Showing posts with label सन्थाल बारे सामान्य जानकारी. Show all posts
Showing posts with label सन्थाल बारे सामान्य जानकारी. Show all posts

Friday, 19 August 2011

सन्थाल बारे सामान्य जानकारी


पुर्वी नेपालको झापा ,मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जाती नेपालका आदिवासी जाति हुन । यी जातिको मुख्य बसोवास भनेको माथि उल्लेखित तिन वटै जिल्लाको पनि दक्षिणी क्षेत्रमा बढी रहेको पाइन्छ । यी जातिहरुको आफ्नै ,जातिय गरगहना,भेष– भुषा तथा भाषा संस्कृति रहेको छ । अन्य जाति भन्दा फरक प्रकृतिका यीनिहरुको चाडपर्व तथा संस्कारहरु रहेका छन् ।

सन्थाल जातिले सोहराय ,बाहा, दिवी,कली,हरियड, जान्थाड लगायतका चाड पर्वहरु मनाउदै आएका छन् । यी जातिहरुले छाता र पाता मेलाहरु पनि लगाउदै आएको पाइन्छ । यी जातीको सबै भन्दा ठुलो चाड सोहराय हो । यो चाडमा विवाह भएर गएका छारी छेलीलाई माइतिमा बोलाउने र मिठो –मिठो परिकार पकाएर खान दिने तथा नाँचगान गर्ने चलन रहेको छ ।

सन्थाल जातिको पहिरनको कुरा गर्नु पर्दा यी जातिको मुख्य पहिरन महिलाले लुंगी–पञ्चि र केटाले धोती लगाउने चलन रहेको छ । यीनिहरुको यो कपडा अन्य कपडा भन्दा भिन्न खालको हुन्छ । त्यसकारण यो जातिका मानिसले ती कपडा लगाएमा सबैले सन्थाल जाती भनेर चिन्ने गरेका छन् ।

यी जातिहरुको आफ्नै भाषा र लिपी रहेको छ । यीनिहरुले बोलिने भाषालाई आग्नेय आस्ट्रीज भाषा भनिन्छ । यीनिहरुको लिपीलाई ओलचिकी लिपी भन्ने गरिन्छ ।
यीनिहरुको गहना चाँदीको बढी मात्रामा पाइन्छ । यी जातिका महिलाले पाखुरामा , गलामा , हातमा , शिरमा र खुटामा समेत चाँदीबाट बनेको गहना लगाउने गरेको पाइन्छ ।

सन्थाल जातिको विवाह दुइ प्रकारले हुने गरेको छ । सन्थाल जातिमा पहिले तानेर ल्याइने विवाह पनि थियो तर मागी विवाह र प्रेम विवाह मात्र हुने गरेको पाइन्छ ।
यी जातीको मुख्य पेसा भनेको नै कृषी हो । प्रायः सन्थाल जाति कृषीमा लागेको पाइन्छ । यनीहरुको आफ्नो जमिन नभएता पनि अन्य साहु महाजनको खेतमा कृषीकै काम गर्न रुचाउने जाती हुन ।

यी जातिहरुको मुख्य धर्म “सारना” हो । यी जातिहरु प्रकृति पुजकको रुपममा चिनिने गरेको पाइन्छ । यी जातिहरुको मुख्य थर जम्मा बाह्र वटा रहेका छन् ।
यी जातिहरु नेपालमा करिब डेढ लाखको हाराहारीमा रहेका छन् ।

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls