सन्थाल जातिले सोहराय ,बाहा, दिवी,कली,हरियड, जान्थाड,लगायतका चाड पर्वहरु मनाउदै आएका छन् ।
यी जातिहरुले छाता र पाता मेलाहरु पनि लगाउदै आएको पाइन्छ । यी जातीको सबै भन्दा ठुलो चाड सोहराय हो । यो चाडमा विवाह भएर गएका छारी छेलीलाई माइतिमा बोलाउने र मिठो –मिठो परिकार पकाएर खान दिने तथा नाँचगान गर्ने चलन रहेको छ
सन्थाल जातिको पहिरनको कुरा गर्नु पर्दा यी जातिको मुख्य पहिरन महिलाले लुंगी–पञ्चि र केटाले धोती लगाउने चलन रहेको छ । यीनिहरुको यो कपडा अन्य कपडा भन्दा भिन्न खालको हुन्छ । त्यसकारण यो जातिका मानिसले ती कपडा लगाएमा सबैले सन्थाल जाती भनेर चिन्ने गरेका छन् ।
यी जातिहरुको आफ्नै भाषा र लिपी रहेको छ । यीनिहरुले बोलिने भाषालाई आग्नेय आस्ट्रीज भाषा भनिन्छ । यीनिहरुको लिपीलाई ओलचिकी लिपी भन्ने गरिन्छ ।
यीनिहरुको गहना चाँदीको बढी मात्रामा पाइन्छ । यी जातिका महिलाले पाखुरामा , गलामा , हातमा , शिरमा र खुटामा समेत चाँदीबाट बनेको गहना लगाउने गरेको पाइन्छ ।
सन्थाल जातिको विवाह दुइ प्रकारले हुने गरेको छ । सन्थाल जातिमा पहिले तानेर ल्याइने विवाह पनि थियो तर मागी विवाह र प्रेम विवाह मात्र हुने गरेको पाइन्छ ।
यी जातीको मुख्य पेसा भनेको नै कृषी हो । प्रायः सन्थाल जाति कृषीमा लागेको पाइन्छ । यनीहरुको आफ्नो जमिन नभएता पनि अन्य साहु महाजनको खेतमा कृषीकै काम गर्न रुचाउने जाती हुन ।
यी जातिहरुको मुख्य धर्म “सारना” हो । यी जातिहरु प्रकृति पुजकको रुपममा चिनिने गरेको पाइन्छ । यी जातिहरुको मुख्य थर जम्मा बाह्र वटा रहेका छन् ।
यी जातिहरु नेपालमा करिब डेढ लाखको हाराहारीमा रहेका छन् ।