Wednesday 1 June 2011

बन्द संस्कृतीको अन्त्य गर !


नेपालको संविधान समयमै जारि गर भन्दै विभिन्न राजनितिक दल , जातिय संघठन र तिनका भातृ संघठनले गरेको लगातारको चार दिनको बन्दले मेची र कोशीको जनजिवन अस्तब्यस्त बनायो । बन्दको कारण यहाँका कलकारखान , यातायात , शैक्षिक संस्था ठप्प रहे भने कक्षा ११को चलिरहेको परिक्षा समेत प्रवाभित भएको थियो । यातायातका साधन नचलेको हुनाले परिक्षा दिन परिक्षर्थीहरु घन्टौ सम्म पैदलै जानुको विकल्प थिएन ।

पहिलो दिन लक्ष्मण थारुले नेतृत्व गरेको थारु संघर्ष समितीले गरेको बन्दका कारण डामाडोल बनाएको सर्वसाधरणको जीवन भोली पल्ट पनि लगतै जनजाति महाँसंघले बन्द आवह्रान गर्दा झनै मार्कामा परेको थियो भने तेस्रो दिन नामै नसुनिएको ‘नेपाली जनप्रगतिशील मञ्च’ले पर्चा छरेकै भरमा बन्द भयो । चौथो दिनमा कसैले बन्द नगर्दा पनि तीनदिन सम्मको लगातारको बन्दको असर गर्दा यातायात निर्वात रुपमा चल्न सकेनन् ।
यसरी विभिन्न बहानामा आफ्नो माग राख्दै यातायात ,बजार तथा शैक्षिक संस्था बन्द गरिनु भनेको मानवअधिकारको घोर उलङ्घन गर्नु हो । यस्ता बन्दले सर्वसाधारण जनताको स्वतन्त्रता पुर्वक हिनडुल गर्न पाउने अधिकारको हनन त भयो नै , दिनभर कमाएर परिवारको पेट भर्ने मजदुरको रोजी रोटी समेत गुम्न पुगेको छ । अर्का तर्फ देशको मेरुदण्डको रुपमा मानिने विद्यार्थीको भविष्य माथीनै खेलवाड भएको छ । तगातारको बन्दले उनिहरुको पढाइ अवरुद्ध भई शैक्षिक कार्यक्रम नै डामाडोल हुन पुगेको छ ।
यतायात बन्दका कारण समयमा उपचार हुन नसकेर कतिपय विरामीहरुको ज्यान गएका धेरै उदारण हुदा हुदै बन्दको आवाह्रन गर्नु कुनियत सिवाय अरुकेही होइन । जनता मुक्तिको माग गर्दै आवह्रान गरेको यस्ता बन्दले जनतालाई राहत दिनु त परै जाओस् उल्टै सर्वसाधरण जनताले सास्ती खेप्नु परेको छ । यदि साँच्चिकै जनताको अधिकारका लागी लड्ने हो भने यातायात अवरुद्ध गरेर, शैक्षिक संस्था बन्द गरेर होइन जनताले देख्नेगरि सकारात्क काम गरेर सरकारलाई दवाब दिनु पर्दछ । नत्र जनताको नाम गरि आफ्नो दुनो सोझ्याउने कामबाट न त जनताको अधिकारको नै सुनिश्चत हुन्छ , न त सर्वसाधरणले कामगरेर खान नै पाउने छन् ।

प्रहरी प्रशानले बन्दलाई मौन स्कृति दिइनुले पनि बन्दहडतालको संस्कृती मौलाउदै गएको छ । प्रहरीकै अगाडी बन्द कर्ताले सवारी साधनमा तोडफड गर्ने वा आगजनी गर्दा समेत प्रहरी मुख दर्शक भएर हेरिरहनुले पनि बन्दकर्ताको मनबल बढ्दै गएको छ । यसरी आमजनताले आफ्नो गाँस काटेर दिइएको रकमबाट पालिएका प्रहरी प्रशानले जनताको जीउ ज्यानको सुरक्षा गर्न नसक्नु लज्जास्पद कुरा हो । तसर्थ कहिंकतै बन्द भएमा तत्काल बन्दकर्ता लाई नियन्त्रणमा दिई तुरुन्त कार्वाही गरिनु पर्दछ अनि मात्र बन्द गर्ने संस्कृतिको अन्त्य हुन्छ र सबैले राहत महशुष गर्न पाउने छन् । 

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls