Thursday 12 May 2011

बोक्सीको आरोपमा महिला हिंसा

लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि अन्धविश्वाबाट सिर्जना हुने अत्याचार र हिंसा भोग्न नेपाली महिलाहरु विवश छन् । २०६२।०६३ को जनआन्दोलनको सफलतापछि देश आमुल परिवर्तको दिशामा अगाडी बढिरहेको छ । राजनितीक परिवर्तनपछि पनि महिलामाथी हुन हत्या, हिंसा, अपहरण ,बोक्सीको आरोप तथा बलात्कार जस्ता अपराधिक घटनाहरुमा कमी आएको छैन ।
लैङ्गिक हिंसालाई न्युनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले सन् २०१० लाई लैङ्गिक हिंसाविरुद्धको वर्षको रुपमा घोषण गरे पनि लैङ्गिक हिंसाका घटनामा भने कमि आउनको साटो वृद्धि भइरहेको विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको तथ्याङ्कले जनाएको छ । महिला हिंसा न्युनिकरण गर्नका लागी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान (  नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म )  नेपालमा जारी रहेकै बेला सत्तहरीको महदेवा गा.वि.स.३ चकला टोल निवासी रामप्रसाद मण्डलकी ४५ वर्षिया श्रीमती सियादेवी मण्डलले उनका आफन्तजन बाटै बोक्सीको आरोपमा निर्घात कुटपिट खानु परेको छ । यो त एक उदाहरण मात्र हो यस्ता खालका महिला हिंसाका घटनाहरु कति त त्यतिकै गाउमै सिमित भएका छन् । बाहिर आएर न्याय पाएका उदाहरण नभएका कारणले पनि महिलाहिंसा भित्र–भित्रै सेलाउने गरेको पाइएको छ ।

लैङ्गिक विभेदमा आधारित हिंसाको प्रभाव समाजमा धेरै देखिन्छन् । महिला विरुद्धको हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन हो ,जसले महिलालाई प्रचलित मानवअधिकारको उपयोग बाट बञ्चित गराउँदछ । महिला अधिकारको कुरा गर्दा मानवअधिकारको सवाससँग जोडिएर आउछ । विश्व समाजमा यावत सामाजिक प्रथाहरुले महिलाअधिकारको हनन् गरिरहेको छ ।
स्वीज नेपालको तथ्याङ्क अनुसार नेपालभर घरेलु मजदुर मात्रै एक लाख ५० हजार रहेका छन् । त्यसमा ७० प्रतिशत १८ वर्ष भन्दा मुनिका छन् । त्यसमध्ये पनि करिब ६८ प्रतिशत घरेलु कामदार महिला तथा बालबालिका रहेका छन् । राष्ट्रिय महिला आयोगमा २०६६ साउन १ देखी २०६७ असार मसान्तसम्म दर्ता भएका एक सय ३ उजुरीमा सबै भन्दा बढी घरेलु हिंसाका घटना रहेका छन् । घरेलु हिंसा ९६ ,सार्वजानिक स्थलमा हिंसा दुई , बहुविवाह गरी सगै बसेको एक , बोक्सीको आरोप चार लगायतका रहेका छन् । त्यस्तै राष्ट्रिय महिला आयोगले २०६६ मङ्सिर १ देखि २०६७ कात्र्तिक ३० सम्ममा अभिलेखमा मुल तीनसय ४१ वटा हिंसाका घटनामा सबै भन्दा बढी बलात्कार ६५, घरेलु हिंसा ४७, मानबबेचविखन ४२, हत्या ३४, वेदेशिक रोजगारी पीडित ३० , कुटपिट २४, यौन दुराचार १२ , कुरीतिजन्य हिंसा ११ , बहुविवाह सात र अन्य ३५ वटा रहेका छन् । 
विभिन्न सामाजिक प्रथाहरुको आधारमा नेपाली महिलाहरुको अधिकारको हनन् भइरहेको छ । यी मध्ये बोक्सीको आरोपमा धेरै महिलाहरु सार्वजनिक अपमान र दुव्र्यवहार सहन बाध्य छन् भने मानिसको मलमुत्र पनि खान बाध्य गरिएको प्रमाण छन् । विशेष गरि तराईका भित्री भागहरुमा दिनहुँ जसो महिलाहरु बोक्सीको नाममा हिंसाका शिकार बन्ने गरेका छन् । त्यसमा पनि विपन्न र कम हैसियत भएका लाई आरोप लगाउन सजिलो हुने र नेपाली सामाजिक संरचना पनि त्यसैलाई मलजल गर्ने खालको हुनाले महिलाले बोक्सीको आरोपमा याताना पाउनु परेको छ । समाजमा कमजोर आर्थिक हैसियत भएका र एकल महिलाहरुलाई बोक्सीको आरोप लगाउने प्रचलन बढी रहेको पाइएको छ । आाज सम्म प्रवृत्तिअनुशार दलित , गरिब, एकल र आर्थिक तथा अन्य सामाजिक हैसियत नभएका वृद्धा महिलाहरु नै बोक्सीको आरोपमा प्रताडित छन् । आर्थिक हैसियत उच्च र छोरा छोरी पनि राम्रो हैसियतमा रहेको तथा समाजमा स्थापित महिलालाई यस्तो आरोप लागेको घटना पाइदैन ।

अहिलेसम्म  बोक्सीको रुपमा महिलाहरु मात्र आरोपित छन् । तर मुलुकी ऐनले बोक्सा–बोक्सी भनेर  पुरुष बोक्साको कुरा गरेको छ । तर पुरुषलाई बोक्सी वा बोक्सोको आरोप लगाएको पाइदैन । महिलाले मात्र किन बोक्सीको आरोप खेप्नुपर्ने त ? नेपाली समाज पितृसत्तात्म छ सामाजिक संरचना का सबै अवयवहरु पुरुष केन्द्रित छन् । कानुनले पनि महिला र पुरुषमा विभेद गरेको छ । समाज सचेत छैन । वैज्ञानिक दङ्गले सोच्न सक्ने सामथ्र्य नेपाली समाजको छैन । अझ डरलाग्दो पक्ष के हो भने नेपाली महिलाहरु नै यस्ता कुरामा बढी विश्वास गर्ने परिपाटी छ । समाजले विश्वास गरेको कुरालाई स्वीकार गरी सामाजीक हुने प्रणाली मानविय स्वभाव हो । त्यसैले अन्धविश्वासमा आधारित विभिन्न खाले समाजिक प्रथाहरु समाजमा टिकिरहेका छन् र सामाजिक मान्यताका आडमा महिलाहरु पीडीत हुदै आएका छन् ।

अहिलेसम्मका घटनाहरुका पीडितहरुले पीडकलाई सजाय दिलाउन मात्र चाहेको देखिन्छ । प्रथा र विश्वासको कारण अपहेलित भएकाले उनीहरुले न्याय चाहेको देखिन्छ । साथै समाजमा स–साम्मान बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र विस्थापित भएका खण्डमा सम्मानपुर्वक समाजमा स्थापित हुन चाहान्छन् ।
एकपटक घटनामा परिसकेपछि घटना पुन ः दोहोरीने डरले मानसिक तनावमा पीडिपतहरु सधै रहन्छन् । र महिलाको आत्मविश्वास एकदम कमजोर रहेको पाइन्छ । आत्मविशवास कमजोर भएकोले समाजमा आफ्नो भुमिका खोज्न सक्ने सम्भावना एकदमै न्यून हुन्छ । जसको कारण पीडकको विरुद्ध कुनै कदम उठाउन वा आत्मरक्षाको भावना विकास गर्न बाधा पुगिरहेको देखिन्छ । पाइहाले पनि खर्च बढ्न सक्छ । कानुनि लडाँइका लागि खर्च बढ्छ र पीडकलाई आर्थिक भार पर्न जान्छ ।
बोक्सीको आरोप र महिलामाथी गरिने अन्यायको विरुद्धमा कानुनी ऐन मात्र हो । तर पछिल्लो समयमा सार्वजनिक सुरक्षा ऐन अन्तर्गत सरकारवादी मुद्धाको रुपमा बोक्सी आरोपीलाई न्याय दिलाउने गरिएको छ । वर्तमान सन्दर्भमा यो मात्र पर्याप्त छैन ,तसर्थ महिला विभेद वा बोक्सी प्रथा हटाउन छुटै कानुनको ब्यवस्था गर्नु आवश्यक छ ।  

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls