This is featured post 1 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.
This is featured post 2 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.
This is featured post 3 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.
Saturday, 30 May 2020
Tuesday, 7 April 2020
Friday, 19 August 2011
सन्थाल जातीबारे
पुर्वी नेपालको झापा ,मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जाती नेपालका आदिवासी जाति हुन । यी जातिको मुख्य बसोवास भनेको माथि उल्लेखित तिन वटै जिल्लाको पनि दक्षिणी क्षेत्रमा बढी रहेको पाइन्छ । यी जातिहरुको आफ्नै ,जातिय गरगहना,भेष– भुषा तथा भाषा संस्कृति रहेको छ । अन्य जाति भन्दा फरक प्रकृतिका यीनिहरुको चाडपर्व तथा संस्कारहरु रहेका छन् ।
सन्थाल जातिले सोहराय ,बाहा, दिवी,कली,हरियड, जान्थाड,लगायतका चाड पर्वहरु मनाउदै आएका छन् ।
यी जातिहरुले छाता र पाता मेलाहरु पनि लगाउदै आएको पाइन्छ । यी जातीको सबै भन्दा ठुलो चाड सोहराय हो । यो चाडमा विवाह भएर गएका छारी छेलीलाई माइतिमा बोलाउने र मिठो –मिठो परिकार पकाएर खान दिने तथा नाँचगान गर्ने चलन रहेको छ
सन्थाल जातिको पहिरनको कुरा गर्नु पर्दा यी जातिको मुख्य पहिरन महिलाले लुंगी–पञ्चि र केटाले धोती लगाउने चलन रहेको छ । यीनिहरुको यो कपडा अन्य कपडा भन्दा भिन्न खालको हुन्छ । त्यसकारण यो जातिका मानिसले ती कपडा लगाएमा सबैले सन्थाल जाती भनेर चिन्ने गरेका छन् ।
यी जातिहरुको आफ्नै भाषा र लिपी रहेको छ । यीनिहरुले बोलिने भाषालाई आग्नेय आस्ट्रीज भाषा भनिन्छ । यीनिहरुको लिपीलाई ओलचिकी लिपी भन्ने गरिन्छ ।
यीनिहरुको गहना चाँदीको बढी मात्रामा पाइन्छ । यी जातिका महिलाले पाखुरामा , गलामा , हातमा , शिरमा र खुटामा समेत चाँदीबाट बनेको गहना लगाउने गरेको पाइन्छ ।
सन्थाल जातिको विवाह दुइ प्रकारले हुने गरेको छ । सन्थाल जातिमा पहिले तानेर ल्याइने विवाह पनि थियो तर मागी विवाह र प्रेम विवाह मात्र हुने गरेको पाइन्छ ।
यी जातीको मुख्य पेसा भनेको नै कृषी हो । प्रायः सन्थाल जाति कृषीमा लागेको पाइन्छ । यनीहरुको आफ्नो जमिन नभएता पनि अन्य साहु महाजनको खेतमा कृषीकै काम गर्न रुचाउने जाती हुन ।
यी जातिहरुको मुख्य धर्म “सारना” हो । यी जातिहरु प्रकृति पुजकको रुपममा चिनिने गरेको पाइन्छ । यी जातिहरुको मुख्य थर जम्मा बाह्र वटा रहेका छन् ।
यी जातिहरु नेपालमा करिब डेढ लाखको हाराहारीमा रहेका छन् ।

सन्थाल बारे सामान्य जानकारी
पुर्वी नेपालको झापा ,मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जाती नेपालका आदिवासी जाति हुन । यी जातिको मुख्य बसोवास भनेको माथि उल्लेखित तिन वटै जिल्लाको पनि दक्षिणी क्षेत्रमा बढी रहेको पाइन्छ । यी जातिहरुको आफ्नै ,जातिय गरगहना,भेष– भुषा तथा भाषा संस्कृति रहेको छ । अन्य जाति भन्दा फरक प्रकृतिका यीनिहरुको चाडपर्व तथा संस्कारहरु रहेका छन् ।
सन्थाल जातिले सोहराय ,बाहा, दिवी,कली,हरियड, जान्थाड लगायतका चाड पर्वहरु मनाउदै आएका छन् । यी जातिहरुले छाता र पाता मेलाहरु पनि लगाउदै आएको पाइन्छ । यी जातीको सबै भन्दा ठुलो चाड सोहराय हो । यो चाडमा विवाह भएर गएका छारी छेलीलाई माइतिमा बोलाउने र मिठो –मिठो परिकार पकाएर खान दिने तथा नाँचगान गर्ने चलन रहेको छ ।
सन्थाल जातिको पहिरनको कुरा गर्नु पर्दा यी जातिको मुख्य पहिरन महिलाले लुंगी–पञ्चि र केटाले धोती लगाउने चलन रहेको छ । यीनिहरुको यो कपडा अन्य कपडा भन्दा भिन्न खालको हुन्छ । त्यसकारण यो जातिका मानिसले ती कपडा लगाएमा सबैले सन्थाल जाती भनेर चिन्ने गरेका छन् ।
यी जातिहरुको आफ्नै भाषा र लिपी रहेको छ । यीनिहरुले बोलिने भाषालाई आग्नेय आस्ट्रीज भाषा भनिन्छ । यीनिहरुको लिपीलाई ओलचिकी लिपी भन्ने गरिन्छ ।
यीनिहरुको गहना चाँदीको बढी मात्रामा पाइन्छ । यी जातिका महिलाले पाखुरामा , गलामा , हातमा , शिरमा र खुटामा समेत चाँदीबाट बनेको गहना लगाउने गरेको पाइन्छ ।
सन्थाल जातिको विवाह दुइ प्रकारले हुने गरेको छ । सन्थाल जातिमा पहिले तानेर ल्याइने विवाह पनि थियो तर मागी विवाह र प्रेम विवाह मात्र हुने गरेको पाइन्छ ।
यी जातीको मुख्य पेसा भनेको नै कृषी हो । प्रायः सन्थाल जाति कृषीमा लागेको पाइन्छ । यनीहरुको आफ्नो जमिन नभएता पनि अन्य साहु महाजनको खेतमा कृषीकै काम गर्न रुचाउने जाती हुन ।
यी जातिहरुको मुख्य धर्म “सारना” हो । यी जातिहरु प्रकृति पुजकको रुपममा चिनिने गरेको पाइन्छ । यी जातिहरुको मुख्य थर जम्मा बाह्र वटा रहेका छन् ।
यी जातिहरु नेपालमा करिब डेढ लाखको हाराहारीमा रहेका छन् ।
Thursday, 2 June 2011
कारर्वाही गर्ने किन खुट्टा कमाउने ।
नयाँ नेपालको निर्माण गर्ने भन्दै नेताहरुले दिनहँु जसो जनतालाई रिक्तो आश्वसन सिवाय केहि दिन सकेका छैन्न । अहिलेको भएको नेपाललाई नै विगारीरहेका छन् के नयाँ नपाल देलान त ! शान्ति र सहमतीको जति रटान लगाए पनि हात लाग्यो शुन्य भएको छ ।शान्तिर संविधान बनउछौ भनेर गएका प्रधानमन्त्रि र मन्त्रिलाई विदेश घुम्दै ठिक्क छ । जनताले चुनेर पठाएका सभासद सडकमा पागलप्रेमी बन्दै नाटक मन्चनमै ब्यस्त छन्, संविधान बनाउन गम्भिर बहस गर्नु पर्नेमा रोस्टम घेराउ गर्न पाकोमा मस्त छन् । जनताको नेता भनाउदाहरु मास्ट वान्टेडको सुचिमा रहेको डन सग साठगाँठ गर्नमा खुशि छन् ।
अब नेपाली जनताको बारेमा सोच्न कसरलाई फुर्सद छ त ?
नेपाली जनताले नयाँ नेपालको अनुभुति होइन हत्या ,हिंसा ,अशान्तिको पीडा भोग्नु परेको छ । जनताले थेग्नै नसक्ने गरी बजार भाउ आकाशिएको मात्र छैन कालोबजारीले जीवन अस्तब्यस्त बनाएको छ । लामो लोडसेडीङ्गले जनताको दैनिकी नै परिवर्तन गर्नु परेको छ । साँझको खाना खान राती दश बज्नु पर्छ ,समाचार सुन्न ब्याट्रीबाट चल्ने रडियो किन्नु पर्छ । मोबाइल चार्ज गर्न नपाउदा आफन्तको हालखबर पाउन बाट बञ्चीत हुनुपरेको छ । हुदाँ हुदै सुगम ग्यास कम्पनीले अरुनै कम्पनीको ग्यासको पिंध काटेर बजार ल्याउन लागेको अवस्थामा पक्राउ परेको छ । यस बाट थाहा पाउन सकिन्छ कि जनता कत्तिको सुरक्षीत छन् भनेर । नेता ,मन्त्री देखी ब्यापारी सम्मले जनतालाई असुरक्षीत बनाइरहेका छन् । अब नेपाली जनताले को संग आशा र भरोषा गर्ने ? यसरी जनताको प्रत्यक्ष जीउ ज्यान संग जोडीएको गम्भिर विषयको समाचार बाहिर आउदा पनि अहिले सम्म प्रशासनले तत्काल कारवाही अगाडी नबढाउनु , दोषीलाई उन्मुक्ति दिन फितलो कारवाही गरे जस्तो गर्नुले कतै यस कार्यमा सरकारका प्रशासनको पनि मौन स्किती त छैन भन्ने प्रश्न उठ्न थालेको छ ।
हामी प्रयोग गर्दे आइरहेको खाना पकाउने ग्याँस पड्किएर मानिसको ज्यान गएको उदाहरणहरु हामी समक्ष प्रशस्त हुदा हुदै जानेर जनतालाई मृत्युको मुखमा पु¥याउने उक्त कम्पनीको मालीकलाई पक्राउ गरी काठघरमा उभ्याउन सरकारलाई किन गाह परिरहेको छ ? कम्पनीले लिएको लाइसेन्स खारेज गरेर मात्र पुग्छ र ? खोइ त जनताको सुरक्षामा संवेदनशिल भएको ?
उपभोक्ता संरक्षण ऐनमा उपभोताको जीउज्यानमाथि खेलवाड गर्नेमाथि १४ वर्ष कैद र ५ लाख सम्मको जरिवाना गर्ने ब्यवस्था रहेको छ । तर अहिले सम्म सरकारले कसैलाईं यो ऐन अनुरुप कारर्वाही गरेको जनताले देखेका छैनन् । त्यसैले अब जनताले देख्ने गरि कारर्वाहि गरिनु पर्दछ । चाहे त्यो जो सुकै होस् ।
अब बजार अनुगम गरेर सत्यतथ्य बाहिर ल्याइ सरकारले त्यस्ता गैरकानुनि काम गर्ने जोकाहीलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्दछ । त्यसो गरेमा मात्र कालोबजारीको अन्त्य हुन्छ र जनताले चैयनको शास फेर्ने पाउने छन् ।
Wednesday, 1 June 2011
एन्तोन चेखब भान्का अनुवादित कथा
भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने काममा अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो । मालिक–मालिक्नी र तिनका कामदारहरु नआउञ्जेल ऊ पर्खिरह्यो, उनीहरु गइसकेपछि उसले मालिकको दराजबाट एक बोतल मसी, खिया लागिसकेको नीब भएको कलम र कच्याककुचुक भएर खुजमुजिएको कागज भुइँमा उसका सामुन्ने फिँजाएर लेख्न सुरु गर्यो । पहिलो अक्षरको श्रीगणेश गर्नुपूर्व उसले कैंयन पटक त्रसित भएर झ्याल र ढोकातर्फ नजर दौडायो, कुनै आकृतिले उसलाई लुकेर हेरेको छ भन्ने कुरामा बडो डर मानिरहेको थियो अनि डरले गर्दा ऊ लामो श्वास फेरिरहेको थियो । कागज बेन्चमा राखेर ऊ घुँडा दोबारेर चिठी लेख्दै थियो ।
प्यारो हजुरबुबा, कन्स्टान्टिन मकारिचू, उसले लेख्यो ।म तपाईंलाई चिठी लेखिरहेको छु । तपाईंलाई रमाइलो क्रिसमसको शुभकामना र ईश्वरले तपाईंलाई आर्शिवाद दिऊन् । न मेरी आमा छन् न त बाबा नै, तपाईं नै मात्र बाँकी हुनुहुन्छ मेरो आफन्त भन्नु नै । भान्काले आफ्ना उठाएर कालो आकृतितर्फ हेर्यो, जुन मैनबत्तीको धूमिल प्रकाशले बनाएको आकृति थियो । हठात् उसले आफ्नो वृद्ध हजुरबालाई सम्झन पुग्यो । उसका हजुरबुबा कन्स्टान्टिन मकारिच एक घरमा रात्रिकालीन पहरेदार पाले थिए । उनी पैँसठ्ठी वर्षका वृद्ध थिए तर उनमा सदाबहार हाँसो गजब देखिन्थ्यो । अनि उनका आँखा जँड्याहाका आँखाझैँ लाल थिए । उनी दिउँसो नोकरहरुका भान्सामा सुत्दथे अथवा भान्सेहरुसँग हँसीमजाक गर्दथे । राती उनी भेँडाको रौँले बनेको कम्बलमा लपेटिएर यताउति गर्दै अनि भुँइमा घँगरुको लौरो बजार्दै चौकीदारी गर्थे । बुढी कास्तान्का र ईल नामका दुई कुकुरहरु उनलाई रातभर पछ्याइरहन्थे । ईल अलिक नम्र र भलाद्मी खाल्को कुकुर थियो । ऊ आफ्ना मालिक र नयाँ मानिसहरुलाई प्रेमपूर्वक हेथ्र्यो तर पनि उसको खासै प्रतिष्ठा थिएन । उसको नम्रताभित्र धूत्र्याइँ लुकेको थियो ।मान्छेको हूलमा घुस्न, खुट्टामै निदाउन, भण्डार कोठामा लुसुक्क छिर्न अनि किसानका कुखुराहरु चोर्न ईलभन्दा बढी अरु कुनै कुकुर जान्दैनथे । उसका पछिल्तिरका खुट्टाले नराम्ररी सजाय पाइसकेका थिए अनि दुई पटक उसलाई झुण्ड्याइसकिएको थियो । हप्तैपिछे उसलाई अर्धमृत पारेर मिल्काइन्थ्यो तर ऊ हरेक पटक बौरिन्थ्यो । यतिबेला हजुरबुबा निःसंन्देह गेटमा उभिरहेका थिए,आँखाहरु तन्काई–तन्काई चर्चका राता झ्यालहरुतिर हेर्दै थिए । बेलाबेलामा आफ्ना अग्ला जुत्ता भुइँमा बजार्थे र नोकरहरुसँग ठट्टा गर्थे । उनको सानो लठ्ठी पेटीमा झुण्डिरहेको हुन्थ्यो । उनी आफ्ना हातहरु जाडो भगाउन मोल्दै गरेका हुन्थे, उनी लगलग कामिरहेका थिए अनि जिस्कदै पहिले उनले घरेलु कामदार केटीलाई चिमोटे र त्यसपछि भान्सेलाई । एक चिम्टी नस सुँघे कसो होला र उनले महिलालाई अनुरोध गर्दै नस–बाकस दिए ।
महिलाले नस–बाकसबाट नस लिइन् र हाछिउँ गरिन् । हजुरबुबा एकदम खुसी हुँदै चिच्याउन थाले– सब रुँघा खत्तम गर । रोग जमिसकेछ त्यसपछि उनीहरुले कुकुरहरुलाई पनि नस सुँघाए । कास्तान्काले हाछिउँ गरेर टाउको चारैतिर घुमाई र रिसाउँदै दगुरी । ईलले हाछिउँ गरेन तर नम्रतासँग पुच्छर हल्लायो । मौसम एकदम मनमोहक थियो । हावा एकदम शान्त, स्वच्छ र पारदर्शी भान हुन्थ्यो । रात निष्पट अँध्यारो थियो तर पनि गाउँका हरेक घरका सेता छाना अनि चिम्नीबाट निस्किएका धुँवा प्रष्टै देख्न सकिन्थ्यो । आकाशमा चम्किला तारा र नक्षत्रहरुले जाज्वल्य सिर्जना गरेका थिए ।भान्काले खुइय्य सास फेर्यो, कलम मसीमा चोब्यो अनि लेख्न थाल्यो स् र हिजो मैले कटू बचन अनि तीतो गाली खाएँ । मेरा मालिकले मलाई कपालमा समात्दै आँगनमा पुर्याए र जुत्ता तन्काउने फलामले जोडले हिर्काए किनकी म दुर्भाग्यवश उनको बच्चालाई कोक्रामा हल्लाउँदा हल्लाउँदै निदाएछु । अनि एकहप्ता पहिले मलाई मालिक्नीले माछा पखाल्न अह्राइन्, मैले माछा पुच्छरदेखि पखाल्न सुरु गरेँ र त्यसपछि उनले त्यही माछो समाती मेरो मुखमा जोडले हिर्काइन् । कामदारहरु मलाईं हेरेर हाँसे र भोड्का रक्सी किन्न भट्टीमा पठाए अनि तिनका लागि काँक्रा चोर्न मालिककोमा पठाए । त्यसपछि मालिकले मलाई जे भेट्थे त्यसैले जोड जोडले हिर्काए । मलाई राम्ररी खान पनि दिदैनन् । बिहान मलाई एउटा रोटी दिन्छन्, दिउँसो उसिनेको फाँपरको रोटी अनि रातमा फेरि रोटी दिन्छन् । मलाई चिया, सुप अनि अरु केही खान दिदैनन् । सबै मालिक र मालिक्नीले बुत्याउँछन् । मलाई जहिल्यै घरको गल्लीमा सुत्नु भन्छन् । म रातभरि निदाउन पाउँदिन । रातभरि तिनीहरुको दुष्ट बच्चा रुन्छ अनि मैले कोक्रो हल्लाइदिनुपर्छ ।
प्यारा हजुरबा, तपाईंको महान् दया ममाथि देखाउनुहोस्, यहाँबाट मलाई गाउँको घरमा लैजानुहोस् । योभन्दा बढि अब म सहन सक्दिन । म तपाईंको पाउमा झुक्छु अनि ईश्वरसँग सधैँ तपाईंको निम्ती प्रार्थना गरिदिनेछु । मलाई यहाँबाट लैजानुहोस् नत्र म यहीँ मर्नेछु ।भान्काको मुख चलायमान भयो, उसले आफ्ना काला भैसकेका मुठ्ठीले आँखा मिच्यो र रुन थाल्यो ।म तपाईंको नसका निम्ती सुर्तीको धूलो बनाइदिनेछु । ऊ लेख्न थाल्यो– म तपाईंका निम्ती प्रार्थना गर्नेछु र मैले केही नराम्रो गरे मलाई बाख्रो मिल्काएझैँ मिल्क्याइदिनुहोला । यदि तपाईंले मेरो जागिर छैन भन्ने सोच्नु भएमा म जहाजको कर्मचारीलाई बिन्ती गरेर ईश्वरका निम्ती भएपनि जुत्ता सफा गर्ने काम देऊ भन्नेछु अथवा फेड्का भन्ने गोठालोको सट्टा मै गोठालो बन्नेछु । प्यारो हजुरबा, यो मैले सहनसक्ने भन्दा बढि नै हो, यहाँ मसँग जिउनलाई साधारण जीवन पनि छैन । म यहाँबाट गाउँतिर भाग्ने विचारमा छु तर मसँग एकजोर जुत्ता पनि छैन र मलाई तुषारोदेखि सार्है डर लाग्छ । जब म ठूलो हुनेछु, तपार्इंले मलाई लगाएको गुन एकएक गरी चुकाउनेछु । तपाईंको देखभाल र स्याहार गर्नेछु । जब तपाईं मर्नुहुनेछ तब तपाईंको आत्माको शान्तिका लागि प्रार्थना गर्नेछु, जसरी म मेरी आमाका निम्ति म प्रार्थना गर्दथेँ ।मस्को विशाल सहर हो । यहाँ सबै भद्र भलाद्मीका घरहरु छन् र धेरै घोडाहरु पनि छन् तर यहाँ गाउँका जस्ता भेँडाहरु छैनन् अनि कुकुरहरु पनि त्यति छुच्चा हुँदैनन् । यहाँका केटाहरु कोहीपनि राति बाहिर निँस्कदैनन् । उनीहरु ईश्वरका भजन पनि गाउदैनन् । एकपटक मैले बल्छी पसलमा चालीस पाउण्डसम्म तौल भएको माछा पकड्ने बल्छी देखेको थिएँ । मैले धेरै प्रकारका बन्दुकहरु पाइने पसल पनि देखेँ । मेरा मालिकसँग पनि घटीमा एक सय रुबल पर्ने बन्दुक छ । कसाहीका पसलमा विभिन्न जनावरका मासुहरु बेच्छन् तर तिनले ती जनावरहरु कहाँ लगेर मारिदिन्छन्, कहिल्यै भन्दैनन् । प्यारा हजुरबुवा, जब तिनीहरु आफ्ना विशाल घरमा क्रिसमस रुख सजाउँछन् तब मेरा निम्ति सुनौलो ओखर दिन्छन् जुन हरियो सन्दुकमा राखेको छ । नपत्याए ती महिला ओल्गा इग्नातेभ्नालाई सोध्नुहोस्, यो ओखर भान्काको लागि हो भन्छिन् ।
भान्काले डराउँदै लामो सास फेर्यो अनि फेरि झ्यालतिर ट्वाल्ल परेर हेर्न थाल्यो । उसले सम्झन थाल्यो कसरी उसको हजुरबुवा जंगलमा आफ्ना मालिकका निम्ति क्रिसमस रुख लिन भान्कालाई लिईओरी जाने गर्दथे । त्यो क्षण हर्षको क्षण हुन्थ्यो । हजुरबुवाले घाँटी खसखस गर्दै जंगल नै थर्कमान हुने गरी कराउँथे । क्रिसमस रुख ढाल्नु अघि उनी तमाखु लिन्थे, नस सुँघ्थे र जाडोले कठ्याङग्रिएको भान्कालाई हेर्दै मुसुक्क हाँस्थे । हजुरबुवा अन्त्यमा त्यो रुख ढालेर आफ्नै सुरमा चिच्याउन थाल्थे ।
जब रुख ढालिन्थ्यो तब त्यो रुख घरतर्फ घिसारेर लगिन्थ्यो अनि क्रिसमसका लागि सजाइन्थ्यो । ती जवान महिला ओल्गा इग्नातेभ्ना भान्काकै परमप्रिय थिइन् । जो हरदम व्यस्त हुन्थिन् । जब भान्काकी आमा पेलाजिया जीवित नै थिइन्, उनी त्यस घरमा काम गर्थिन् । ओल्गा भान्कालाई खेलौनाहरु दिन्थिन् । पढ्न, लेख्न अनि सयसम्म गन्ती गर्न सिकाउँथिन् त कहिले नाच्न पनि सिकाउँथिन् । जब पेलाजिया मरिन्, तब भान्कालाई नोकरका भान्सातर्फ सारियो जहाँ उसका हजुरबुबा बस्दथे अनि त्यसपछि भान्कालाई मस्कोको मोची कहाँ पठाइयो, जहाँ ऊ आफ्ना दुःखका दिन गन्ती गरिरहेको थियो ।
प्यारा हजुरबा, आउनुहोस् । भान्का लेख्न थाल्यो ।
ईश्वरका निम्ति म तपाईंसँग भीख माग्छु, मलाई यहाँबाट लैजानुहोस् । यहाँ सबैले मलाई भर्कुछन् र म डरलाग्दो गरी भोकले ग्रस्त छु । यो कस्तो दुर्दशा हो, तपाईंलाई म भन्न सक्दिन,म सधैँ रोइरहेको छु । र अर्कोदिन मलाई मेरा मालिकले म अन्तिम अवस्थामा पुग्ने गरी टाउकोमा हिर्काए,म भुँइमा बजारिएँ । मेरो जीवन कुकुरको भन्दा पनि गएगुज्रेको हुन पुगेको छ। म नरकमा बाँचिरहेको छु । मेरो शुभकामना एल्योना, येर्गोका र ती घोडसवारी चालकलाई सुनाइदिनु होला र मेरो प्यारो बाजा कसैलाई नदिनु है । म तपाईंकै नाति इभान जुकोब नै भइरहूँ । प्यारा हजुरबा, मलाई लिन आउनुहोस् है । त्यसपछि भान्काले पत्रलाई दुइपटक मोड्यो र हिजो एक कोपेक तिरेर ल्याएको खामभित्र हाल्यो । एकछिन केहीबेर सोचेर उसले पुनः कलम मसीमा चोबल्यो अनि ठेगाना यसरी लेख्यो स्गाउँमा रहने हजुरबुबालाई त्यसपछि उसले टाउको कन्यायो, एकछिन सोच्यो र फेरि थप्यो स् कन्स्टान्टिन मकारिच । कसैले उसले चिठी लेखेको नदेखेको भन्ने थाहापाएपछि गर्वले पुलकित भयो । उसले आफ्नो टोपी पहिरियो अनि कोट समेत नलगाई गल्लीतिर दर्गुर्यो । हिजोमात्र उसले मासुपसलेसँग चिठीहरु हुलाकको पत्रमञ्जूषामा खसालिने र संसारभरि चिठी पुर्याइने कुरा थाहा पाएको थियो, त्यसैले ऊ नजिकैको पत्रमञ्जूषा भएतिर गयो र उसको बहुमूल्य पत्र बाकसमा खसाल्यो।
एकघण्टापछि ऊ मीठा आशाहरुमा झुल्दै निदाइरहेको थियो । सपनामा उसले चुल्हो देख्यो । चुल्हो नजिकै उसका हजुरबुबा बसिरहेका थिए, उनका नाङ्गा खुट्टाहरु हल्लाइरहेका थिए र भान्सेहरुलाई चिठी पढेर सुनाइरहेका थिए । चुल्होसँगसँगै ईल पनि पुच्छर हल्लाएर बसिरहेको थियो ।
सांसद विकास कोषको रकम रहि ठाँउमा लगाउ ।
संविधानसभा निर्वाचनमा सुनसरी जिल्ला बाट निर्वाचित भएका सभासद् र समानुपातिक तर्फ मनोनित भएका सभासद्हरुलाई नेपाल सरसकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत दिदै आएको सांसद विकास कोषको रकम अन्य कार्यहरुमै खर्च गरेको पाइएके छ । यसरी एउटा शिर्षकमा आएको रकम सभासदले अर्का शिर्षकमा खर्च गर्दा राज्यको सम्पतिको दुरुपयोग भयौ नै जनताको आशामा पनि तुसारापात भएको छ । जुन क्षेत्रको लागी जुन समुदायको कामको लागी ल्याएको हो सोही क्षेत्रमा सांसद कोषको रकम खर्च गर्नु जरुरी हुन्छ । स्थानिय मान्त्रायल अन्तर्गत आउने सो रकम प्रत्येक जिल्लाका सभासद्ले आफ्नो स्थानिय निर्वाचन क्षेत्रको विकासका लागी दश लाख पाउने गरेका छन् । यसरी मन्त्रालयबाट एकथरि कामका लागी आएको रकमको सहि रुपमा सदुपयोग गरिएन भने अर्काे पटक पाउने आधर नै गुम्न जान्छ । यसले सबै सभासद्को छविमा धुमिल्याउने काम गरेको छ । त्यसैगरि जिल्ला विकास समितीले पनि आफ्नो मार्फत दिएको रकम सहि रुपमा सदुपयोग गरे नगरेको अनुगमन गर्नु पर्दछ । प्रस्तावना अनुसारको काम नभए कसरी कारर्वाहि गर्न सकिन्छ सोही अनुरुप कारर्वाहि प्रकृया अगाडि बढाउन पर्दछ सरकारको सो रकमको दुरुपयोग गरि सुनसरीका राजनितिक दलका सभासद्ले आफ्नो पार्टीको कार्यकर्ता पाल्ने योजनामा मात्र सिमित रहेको देखिन्छ । यसले सम्पुर्ण पार्टीको सभासद्को गलत चित्रण गरेको छ । आम जनताको विस्वास नै सभासद्ले गुमाइ रहेको देखिन्छ । यो अवस्थाले गलत नजिरको स्थापना गर्दै जान्छ । यसले भोलीका दिनमा राज्यको हरेक संयन्त्रलाई राजनितिक दलले विस्तारै कमजोर बनाउने र सबै सरकारी काम काजमा राजनितिकरण हावी हुने खतरा बढन सक्छ । संविधन बनाउने भनेर जनातले चुनेर पठाएका सभासद्ले समयमा सविंधान कहाँ हो कहाँ तर गाँउमा जनताको लागी आएको विकास निमार्णको काम पनि हुन नक्दा जनताले अब राजनितिक दल र सभाद्लाई विस्वास गर्न आधर नै के रह¥यो र ? जनताले तिरको रकम बाट तलब भक्त खाइरहेका सभासद्ले जनताको बारेमा अहिले नसोचेर अब कहिले सोच्ने ? स्थानिय जनताले चुनेर पठाएको सवासद्ले केही नयाँ योजना ल्याउने आशा गरेको हुन्छन् । नयाँ काम गरेमा सभासद्को लागी पनि पछिल्लो निर्वाचनका लागी ढोका खुल्छ । तर सभासद्ले त्यो अनुरुपको काम गरेर देखाउनु सक्नु पर्दछ । होइन भने जनतामा नैरासता पैदा हुनगइ सभासद् प्रति नै नकारात्क सोचको विकाश हुन्छ । जनताको आशा भरोसालाई कुनै पनि सभासद्ले भत्काउने काम गर्नु राम्रो होइन ।
सांसद कोषको रकम लाई स्थानिय स्तरका बाटो घाटो ,पुल पुलेसा , स्वास्थ्य चौकी तथा विद्यालयमा लगाई त्यहाँको जनताको मन जित्नुमा नै स्थानिय पार्टीका नेता तथा सभासदको आयु लामो हुन हो ।

17:53
झनक सोरेन