अहिले नेपालमा दशवर्षे जनयुद्ध समाप्त भएतापनि नेपाली पत्रकारहरु भने डर र त्रासमा बाँच्नु परिरहेको अवस्था छ । कहिले राजनितीक पार्टीहरुको धम्कि, त कहिले भुमिगत समुहहरुको सिकार हुनु परेको छ नेपाली पत्रकारहरुले । कहिले समाचार नलेको निहँमा, त कहिले समाचार लेखेकै निहुँमा पत्रकारहरुले मानसिक तथा शारिरीक यातनाहरु पाउने गरेका उदाहरण धेरै छन् । अहिले मुलुकमा लोकतन्त्रीक गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि राज्यको चौथो अङ्गको रुपमा ब्याख्या गरिने संचार माध्यममाथी बेला –बेलामा साँघातीक हमलाहरु हुने क्रम रोकिएको छैन । धेरै ठाँउमा पत्रकारहरुले आफ्नै ज्यान जोखिमा मोलेर भएपनि आमनागरिकलाई सुचना प्रदान गरिरहेका छन् ।
अब नेपालमा स्थाई शान्ति भएको देख्न चाहन्छन् पत्रकारहरु । हरेका दिन सकारात्म समाचार प्रशारण तथा प्रकाशन भएको देख्न चाहन्छौ । प्रायः अपहरण ,चन्दा आतंक, हत्या तथा भ्रष्टाचार भएको समाचार बढी लेख्ने गरेको स्थानीय सुनसरीका पत्रकार जयकृष्ण यादव बताउनु भयो । अब नेपालमा शान्ति स्थापना भई राम्रो भएको समाचार बनाउने आशा गरिएको छ तर त्यसो हुन सकिरहेको छैन ‘उहाँले थप्नु भयो’ ।
माओवादीको उद्गग्म जिल्ला भनेर चिनिने जिल्ला रोल्पा हो यहाँ बाट माओवादीहरुले दश वर्षे लामो जनयुद्धको शुरुवात गरेका थिए र त्यो जनयुद्ध सफल पनि भयो तर अहिले नेपालमा युद्ध समाप्त भएको ५ वर्ष वितीसक्दा पनि नेपाली जनताले शान्तिको शास फेर्न नपाएको गुनासो छ रेडियो रोल्पामा कार्यरत पत्रकार भद्रा घर्तिको । उहाँले भन्नु भयो “यहाँ पहिले जस्तो युद्ध त छैन तर पनि नेपाली जनताले आशा गरे अनुरुपको पुर्णशान्ति पनि छैन” । यहि कारण हामी पत्रकारहरुले अझै पनि असुरक्षित मशुस गरिरहेका छाँ । जस्तो सुकै द्धन्द्ध भएपनि हामीले आफ्नो काम–कर्तब्य बाट पछि हटेका भने छैनौ । देशमा स्थाई शान्ति भइ दिए अहिलेको जस्तो त्रासमा काम गर्न नपर्ने उहाँ तर्क थियो ।
केहि दिन अघि नगरकोटको होटल चौतारीमा सर्चफर कमन ग्राउण्ड र इन्टरनेशनल अलर्ट ले आयोजना गरेको शान्तिका लागी पत्रकारीता विषयक तालिममा उठाइएका यी माथिका हरपहरु हुन । यस तालीममा विभिन्न क्षेत्रका ,तिन विद्याका पत्रकारहरुको उपस्थिति रहेको थियो । रेडियो ,टेलीभिजन तथा छापा माध्यमका पत्रकारहरुको संयूक्त उपस्थिती रहेको सो तालिममा पुर्वको सुनसरी देखी लिएर पश्चिमको रोल्पा सम्मको पत्रकारहरुले अहिले भोग्नु परेको चुनौती र यसको न्युनिकरण कसरी गर्ने सकिन्छ भन्ने बारेमा विभिन्न समुह बनाई छलफल गरिएको थिए । कुनै पनि विषयमा रिर्पाेट तयार पार्दा के कुरामा बढी ध्यान दिने,सत्य तथ्य कसरी पत्ता लगाउने ,समाचारको सहि स्रोत कसरी पहिचान गर्ने भन्ने विषमा जानकारी प्रदान गरिएको थियो । त्यसै गरि गुड जोर्नालीजम, द्धन्द्ध र सुरक्षामा संचार माध्यमको भुमिका, साझा मुद्दाको पहिचान ,संचारमा अफवाको ब्यवस्थापन कसरी गर्ने सकिन्छ भन्ने विषयमा विभिन्न विद्धानहरुका भनाई तथा चार्ट द्धारा कार्यक्रमलाई सहज बनाइएको थियो ।
त्यस्तै अहिले चर्चामा आएको अनुजाको केशले पनि नेपाली पत्रकारीताको स्थर मापन गरेको वरिष्ट सम्पादक मोहन मैनालीले बताउनु भयो । उहाँका अनुशार अहिले छापाले कागको पछि लागेर हाम्रो कान उडाएको सयौ घटना छन् । चाहे त्यो ऋतिक रोसन काण्ड होस या रुवेल चौधरी काण्ड नै होस् । हरेक घटनामा संचार माध्यम लाई प्रयोग गरि रातारात पपुलर हुने प्रयास गरिएको छ । यी काण्डहरु अहिले त्यतिकै सेलाएको छ । जसरी एक छिनमै हुरी बतास चल्छ र छिनमै हराउछ ।
रसेन्द्र भट्टराय संसारकै सबै भन्दा धनि मध्ये एक भन्दै एकताका ठुल्टुला हल्लाहरु पत्रिकामा छापिएको थियो । टिभीको रंगीन पर्दामा भ्रमको ठुलै झल्झलाकार पोको पनि देख्न पाइयो र्। जर्जबुस मेरो साथी हो ,बिल गेट्स भाईजस्तै हो । ५÷७ वटा मेरा हवाइ जाहाज छन् । १०÷१५ वटा मेरा बंगला छन् । १०० भन्दा बढी देशमा मेरो ठुल्लो ब्यवसाय छ, यस्तै ठुल्ठुला प्रलाप उनको मुखबाट सुनेर दङ परिएको थियो । पछि सबै यर्थात थाहा पाए पछि हिस्स परियो । दुई छाक पेटभर खान सक्ने बाहेक अर्थाेक हैसियत नभएका भट्टरायले हल्लाखल्ला मच्चाएको अलिदिनमै समुन्द्रको ज्वारभाटा झै शान्त भयो । पछि काठमाडौको एक होटलमा बस्दाको पैसा समेत नतिरको कुरा तिनैले लाज पचाएर छापे ।
त्यसकारण मान्छेले मात्रै ढाँट्छ ,अरु जिवले ढाँटेको कुरा हामी पत्रकारहरुलाई थाहा छैन । ढाँट्नु मानिसको स्वभाव हो । स्व.गिरीजा प्रसाद कोइराला तथा कृष्ण प्रसाद भट्टराइले पनि ढाँटेको प्रसंङ्ग जोड्दै उहाँले मान्छेले किन ढाँट्छन् भने उसले आफुलाई अरु भन्दा पृथक छु , बलियो छु , राम्रो छु , धनि छु वा सबैले मलाई चिनुन् भन्ने आशयको साथ संचार माध्यमा अफवा फैलाई रहेका हुन्छन् भन्नु भयो ।
संचार माध्यम मात्र एउटा यस्तो माध्यम हो जसले धेरै समुदायमा एकचोटीमा संचार प्रवाह गर्ने गर्दछ । चाहे त्यो सकारात्म होस् या नकारात्म होस् संचार माध्यमा आयो भने त्यसैले मानिसमा कुनै न कुनै प्रकारको छाप छाड्दछ त्यसकारण हामी रिर्पाेटहरुले कुनै पनि रिर्पाेट तयार पार्नु अघि त्यसको बारेमा सत्यतत्य पत्ता लगाउनु हाम्रो प्रमुख जिम्मेवारी हो । संम्पादकले सधै जिल्लामा भएका रिर्पोटरका भरमा बाँच्नु परेको हुनाले रिर्पाेटरहरु सधै इमान्दार तथा मेहनेती हुनु पर्ने मोहन मैनालीको भनाइ रहेको थियो ।
त्यसैगरी यस्ता घटनाले नेपाली पत्रकारीताले बेला –बेलामा आलोचित हुनु परिरहेको छ । आफुलाई हिरो बनाउन पत्रकारलाई माध्यम बनाउने गरेका छन् । उनिहरु पत्रकारको काधमा चडेर आफ्नो नाम र दाम कमाउन चाहन्छन् । यस्तो किसिमको परिस्थितिमा पत्रकारले निकै सजक हुन पर्दछ । कुनै यस्तो घटना आई लाग्न सक्छ पत्रकारले छापेको घटनाका कारणले समुदायमा जातिय द्धन्द्ध उठ्न सक्छ ,धेरै मानिसको अकालमा ज्यान जान सक्छ । यस्तो अवस्थामा कसरी काम गर्ने भन्ने सन्दर्भमा पत्रकारको वुद्धी मताले काम गर्नु पर्ने समेत मैनाली बताउनु भयो ।
त्यसैगरी सो तालिमा राजेन्द्र मुल्मीले मिडीया युथ र द्धन्द्धको बारेमा बताएका थिए । विभिन्न विज्ञापनको उदाहरण दिदै कन्फिल्क के हो ? यसका कति चरणहरु हुन्छन् भनेर चार्ट समेत प्रस्तुत गर्नु भएको थियो । हिंसा कति प्रकारका हुन्छन् , कुन प्रकारको हिंसाले बढी मानिस प्रभावीत हुन्छन् भन्ने बारेमा समेत जानकारी दिनु भयो । हिंसा रोक्न युवा पत्रकारको भुमिका कस्तो हुन पर्दछ तथा विश्वमा युवाको परिचय के हो र यो कति उमेर समुहका मानिसलाई युवा मानिन्छ भन्ने बारेमा बताउनु भयो । समाधान माथी हुदैन अडानमा भर पर्दछ , अडान भने तल लुकेको हुन्छ भनेर एउटा रुखको चित्रको उदाहरण समेत प्रस्तुत गर्नु भएको थियो ।
त्यसै गरि सो कार्यक्रमा सर्चफर कमन ग्राउण्डका कन्ट्रि डाइरेक्टर निकले अन्तराष्ट्रिय पत्रकार जगतमा पत्रकारले कसरी काम गरिरहेका छन् र नेपाली पत्रकारको काम गर्ने शैली कस्तो छ भन्ने बारेमा बताउनु भएको थियो । उहाँका अनुशार पत्रकारिता पेसा जो कोही गर्ने नसक्ने पेसा हो ,यसमा हरेक किसिमको दवाब ,धम्कि तथा दुरव्यवहार सहनु पर्छ । तर पनि आफ्नो कतब्र्य प्रति सधै बफादार भै समाजको पहेदारको रुपमा काम गर्नु पर्दछ भन्नु भयो ।
सर्चफर कमन ग्राउण्डकै सेरिना त्रिपाटीले अहिले यो संस्थाले विभिन्न देशमा भइरको द्धन्द्धको अनुगमन गरी शान्ति स्थापनाका लागी विभिन्न प्रकारको कार्यक्रमहरु गर्ने गरेको बताउनु भयो । विषेश गरेर हामीले साझा धरातलको खोजी गरिरहेका छौ । यस्तो साझा धरातलको खोजी हाम्रो विभिन्न २८ वटा देशहरुमा भै रहेको छ जस मध्ये नेपाल पनि एक हो । नेपालमा हामी ले काम गरेका पाँच वर्ष भयो । यहाँ हामीले अहिले विशेष गरि मिडीया मार्फत शान्तिलाई साझा धरातल खोज्ने प्रयत्न गरेका छौ जस अनुरुप “नयाँ बाटो नयाँ पाइला”, “मैथिली रेडियो नाटक सङोर”, “फराकिलो धर्ती तथा प्रशारण हुने लागेको टि.भी सिरियल “हाम्रो टिम” रहेका छन् । यी कार्यक्रमहरुले द्धन्द्ध घटाउने आशा राखेका छौ ।
त्यसै गरि तालिममा सर्चफर कमन ग्राउण्डका मिडीया डारेक्टर प्रदिप परियारले द्धन्द्ध न्युनिकरणमा नेपाली मिडियाको महत्वपुर्ण भुमिका रहेने बताउनु भयो । साथै मिडीयामा पनि युवा पत्रकारको महत्व अझै बढी हुने उहाँको भनइ रहेको छ । तर नेपाली मिडीले सधै सत्य तथ्य समाचारको खोजी गरेर प्रशारण गर्नु पर्ने पनि बताउनु भयो ।
त्यस्तै सो तालिममा कमन ग्राउण्डकै जसकुमार राईले विभिन्न उखानका टेक्का जोडेर नेपाली संचार जगत कस्तो रहेको छ र अब कस्तो हुन आवाश्यक छ भन्ने बारेमा बताउनु भएको थियो । हामी पत्रकारहरुले आफ्नो पार्टी तथा जातियताको धरातल भन्दा माथी उठेर काम गर्न सकेको खण्डमा मात्र हामीले सहि काम गरेको ठहरिने समेत बताउनु भयो ।
उक्त तालिममा इन्टरनेशनल अर्लटका तर्फबाट दुइ जनाले सहजीकरण गर्नु भएको थियो । रविन्द्र गुरुङ्गले यो सस्थाको बारेमा जानकारी प्रदान गर्नु भएको थियो । यस संस्थाले विगत २० वर्ष देखी शान्ति स्थापनाका लागी काम गर्दे आइरको बताउनु भयो । यस विभिन्न देशहरुमा यस किसिमको काम गर्दै आएको समेत जानकारी गराउनु भएको थियो ।
सो तालिमामा प्रकाश लुइटेल , रजनिश भन्डारी , अनिल गौरव , भद्रा घर्ति , जयकृष्ण यादव , स्वेता प्रधान , निरज खतिवडा लगायत पच्चिस जना रहभागीहरुको उपस्थित रकेको थियो । सो कार्यक्रम चारदिन सम्म संचालन भएको थियो ।
0 comments:
Post a Comment