Wednesday 1 June 2011

यौन ब्यवासाय प्रहरीको कमाई खाने भाँडो नबनोस्


विगत लामो देखी इटहरी तथा आसपासको होटल एवं गेष्ट हाउसहरुमा यौन ब्यवसाय फस्टाउदै गएको छ । यो समग्र इटहरी क्षेत्रको होटल ब्यसायको बदनामी हो । यसले होटल तथा गेष्टहाउसहरु यौन ब्यवसायका अखडा हुन भन्ने गलत सन्देश आम मानिसमा पर्न जान्छ । होटल तथा लजहरुले दिनदाहडै गलत कार्यका लागी घण्टौ सम्म कोठा उपलब्ध गराउनु अवैध चलउनु हो । पौसाको लोभमा गरिने यस्ता अनैतिक क्रियाकलापले सहरको बेइजत मात्र गराउदैन सामाजीक सत्भाव समेत खलबलिन सक्छ । समाजमा रहेर यस्तो घृणीतकार्य गर्ने होटल तथा गेष्टहाउसका संचालकले अनुशान तथा मर्यादालाई कदापि कुल्चिन मिल्दैन । विकृति–विसंङ्गतिको अन्त्य गर्ने होटल ब्यवसायहरुको पनि जिम्मेवारी हो । तसर्थ यस्ता कृयाकलाप रोक्न सर्वप्रथम होटल ,गेष्टहाउस सञ्चालकनै लाग्नु पर्दछ । लुकिछिपी गर्ने÷गराइने यस्ता गलत कार्यले मर्यादित व्यवसाय सञ्चालन गर्ने होटल तथा लजहरुलाई असर पु¥याउछ । यस्तो कार्य नरोकिए भोलिका दिनमा होटल तथा गेष्ट हाउसको विश्वसनीतायता गुम्छ । 

होटलहरुमा यौनकर्मी राखी यौन धन्दा चलाउनु लज्जापद कुरा हो । कोठाको अग्रीम भुक्तनि लिएर बाहिर बाट ताल्चा लगाई यौनजन्य गतिविधि गर्न सहयोग गर्नु समाजप्रतिको उत्तरदायित्वलाई बिर्सनु हो । यस्ता कार्यले गेष्ट हाउस तथा होटलहरु यौनजन्य कोठीको रुपमा विकास हुदैं गएको पुष्टि गर्दछ । त्यस्तो गतिविधिले समाजमा अराजकता निम्त्याउछ । यस्तो गतिविधी लाई बेलैमा रोक्नु पर्दछ ,नत्र यो नियन्त्रण भन्दा बाहिर नजाला भन्न सकिदैन । होटल ब्यवसायीले नै यौनकर्मी राख्नु अथवा कण्डम समेत उपलब्ध गराउनु कहाँ सम्मको नालायकि पन हो । प्रशासनले यस्तो कार्य हुदाँ सम्म कानमा तेल हालेर बस्नु भनेको अराजकता लाई पश्रय दिनु हो । यसले प्रहरीको दक्षता र कार्य शैली प्रति नै शंका उब्जाएको छ । समग्र प्रहरीसंगठनलाई नै कलंकित बनाएको छ । यस्तो आपराधिक क्रियाकलाई प्रहरी प्रशासनले संरक्षण गरि नजराना असुल्नु गैरकानुनीको पराकाष्ठा हो । यसले प्रहरी प्रशनमा जनविश्वासको संटल ल्याउने सिवाय केही गर्दैन । तसर्थ यथासक्य यस्तो यौनजन्य क्रिकलाप रोक्न प्रहरीले तदारुकताका साथ लाग्नु पर्दछ ।

 राती अबेर सम्म होटल खोलेर यौन धन्दा संचालन गर्ने होटल ब्यवसाय तथा गेष्ट हाउसको निगरानी गरिनु पर्छ । यौन क्रियाकलाप संचालन गर्ने सबै होटल ब्यवसायी एवम् लजको होटल संचालन अनुमतीपत्र रद्द गरि कानुनको कटघरामा उभ्याइनु पर्दछ । यस्ता अमानविय कार्य गर्ने संचालकले गस्तीमा जाने प्रहरी लाई आर्थिक लोभ देखाइ किनी रहेका छन् त्यसैले यो प्रहरीको कमाई खाने भाँडो बन्द भएमा मात्र इटहरी सहरलाई अवैध यौन क्रिडास्थल बाट बचाउन सकिने थियो कि !

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls