नेपाल भनेको बुह जातिय, बहु भाषीक , बहु साँस्कृतीक मुलुक हो । यस देशमा आ आफ्नै मौलिक भेष भुषा भाषा र कला साहित्यहरु रहेका छन् । तिनका आफ्नै रितीरिवाजमा, धर्म सस्कृतीहरु र चाडपर्वहरु मनाउन पाउनुले नै नेपाल एक धर्मनिरपेक्ष राष्ट्रको रुपमा चिनिनु हो । हिमाली भेगमा बस्ने शेर्पा जाती हुन या समथर तराईमा बस्ने थारु जाति सबैको साँस्कृतीकको उत्तिकै महत्व रहन्छ । अनेकतामा एकता भएको यस देशमा विभित जात जातिहरको एउटा साझा थलोको रुपमा रहेको छ नेपाल । यहाँ सदियौ देखिका आदिवासी तथा जनजातिको आश्रय स्थल बनेको मुलुकमा हरेका जातिका मौलिक साँस्कृतिक मौलाएका छन् । त्यसैले त यो देश लाई चार वर्ण छत्तिस जातको फुलवारी भनिने गरिन्छ । हरेक जातको मौलीक सस्कृती लाई उत्तिकै सम्मान गरिनु नै देशको मौलिक पहिचान विश्व सामु फैलाउनु हो । यहाँका हरेक चाड पर्वहरुमा एक आसमा सामाजिक सत्भाव झल्कने गरेको देख्न पाइन्छ । चाहे त्यो सन्थाल जातिको “दसाँई” नाच होस या चाहे त्यो गुरुङ्ग जातिको “धान” नाचनै किन नहोस् । हरेक जातीहरुमा चाड पर्वको सहिष्णुता एवम् सत्भाव साटासाट हुने गरेको छ ।
भरखरै हामी नेपालीहरुको महान चाड दशै लाई सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुले विदाई गरेका छौ । यो चाड कुनै जाति विशेष नभई नेपालमा र विदेशमा बसोबास गर्ने सबै नेपालीहरुको राष्ट्रिय चाडको रुपमा मनाउदै आईरहेको कुरा सबैलाई थाहा नै भएको हो । यो चाड राम्रो संग मनाउने उदेश्यले नेपाल सरकारले प्रत्येक वर्ष दशैको लागी भनेर पर्व विदा नै छुट्याएको छ । यो दशै सम्पुर्ण जात जातिहरुले आ आफ्नै तरिकाले मनाउने गरेको पाईन्छ । कुनै जातिले दशैमा टिका लगाएर मनाउने गर्दछन् भने कुनै जातिले टिका नलगाई पनि दशै मान्ने चलन रहेको छ । कुनै जातिले रातो अक्षेता मुछेर लगाउने तथा कुनै सादा अक्षेता मुछेर लगाई आफु भन्दा ठुला बढाको आशिर्वात लिने चलन चल्दै आएको छ । कसैले जमरा कान सिउरिन्छन् भने कसैले शिरमा लगाउछन् । यो चाड विभिन्न जाति जातिले आफ्नै शैलीमा मनाएता पनि यसको सार चहि एउटै रहेको पाईन्छ । त्यो हो आफु भन्दा ठुला बढाले शुख सम्वृद्धी , शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना सहित आशिष दिई यास चाड मनाउने गरेको पाईन्छ ।
नेपालको सबै क्षेत्रमा यो चाड को महत्व आ आफ्नै तरिकाको हुन्छ । त्यसमा पनि पुर्वी तराईको झापा र मोरङ्ग जिल्लामा यो चाडको भिन्नै रौनक देख्न सकिन्छ । झापा र मोरङ्ग जिल्लाको विभिन्न ठाँउहरुमा मेला लाग्ने गर्दछ । दशैको टिका लागाई सकेपछि मेला गएर रमाईलो गर्ने मानिसहरुको भिड मेलामा देख्न सकिन्छ । त्यसमा पनि रहेक मेलामा सन्थाल जातिको मौलिक नृत्य दाँसाई ( दिवी ) नाचले मानिसहरुको मनोरञ्नलाई अझ रोचक बनाई दिएको हुन्छ । सन्थाल जाति भनेको नेपालको आदिवासी जातिहरु हुन । यिनीहरुको संख्या नेपालमा करिब एक लाख पचास हजारको हारा हारीमा रहेको नेपाल सन्थाल आदिवासी उत्थान संघको भनाई छ । यी जातिहरु पुर्वी नेपालको झापा , मोरङ्ग र सुनसरी जिल्लामा मात्र भेट्न सकिन्छ । नेपाल सरकारले यी जातिहरु लाई अति सिमान्तकृत जातिको सुचिमा राखेको छ । यो जातिको आफ्नै भेष –भुषा ,कला –सस्कृती एवम् भाषा– लिपी रहेको छ । यो जातिको लिपी लाई “अलचिकी लिपी” भनिन्छ । यस लिपीलाई अहिले संसारको भाषाहरुको वेशको रुपमा पनि परिभाषीत गरिन थालिएको छ । यो जातिको चाड पर्वमा आफ्नै किसिमको कला सस्कृतीहरको प्रदर्शन गरिने गरिन्छ । हरेका पर्वको बाजाको ताल, गित र नाच फरक फरक हुने गर्दछ । यो जातिको सबै भन्दा ठुलो चाड सोरहाय भएता पनि दशै चाडमा उनिहरुको रौनक बेग्लै हुन्छ । सन्थाल नाच नभएको कुनौ मेला हुदैन सबै मेलामा मेला कमिटीले सन्थाल नाच लाई अनिवार्य उपस्थित गराएको हुन्छ । यी जातिहरुको दशैको बेलामा नाच्दा लगाउने लुगा तथा गहना छुट्टै किसिमको हुन्छ । सन्थाल जातिको नाच्दा लगाउने लुगामा ऐना जडित रहेको हुन्छ भने, हातको नाडी र खुट्टामा फलामको बज्ने घन्टि “झुन्को” लगाई नाच्ने गर्दछन् । त्यसै गरि शिरमा मयुरको प्वाख लगाएका हुन्छन् भने उनिहरुको मुखमा सिटी फुक्दै नाचिरहेका हुन्छन् । हेर्ने दर्शकले मात्र पनि आफु पनि त्यही सहभागी भएर नाचीरहेको महशुस गर्न सकिन्छ । कुनै दर्शकले त मन थाम्न नसकेर त्यहि समुहमा गई नाच्ने गरेका पनि प्रशस्त देख्न पाईन्छ । कुनै कुनै कमिटीले सन्थाल नृत्य प्रतियोगीताको आयोजना समेत गरेको हुन्छन् । मेला कमिटीको आयोजक भने सन्थाल जाति नभई अन्य जातिले गर्ने गरेको पाईन्छ । यसरी सन्थाल जातिको आफ्नो मौलिक सस्कृतीलाई जोगाउन अन्य जाति सघाउ पुराउने तथा अन्य जातिलाई मनोरञ्जन दिन सन्थाल जातिले आफ्नो कला देखाएर सघाउने भएकोले पनि यो देशकै नमुना नाचको रुपमा पनि हेर्ने गरिएको पाइन्छ । अहिले सम्म अन्य कुनै पनि जातिले दशैमा यसरी समुह बनाएर नाचेको पाईदैन । तर सन्थाल जतिले दशैलाई रोमाईलो बनाउन प्रत्येक वर्ष यस्तो नाच देखाउने गरेको पाईन्छ । यसरी यो नाचले सन्थाल जाति लाई मात्र नभएर सम्पुर्ण जातिहरुलाई एक अर्काको चाड पर्वमा आफ्नो मौलिक साँस्कृतीक लाई आदान प्रदान गर्ने तथा कला साहित्य लाई उच्च सम्मान गर्ने उदाहरणीय काम गर्दै आएको पाईन्छ ।
सन्थाल नाचले सन्थाल जातिको जातिय पहिचान जोगाउने तथा आफ्नो कला साँस्कृतीकलाई समाजमा भिन्दै स्थान ओगटन सफल भएको पाईन्छ । यस जातिले विशेष गरि मोरङ्गको रंगेली , रामचौक , दोमना , आमतोला , लक्ष्मिपुर , कर्सिया ,खोरकाटा, विसनपुर र लक्ष्मुनिया लगायतका स्थानहरुमा आफ्नो कला प्रर्दशन गर्ने गरेको छ भने त्यस्तै झापाको गरामुनी ,शैनिकमोड, गौरिगञ्ज , टाघनडुब्बा, फुलवारी ,महाभारा , लालपानी , शरणामती , झापा बजार ,लखनपुर लागायतका विभिन्न स्थानहरुमा आफ्नो मौलीक साँस्कृतीक नृत्यहरु प्रस्तुत गरि स्वच्छ मनोरञ्जन तथा जातियताको पहिचान , एवम् साहित्य र कलाको रक्षा गर्ने गरेको पईन्छ ।
कुनै पनि देशको भाषा साँस्कृतीक भनेको त्यस देशको पहिचान हो,अमुल्य सम्पतिहरु हो । विभिन्न भाषा र सस्कृती विनाको देश मरेतुल्य हुन्छ । यसर्थ हरेका भाषा र सस्कृतीको सम्मान गर्नु राज्यको दाहित्य हो । यस सन्थाल जातिको नाच लाई पनि सरकारले आफ्नो अमुल्य सम्पति सम्झि यसको जोर्गाना गर्नु आवश्कय छ ।

2 comments:
Aadi napae sir
Aadi napae sir
Post a Comment