र ख्या , भोटे , ह्याल्मो ,तामाङ्ग र सेर्पाका ल्होसार , राई र लिम्बुका साकेवासिली र चण्डी नाँच , थारुहरुको बडकी आईतवार र माघी , गुरुङहरुको सिल्दोनाल्दो , मेचेहरुको खिदाई , नाउन,बाठो , सन्थालहरुको बाहा ,सोरहाय सिरुवो र काराम , दनुवार जातिको नवजात शिशु लाई भालेको रगतले नुहाउने प्रथा , लाप्चाहरुको चौरीको बलिपुजा , धिमालहरुको सिरिजात, नौरङ्गी दन्तामाराङ र भक्तपुरको जिब्रो छेड्ने पर्वहरुबाट मनोरञ्जन प्राप्त गर्न यहि मुलुकमा आउनु पर्दछ ।
यसरी अनौकौ जातजातिका कला ,संस्कृतीको धनि देश नेपालले यहाँको आदिवासी ÷जनजातीहरुको धर्म , सस्कार सस्कृतीको जोगार्नामा भने त्यति चाँसो देखाएको पाइदैन । राज्यले बरु यी जातिहरुको भेष–भुषा, रितीरिवाजको अंकुरणमा तुसारापात गरेको ईतिहाँस साक्षी छ । यी आदिवासी÷जनजातिका कला –साहित्य एवम् सस्कार–साँस्कृतिको भनेको राज्यको अमुल्य सम्पतिहरु हुने, भावी पिडीको लागी इतिहाँस हुन भन्ने कुरा सरकारले त्यस भेला देखी भुल्यो जति बेला नेपालमा वर्णविभाजन तथा छुवाछुतको बीजारोपण गर्ने प्रथम राजा जयस्थिति मल्ल हुन । जयस्थिति मल्ल भन्दा पहिले यस मुलुकमा भेदभाव छदै थिएन भन्ने होइन तर कानुनी रुपबाटै जयस्थिती मल्ल भन्दा पहिले छुवाछुतले नेपालमा अव्यवस्थाको रुप धारण गरेको थिएन ।
त्यपछि वि.स.१९१० को मुलुकी ऐनले नेवार , गुरुङ, सेर्पा , तामाङ्ग ,लिम्बु ,राई  लगायत अन्य जातीहरु लाई ”मतवाली”घोषीत गर्यो । देशको ऐन कानुनद्धारा नै यसरी मतवाली घोषित गरिदा यिनीहरुको सामाजीक प्रतिष्ठामा आँच पुग्ने कार्य भयो । यीनीहरु लाई एन द्धारा नै तल्लो दर्जामा उभ्याइयो । २०२१ साल देखी यता कानुनतः छुवाछुतको अस्तित्व छेन , तर ब्यवहारमा भने अहिले पनि विद्यमान नै छ । सेनाको तल्लो जातको दलितहरु लाई पिपाभन्दा माथिको दर्जा नदिने , मन्दिरमा जान नदिने ,ब्यारेकमा पनि बस्न नदिने, छाप्रो हालेर राख्ने , मेसमा खान नदिने यस्ता कार्यहरु ले यहाँका आदिवासी , दलित पछाडी पारिएका हुन ।
आदिवासीहरुलाई ऐन कानुनहरु बाट मात्र खसाल्ने काम भएको छैन । सरकारी निर्णय र सवैधानिक निकायहरुबाट समेत थिचोमिचो पार्न कार्य विगत देखी वर्तमान सम्म चालु नै छ । त्यो चाहे १९५६मा डा.के.आई.सिंह बाट गरिएको होस् चाहे १९६१ मा सरकार द्धारा गरिएको शिक्षाको क्षेत्रमा गरिएको असमान कारण होस । त्यसै गरि चाहे त्यो २०५६ मा सर्वाेच्च अदालत बाट गरिएको निर्णय होस् सबैमा आदिवासि र दलितका प्रतिकुल निर्णयहरु भएका छन् ।

सन् १९५७ मा डा. के.आई. सिहंले सरकारीस्थरबाट एक निर्णय गराई तराई क्षेत्रमा (  जहाँ हिन्दी भाषा भाषीहरुको बाहुल्य छ ) हिन्दी भाषालाई शिक्षाको माध्यमको रुपबाट विस्थापित गर्ने कार्य गरेको थिए । नेपाली भाषालाई नै शिक्षाको माध्यम स्वीकार गराइएको थियो । त्यस बेला देखी अन्य स्थानिय भाषाहरु साधारण बोलचालको भाषामा मात्र सिमित हुने पुगे । सन् १९६७ मा आएर रेडियो नेपाल बाट नेवारी र हिन्दी भाषालाई प्रशारणमा रोक लगाइयो । त्यसै गरि २०५६मा काठमाडौ महानगरपालीकामा नेवारी भाषा तथा राजविराज नगरपालीका र धनुषा जिल्ला विकास समितीमा मैथीली भाषालाई सरकारी कामकाजको भाषा बनाउन गरेको निर्णय लाई सवोच्च अदालतले बदर गरिदियो । यस्तै एउटा निर्णय पञ्चायतमा भएको पाइन्छ । पाँचथर र ताप्लेजुङ जिल्लामा लिम्बुहरुले आफ्नो भाषा र लिपिमा कक्षाहरु पढाउन संचालन गरेका थिए । त्यति बेला सरकारले जातिय र क्षेत्रिय भाषामा पढाउने ब्यवस्था छैन भनी प्रतिबन्ध लगाउदै संचालक समिती , शिक्षक र विद्यार्थीहरु लाई समेत वारेन्ट जारी गरेको थियो । यी सबै निर्णयहरु अन्य भाषालाई दवाउन , कमजोर बनाउन गरिएका प्रयासहरु हुन । जब सरकार पक्षबाट नै आदिवासीको मौलिक अधिकार , भाषीक अधिकारबाट बञ्चित हुनु पर्दा यी जातिहरुले आफ्नो भाषा –लिपीको संरक्षण कसरी गर्लान ?
त्यसै गरि तराई मा रहेका सन्थाल जातीको हजारौ विगाहा जमिन खोसियो ,थुप्रै मानिसहरु लाई आफ्नो भुमिबाट लेखेटिने कार्य भएको छ । जति बेला तराइमा घना जंगल थियो त्यस जंगलमा औलोको प्रकोप भएर मानिसहरु बस्न सक्ने स्थिती नभएको बेलामा यहाँका आदिवासी सन्थाल जातीहरुले औलो संग लडेर , यहाँका जंगली जनावार संग लडेर मानव वस्ति बसाएको इतिहाँस साक्षि छ तर आज ति जातिहरु सग बस्न लाई सानो छाप्रो समेत पाउन गाह«ो छ । उनिहरुले आफुले फडानि गरेको जमिन अन्त तः साहु महाजन, हुनेखानेले सितैमा हडपेको उदाहरणहरु प्रसस्त मात्रामा भेटाउन सकिन्छ । उनिहरु अहिले आफ्नै मुलुकमा भुमिहिनको अवस्थामा रहेका छन् । एक जना विश्वप्रशिद्ध दार्शनिक “युरिपिडसले भनेको छन् –” आफ्नो जन्मभूमी गुमाउनु भन्दा ठुलो दुःख संसारमा केही छैन । हो जन्मभुमि गुमाउनु पर्दा को दुःखी नहोला आफ्नो जन्म भुमि गुमाएर अर्काको दासत्वमा बाँच्नु कोही पनि चाहदैन । बाध्यतावश मात्र बाँच्छ र जब सम्म बाँच्छ तब सम्म पीडा, उकुसमुकुस र आक्रोसमा बाँच्छ ।

मेरो एक जना भारतीय मित्र प्रिती किस्कुले संग एक दिन फेसबुकमा यहाँको सन्थालजातिको संचारमा कत्तिको पहुँच भनेर प्रश्न गरिन । म एक छिन नाजवाफ भए ! केही बेरमा अकमकिदै  अं...अलि अछि छ भन्ने जवाफ पठाँए । वास्तवमा अहिले हरेका देशमा त्यहाँका आदिवासीको लागी सरकारले विशेष प्रकारको आरक्ष राखेको हुन्छ । चाहे त्यो प्रशासनमा होस् या चाहे राजनितीमा होस् या फेरी शैक्षिक क्षेत्र एवम् रोजगारीमा होस् त्यहाँको आदिवासी हुनुले सरकारले पहिलो प्राथमिकता उनिहरु लाई दिइएको हुन्छ । भारतमा पनि त्यहाँको आदिवासीको लागी भिन्दै स्टेट नै छुट्याएको छ । अमिरिकामा पनि त्यहाँको आदिवासीलाई एउटा एरियामा सिफ्ट गरि उनिहरुको सम्पुर्ण हक अधिकारको सुनिश्चितता गरिएको छ । चिन लगायत विश्वका अन्य धेरै मुलुकमा आदिवासी र जमिन लाई पर्यावाचीको रुपमा लिइन्छ । तर हाम्रो मुलुकमा यो मात्र सदियौ देखिनै यहाँका आदिवासिको हक अधिकारलाई कुन्ठित गरी उनिहरुलाई अपाँङ्ग बनाइएको छ ।
सन्थाल जातिको संचारमा पहुँच त परको कुरा हो । एउटा जिवन जल किनेर खान नसकि ज्यान गएका उदाहरणहरु प्रशस्त भेट्न सकिन्छ । अहिलेको २१सौं सताब्दीमा आएर पनि सरकारको विभेदकारी  नितीकै कारण अझ कतियौ सताब्दी सम्म अध्यारोमा जीवन विताउनु पर्ने हो ठेगान छैन । अहिले सम्म एक जना सरकारी कर्मचारी उच्च पदमा रहेका छैनन् । अहिले सम्म एक जना डाक्टर , वकिल , इन्जिनियर छैनन् । यी जातीलाई पहिले देखीनै सरकार बाट भेदभाव गरिदै आएको हुनाले कुनै क्षेत्रमा पनि पहुँच स्थापित हुन नसकेको कुरा प्रष्ट छ ।

हिजो मात्रै वंगलादेशको प्रोफेर अल्बट सोरेन ले यहाँको सन्थालजातिको शैक्षिक अवस्थाको बारेमा जिज्ञासा राखे । उनले भने यहाँको शैक्षिक अवस्था कस्तो छ ? कति जनाले कुन–कुन विषयम मास्टर डिग्री गरे भनेर प्रश्न गर । त्यस पछि मैले यहाँको मास्टर डिग्री गर्नेको सख्या अहिले सम्म भेटाउन सकेको छैन भन्ने जवाफ दिए । त्यो जवाफ पाए पछि उनले त्यहाँको सरकारी शैक्षिक निती त्यति प्रभावकारी नभएको कारण तपाँइहरु पछि पर्नु भएको रहेछ मैले यहि बुझे भनेर कुरा गरे । वास्तवमा भन्ने हो भने संसार भरीमा करिब १३ करोडको हाराहारीमा सन्थाल जाति रहेका छन् । उनिहरुले आ–आफ्नो देश बाट हरेक क्षेत्रमा सहयोग पाएका रहेछन् । त्यसैले त उनीहरुको जीवनयापन सहज तरिकाले ब्यतित भएको पाइयो तर नेपालमा ढेड लाख जनसख्या भएको यी सन्थाल जाती अहिले पनि अहिले खाए भरैको छाक के ले टार्ने अवस्थामा रहेका छन् । यी जातीलाई पनि सरकारले अब ठोस निती ल्याएर उनीहरुको जीवनमा परिवर्तन ल्याउन सके मात्र समग्र देशको अवस्थामा परिवर्तन ल्याउन सकिने थियो कि ! 

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls